Monday, August 10

राजनीति

कोइरालाले भने– संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं
राजनीति, समाचार

कोइरालाले भने– संयमित बनौं, निर्वाचन वातावरण नबिगारौं

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन् । संविधानको रक्षा र आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भएको उनको भनाइ छ । हिजो बारामा जेनजी र एमाले कार्यकर्ताबिच झडपको प्रसंगमा उनले संयमित बन्न र निर्वाचनको वातावरण नबिगार्न आह्वान गरेका छन् । ‘संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,’ कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन् । संयमित बनौं, निर्वाचनको वातावरण नबिगारौं ।’...
सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो पार्टीले दिनु पर्छ :कुल बहादुर कुवर
राजनीति, विचार, समाचार

सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो पार्टीले दिनु पर्छ :कुल बहादुर कुवर

नेपालअखबार,काठमाडौँ ।  सुदूरपश्चिमको राजनितिक, आर्थिक र समाजिक विकासका लागि पनि उतिकै महत्वका साथ चासो पार्टीले दिनु पर्छ । कुल बहादुर कुवर (नेकपा एकीकृत समाजबादि पुर्ब पोलिट ब्यूरो सदस्य) अछाम साफेबगर नगरपालिका पुर्ब नगर प्रमुखले  सुदुर पश्चिम् प्रदेशको १२ हुने सन्देश सभा बारे काठमाडौमा भएको छलफलमा राखेको सुझावहरुमा आफ्नो विचार राख्दै पार्टीमा प्रश्न गरे ? हाम्रो भूमिका काहा र कस्तो हुन्छ ? अहिले सम्म पनि पार्टी कार्यालयमा नेपाली कम्युनिष्ट पार्टीको नाम लेखिएको छैन ? कम्तिमा पार्टीको नाम त लेखियोस् । भावनामा मात्रै बग्दै जाने तर व्यवाहार अहिले सम्म पनि सुरुवाद हुन नसकेको कुवरले बताए । प्रदेशमा कार्यक्रम गर्नुस् भनि पार्टीले निर्देशन दिएता पनि अहिले सम्म जिम्मेवारी दिन सकेको छैन । जिल्ला र पालिका कमेटी यहि २९ गते सम्म एकता गर्ने पर्ने भनि निर्देशन गरेता हामी अल्झिएका छौं । अहिले सम्म पा...
नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा
राजनीति, समाचार

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरूङले जानकारी दिनुभयो । वार्तामा नेकपाका तर्फबाट गुरूङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी हुनुहुन्छ । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी हुनुहुन्छ । विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिनुभयो । वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै नि...
प्रधानमन्त्री कार्कीले गरिन् १३२ दलका प्रतिनिधिसँग छलफल
राजनीति, समाचार

प्रधानमन्त्री कार्कीले गरिन् १३२ दलका प्रतिनिधिसँग छलफल

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्। निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन्। फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्। त्यस्तै सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन पनि बैठक राखिएको हो।...
प्रधानमन्त्रीको चेतावनी- संसद पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटना दोहोरिन्छ
राजनीति, विचार, समाचार

प्रधानमन्त्रीको चेतावनी- संसद पुनर्स्थापनाको अडानले राजनीतिक दुर्घटना दोहोरिन्छ

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसद पुनःस्थापनाको माग नउठाउन राजनीतिक दलहरूलाई आग्रह गरेकी छन् । सिंहदरबारमा बुधबार बसेको निर्वाचन आयोगमा दर्ता भएका सबै दलका प्रतिनिधिहरुसँगको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन नै राष्ट्रको एकमात्र संवैधानिक र राजनीतिक निकास भएको स्पष्ट गर्दै संसद् पुनःस्थापनाको अडानले देशलाई फेरि ‘राजनीतिक दुर्घटनातर्फ धकेल्ने चेतावनी दिइन्। प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले युवाहरूको आक्रोश, दशकौँ देखिको कुशासन र राजनीतिक बेथितिविरुद्ध उठेको आन्दोलनको जगमा जन्मिएको स्मरण गर्दै निर्वाचन प्रक्रियामा कुनै पनि प्रकारको अन्योल राष्ट्रका लागि घातक बन्न सक्ने बताइन्। उनले भनिन्- ‘यदि फेरि संसद् पुनःस्थापनाको एजेन्डा अघि बढाइयो भने त्यो विगतमा देशले भोगेको राजनीतिक दुर्घटनालाई दोहोर्याउन...
समयमा चुनाव हुन नसके धेरै जोखिम छन् : सञ्चारमन्त्री खरेल
राजनीति, समाचार

समयमा चुनाव हुन नसके धेरै जोखिम छन् : सञ्चारमन्त्री खरेल

नेपालअखबार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार तोकिएकै समयमा निर्वाचन गर्ने तयारीमा लागेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा बुधवार भएको छलफलमा उहाँले निर्वाचन गर्ने वातावरण बनाउन सरकार लागिरेहेको बताएका हुन् । उनले तोकिएको समयमा निर्वाचन नभएमा मुलुक नयाँ जोखिममा जानसक्ने समेत बताए । निर्वाचनको लागि सरकारले १ सय २३ वटै राजनीतिक दलहरूसँग निरन्तर संवाद गरिरहेको जानकारी दिए । उनले निर्वाचनको वातावरण बनाउन सहयोग गर्न राष्ट्रिय सभाका सदस्यहरूलाई समेत आग्रह गरे । उनले निर्वाचन सम्पन्न गराउने राष्ट्रिय सभा र संसदीय समितिहरूको महत्वपूर्ण भुमिका हुने उल्लेख गरे । ‘हामी तोकिएकै मितिमा चुनाव गर्ने तयारीमा सरकार छ, हामी त्यो वातावरण बनाइरहेका छौँ । आज पनि १२३ वटा राजनितिक दलसँगको मिटिङ सरकारसँग छ । राजनीतिक दलसँग हामी निरन्तर संवादमा छौँ, त्...
मेरा साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी सिध्याइदिए: ओली
राजनीति, विचार, समाचार

मेरा साथीहरूले प्रचण्डलाई घेरिसके, माओवादी सिध्याइदिए: ओली

नेपालअखबार, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना साथीहरूले पुष्पकमल दाहाल 'प्रचण्ड' लाई घेरिसकेको टिप्पणी गरेका छन्। ११ वाम घटक मिलाएर प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी बनाएका छन्। उक्त पार्टीमा छैटौं वरीयतासम्म पनि आफ्ना साथीहरू रहेको ओलीको भनाइ छ। ‘एमाले देशका लागि लड्ने पार्टी हो, यो वृद्धाश्रम होइन। एकताका नाममा नचाहिने काम गर्ने अहंकारले भरिएका मानिसहरू थुपारेर अब देख्छन् प्रचण्डले,’ एमाले स्थानीय विभागले बुधबार गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एक ढंगले भन्ने हो भने म एकदम खुसी छु। दोस्रो, तेस्रो, चौथो र छैटौं नम्बर मेरै साथी। अब देख्छन् प्रचण्डले मेरा साथी कस्ता छन्। मेरा साथीले त प्रचण्डलाई घेरिसके।’ आफ्ना साथीहरूले माओवादी पार्टी नै विघटन गराइसकेको उनको भनाइ थियो। ‘मेरा साथीहरूले काम गरेका छन् माओवादी पार्टी सिध्याइदिए। अब विप्लवजीहरूले माओवादी ...
पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन
राजनीति, समाचार

पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिन्छ : मन्त्री पुन

नेपालअखबार, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पुराना कारलाई विद्युतीय गाडीमा परिणत गर्न अब सरकारले अनुमति दिने बताएका छन् । नेपालमा धेरै वर्षदेखि धेरै इन्जिनियरहरू र टेक्निसियनहरूले पुरानो कार र भ्यानहरूलाई इन्जिन फालेर त्यसलाई ब्याट्रीबाट चल्ने वातावरणमैत्री विद्युतीय गाडीमा परिणत गर्ने प्रयास गरे पनि सरकारले अनुमति नदिएको पुनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।'...
संवैधानिक पदाधिकारी संसदीय सुनुवाइबिनै नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस
राजनीति, समाचार

संवैधानिक पदाधिकारी संसदीय सुनुवाइबिनै नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस

नेपालअखबार, काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, अहिलेको विषम परिस्थितिमा केही संवैधानिक पदाधिकारीहरू नियुक्त गर्नुपर्ने भएकाले संवैधानिक सुनुवाइसम्बन्धी बाधा अड्चन फुकाउन खोजिएको छ । अध्यादेशमा भएको विषयवस्तु उद्धृत गर्दै मन्त्रिपरिषद् स्रोतले भन्यो, ‘भोलि निर्वाचनपछि प्रतिनिधिसभा गठन भएपछि बन्ने संसदीय सुनुवाइ ...
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति
राजनीति, विश्व, समाचार

राष्ट्रपति ट्रम्पले भेनेजुएलामा गुप्त कारबाही गर्न सीआईएलाई दिए स्वीकृति

नेपालअखबार,अमेरिका । कुनै समय भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई केही वर्षपछि पद त्याग्न प्रस्ताव लैजान पनि सुझाइएको थियो तर ह्वाइट हाउसले उक्त प्रस्ताव अस्वीकार गर्‍यो र सैन्य कारबाहीका लागि अनुमति दियो । गोप्य कारबाहीहरू के हुन सक्छन् वा ती मध्ये कुन चाहिँ तत्काल कार्यान्वयन गरिनेछ भन्नेबारे स्पष्ट छैन । ट्रम्पले भेनेजुएलामा स्थल सेना परिचालन गर्न अझै स्वीकृति दिएका छैनन्, त्यसैले मादुरो सरकारमाथि प्रशासनको बढ्दो दबाब अभियानको अर्को चरण तोडफोड वा कुनै प्रकारको साइबर, मनोवैज्ञानिक वा सूचना सञ्चालन हुन सक्छन् भन्ने अनुमान गरिएको छ । राष्ट्रपतिले भेनेजुएलामा अपनाउने व्यापक कार्यदिशाबारे निर्णय गरेका छैनन्, न त यस क्षेत्रबाट लागुऔषधको प्रवाह रोक्ने बाहेक आफ्नो अन्तिम लक्ष्य सार्वजनिक रूपमा व्यक्त गरेका छन् । सैन्य तथा सीआईएका योजनाकारहरूले विभिन्न आकस्मिकताका लागि धेरै विकल्पहरू त...