स्मरण: शेरे नेपालको कतार भ्रमण
करिम बक्स मियाँ/ दोहा।
सन् २०१६ दिसम्वरको ७ देखि १२ सम्म नेपाली आकाशका नक्षत्र हुजुर शेरे नेपालको कतार भ्रमण तय भएको थियो। बरकाती मिशन कतार र रजाए मुस्तफा कतारको संयुक्त तत्वावधानमा हजरतलाई कतार भ्रमण गराउने तयारी भएको थियो।
मुस्लिम संसार आस्थागत विचारका दृस्टिकोणले विभिन्न तप्का (फिरका) मा बिभाजित भएको सन्दर्भले हामीलाई हजरतको कतार भ्रमणमा कुनै प्रतिकुलता पो निम्तिने हो कि भन्ने चिन्ता थियो। हामीले उहाँको भ्रमणको तयारी अत्यन्तै गोप्य तरीकाबाट गरि रहेका थियौं। जसको नेतृत्व बरकाती मिशनका तर्फबाट मुफ्ती नबी बख्श र मौलाना सिराज ज्युले लिनु भएको थियो। हजरतलाई कतार ल्याएर उहाँको अभिभावकत्वमा मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाउँदै आई रहेको एउटा विषेश पर्व ‘रब्बिउल औवल’ मनाउने हाम्रो योजना सहज भने कदापी थिएन। परदेशको भुमिमा खर्च व्यबस्थापनदेखि कार्यक्रम तर्जुमा सम्मका विविध चुनौतीहरुका विच ...
