दुई तिहाइ भएका बेला सरकार जे गरे पनि हुन्छ भन्ने शैलीमा प्रस्तुत हुन नहुने : वरिष्ठ उपाध्यक्ष पाण्डे
नेपालअखबार,काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस-एमालेको सरकार गठन भएको करिब सात महिनाको अवधिमा उल्लेख्य केही सुधार नभएको बताएका छन् ।
प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै सांसद पाण्डेले सरकार गठनको करिब सात महिना अवधिमा उल्लेख्य केही सुधार नभएको दाबी गरेका हुन् । 'आर्थिक सुधार भएको छैन । बेरोजगारी दर घटेको छैन । युवाहरु विदेशिनेक्रम रोकिएको छैन । गाउँहरु खाली भएका छन् । त्यसोभए सरकारले गरेका उपलब्धि के हुन् ?', उनले प्रश्न गरे ।
सांसद पाण्डेले c बताए । उनले सरकारले बहुमतको दम्भमा अध्यादेश ल्याएको पनि बताए । अध्यादेश ल्याउनु सरकारको अधिकार भए पनि यसले संसद्को भूमिका र राजनीतिक दलहरुको आन्तरिक लोकतन्त्र कमजोर बनाउने उनको भनाइ थियो ।
'सरकारले अध्यादेश ल्याउन पाउँदैन भन्ने होइन, पाउँछ ...










