एकीकृत समाजवादीकाे विधान सम्बन्धि पार्टी प्रदेश अध्यक्षहरूले धारणा राखे
नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को सातौं कमिटी वैठक जारी छ।
ललितपुरको बालकुमारी स्थित कान्तिपुर गार्डेनमा जारी वठैकमा पार्टीका केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखिरहनु भएको छ। वैठकको पहिलो दिन १५ जनाले आफ्ना धारणा राख्नु भएको थियो भने दोस्रो दिन ८० जना केन्द्रीय सदस्यले धारणा राख्नु भएको छ।
वैठक बुधबारदेखि सुरू भएको हो। विधान संशोधन सम्बन्धि जारी छलफलमा भाग लिएका प्रदेश कमिटीका अध्यक्षहरूका धारणालाई यहाँ प्रस्तुत गरेका छौं:
व्यक्ति केन्द्रीत विधान बन्नु हुँदैन: बलदेव चौधरी (अध्यक्ष-कोशी प्रदेश कमिटी)
पार्टीको कोशी प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीले उमेर हद कायम गर्नुपर्ने बताउनु भएको छ। उहाँले विधानबारे सोधिएका १० प्रश्न अपुग रहेको बताउँदै आफूले थप धारणा राखेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘अहिलेको विधान नेताका निम्ति मेरो सिट कहाँ सुरक्षित कहाँ छ? भन्ने खालको छ...









