केपी ओलीको अपिल : संवाद र सहकार्यबाट वर्तमान जटिलतालाई निकास दिनुपर्छ
नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् ।
जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन ओलीले आग्रह गरेका छन् ।
मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको ओलीले बताएका छन् ।
राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको बताउँदै अपीलमा भनेका छन्,‘यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’
...








