मृत्युदण्डको सजायबारे हसिनाका छोराले दिए यस्तो प्रतिक्रिया
नेपालअखबार, नयाँ दिल्ली । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको छोरा सजीव वाजिदले आफ्नी आमाको मृत्युदण्डलाई गैरकानूनी भनेका छन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएपछि वाजिदको यो प्रतिक्रिया आएको छ । बङ्गलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ ।
हसिनाको सुपुर्दगी र बङ्गलादेशको राजनीतिक संकटमा भारतको भूमिकाको बारेमा समाचार एजेन्सी एएनआईले उनका छोरा सजीव वाजेदसँग कुरा गरेको थियो । सजीव वाजिदले भने, ‘भारत सधैं असल मित्र रहेको छ । संकटको समयमा भारतले मेरी आमाको ज्यान बचायो । यदि उनले बंगलादेश नछोडेको भए, अतिवादीहरूले उनको हत्या गर्ने योजना बनाएका थिए । मेरी आमाको ज्यान बचाएकोमा म प्रधानमन्त्री मोदीको सरकारप्रति सधैं आभारी रहनेछु ।’
‘सुर्पदगी प्रक्रियाबाट हुनुपर्छ । बङ्गलादेशमा निर्वाचित सरकार छैन; यो ...










