Saturday, May 23

विदेश

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या
विदेश, समाचार

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या

नेपालअखबार,  काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण  आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ । सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोम...
साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन
प्रशासन, विदेश, समाचार

साउदीमा कानुन उल्लंघन गर्नेलाई पक्राउ गर्न अभियान नै सञ्चालन

नेपालअखबार, काठमाडौं । साउदी अरेबियाले १० हजारभन्दा बढी गैरकानुनी कामदारलाई देश निकाला गरेको छ । साउदी सीमा गार्डका प्रवक्ता कर्नल मिसफर अल कुरैनीले कानुन उल्लंघन गर्नेहरूलाई देशभरि पक्राउ गर्न क्षेत्रीय अभियानहरू सञ्चालन भइरहेको बताएका छन् । उनले साउदी सीमा सुरक्षा नियम उल्लंघन गर्नेलाई ३० महिनासम्म जेल र २५ हजार साउदी रियालसम्म जरिमाना हुनसक्ने बताए । यसैबीच, साउदी गृह मन्त्रालयले जनवरीको अन्तिम सातामा राज्यको रेसिडेन्सी, श्रम र सीमा सुरक्षा कानुनको उल्लंघन गर्ने १७ हजार ८ सय ९६ जनालाई अभियानले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा आवास नियम उल्लंघन गर्ने १० हजार ८ सय ७४, सीमा सुरक्षा कानुन उल्लंघन गर्ने ४ हजार १ सय २३ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ८ सय ९९ विदेशी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ । अहिले ५ हजार २ सय ४१ महिलासहित ५६ हजार ६ सय ८६ जना अवैध र...
बेलायती राजालाई क्यान्सर, सार्वजनिक दायित्वबाट टाढा रहने
विदेश, समाचार, स्वास्थ्य

बेलायती राजालाई क्यान्सर, सार्वजनिक दायित्वबाट टाढा रहने

नेपालअखबार, काठमाडौं । बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर देखिएको छ । बकिंघम प्यालेसले विज्ञप्ति जारी गर्दै राजालाई क्यान्सर देखिएको पुष्टि गरेको हो । राजालाई क्यान्सर भएको पुष्टि भएपनि शरीरको कुन भागमा भएको भन्नेबारे केही खुलाइएको छैन। ७५ वर्षीय चार्ल्सलाई सोमबारदिख चिकित्सकको निगरानीमा राखिएको छ। आफ्नो रोग ठीक हुनेमा आफू विश्वस्त रहेको उनले बताएको बकिंघम प्यालेसको विज्ञप्तिमा उल्लेख छ । ‘उहाँ पूर्ण रुपमा ठीक भएर सार्वजनिक जिम्मेवारीमा छिट्टै फर्किनेमा विश्वस्त हुनुहुन्छ,’ विज्ञप्तिमा भनिएको छ । राजाले आफूलाई क्यान्सर भएकोबारे दुवै सन्तानलाइ खबर गरेका छन् । वेल्सका राजकुमार  विलियम र अमेरिकामा रहेका राजकुमार ह्यारीलाई उनले खबर गरेका हुन् । ह्यारी केही दिनमै पितालाई भेट्न आउने तरखरमा रहेको र विलियम पिता चार्ल्ससँग नियमित सम्पर्कमै रहेको बीबीसीले जनाएको छ । क्यान्सरको उपचारक...
अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ
विदेश, समाचार

अवैध कामदार खोज्दै मलेसिया, १५ नेपालीसहित ५ सय विदेशी पक्राउ

नेपालअखबार, काठमाडौँ । मलेसियाले बजारमा छापा मार्दा वैध कागजात नभएका १५ नेपालीसहित ५ सय विदेशी पक्राउ परेका छन् । त्यहाँको सेरी केम्बांगनस्थित सेलान्गोर होलसेल बजारमा अध्यागमन विभागले अपरेसन सञ्चालन गरेको थियो । अपरेसनमा सहभागी सेलान्गोर इमिग्रेसनका निर्देशक खैरुल अमिनस कमरुद्दीनले शनिबार बिहानै अपरेसनका क्रममा २६ जना महिलासहित ५ सय ३० विदेशीलाई नियन्त्रणमा लिइएको बताए । उनीहरूमा म्यानमारका २ सय ७७, बंगलादेशका ९४, भारतका ७२, इन्डोनेसियाका ३९, नेपालका १५, श्रीलंकाका ९, पाकिस्तानका ६ र भियतनामका एक जना रहेको बर्नामाले रिपोर्टले जनाएको छ । खैरुल अमिनसका अनुसार विदेशी नागरिकसँग स्वदेशमा रहेका वैध कागजात छन् कि छैनन् भनी जाँच गरिनेछ । आजको राजधानी दैनिकमा समाचार छ ।...
इमरान खानलाई तोकियो तेस्रो पटक जेल सजाय
विदेश, विश्व, समाचार

इमरान खानलाई तोकियो तेस्रो पटक जेल सजाय

नेपालअखबार, एजेन्सि। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरइस्लामिक विवाह गरेको भन्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ। रावलपिण्डीस्थित अडियाला जेलभित्रै शनिबार सुनुवाइ गर्दै अदालतले सन् २०१८ मा खानले बुशरा बिबीसँग गरेको विवाह गैरइस्लामिक र गैरकानुनी ठहर गर्दै दुवै जनालाई सात वर्ष जेल सजाय सुनाएको बिबिसीले जनाएको छ। खानविरूद्ध जेल सजाय सुनाएको यो तेस्रो फैसला हो। यो मुद्दामा भने बिबीका पूर्वश्रीमानले विवाह गैरइस्लामिक भएको भन्दै उजुरी दिएका थिए। मुस्लिम समुदायमा श्रीमानसँग डिभोर्स भएको वा श्रीमानको मृत्यु भएको केही महिनासम्म महिलाले विवाह गर्न रोक लगाएको बिबिसीले समाचारमा उल्लेख छ। इजलासले सुनुवाइको क्रममा बिबीले डिभोर्स गरेपछि तोकिएको समय नसकिँदै खानसँग विवाह गरेको पाइएको थियो। यस कसुरमा सात वर्ष जेलसँगै ५ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि तोकिएको छ। गत बुधबार नेश...
मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप
राजनीति, विदेश, समाचार

मालदिभ्सको संसदमा सत्ता पक्ष र प्रतिपक्षीबीच झडप

नेपालअखबार, एजेन्सी । मालदिभ्सको संसदमा झडप भएको छ । विपक्षी र सत्ता पक्षका सांसदबीच भएको झडपमा परी केही सांसद घाइते समेत भएका छन् । चीनसँग निकट प्रधानमन्त्री मोहम्मद मुइज्जु नेतृत्वको गठबन्धन सरकारमा ३ मन्त्री र एक महान्यायाधिवक्ता नियुक्तिको प्रस्तावमा भारतसँग निकट प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडीपी)ले विरोध जनाएपछि झडप भएको हो । प्रस्तावित मन्त्रीहरुको नाम संसदबाट पास गर्ने विषय नै झडपको कारण भएको बीबीसीले जनाएको छ । यो विवाद यति धेरै बढ्यो कि सत्ता पक्ष र प्रतिपक्षीबीच हात हालाहाल नै भयो । कुटपिटबाट केही सांसदको टाउकोमा चोट लागेको छ । एक जना सांसदलाई त उपचारका लागि अस्पतालमै पुर्याउनु परेको छ । संसदमा भएको यो झडपको भिडियो सामाजिक सन्जालमा भाइरल छ । मालदिभ्समा प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स र पिपल्स नेशनल कांग्रेस (पीपीएम) र पीएनसीको गठबन्धन सरकार छ । ‘इण...
साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा
विदेश, समाचार

साउदी अरबका कम्पनीले अकामा नवीकरण नगरिदिँदा नेपाली श्रमिक समस्यामा

नेपालअखबार, काठमाडौँ । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ । कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र परेका हेटौँडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङलाई उद्धार गरी नेपाल फर्काइएको हो ।  उनीहरू त एक प्रतिनिधि उदाहरण मात्र हुन् । रोजगारदाता कम्पनीले अकामा नबनाइदिने, करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा विदेशमा श्रम गर्न त्यहाँ पुगेकाहरू बाहिर हिँडडुल गर्न, आफूले कमाएको धेरथोर पैसा घर परिवारलाई पठाउन वञ्चित हुनुपर्ने, प्रहरीले पक्राउ गरी जरिमाना गराउनेलगायत धेरै समस्याबाट पीडित हुनुपरेको त्यहाँ क्रियाशील नेपाली संघसंस्था तथा सामाजिक अभियन्ताले बताउने गरेका छन्...
भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना
दुर्घटना, विदेश, समाचार

भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

नेपालअखबार, काठमाडौं । अफगानिस्तानमा रुसी जहाज दुर्घटना भएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । त्यो जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ । रुसका अधिकारीहरुले आइतबार राति भारतबाट उडेको जहाज अफगानिस्तानको आकाशबाट राडारसँग सम्पर्कविच्छेद भएको थियो । अफगान प्रहरीले भने उक्त जहाज दुर्घटना भएको रिपोर्ट प्राप्त भएको भनेको समाचार संस्था रोयटर्सले जनाएको छ । अधिकारीहरुका अनुसार उक्त जहाज चार्टर गरिएको एयर एम्बुलेन्स हो । त्यसमा ६ जना थिए । अफगानिस्तानका प्रान्तीय प्रहरी प्रवक्ताले आइतबार उत्तरी अफगान...
नेकपा एस निकट प्रबासी नेपाली एकता मंच बेलातको छैटौ अधिवेशनमा देबेन्द्र श्रेष्ठ अध्यक्षमा चयन
राजनीति, विदेश, समाचार

नेकपा एस निकट प्रबासी नेपाली एकता मंच बेलातको छैटौ अधिवेशनमा देबेन्द्र श्रेष्ठ अध्यक्षमा चयन

नेपालअखबार, काठमाडाैं। नेकपा एकिकृत समाजवादी निकट प्रबासी नेपाली एकता मंच बेलातको छैटौ अधिवेशन सम्पन्न भएको छ । बेलायतको ह्यारो स्थित नेवा: छे माया पवमा भएको कार्यक्रमना एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटी इन्चार्ज/संयोजक  श्रीप्रसाद साहको प्रमुख आथित्यता रहेको थियो  ।  कार्यक्रममाअध्यक्षता  देबेन्द्र श्रेष्ठले गरेका थिए भने  बिशेष अतिथिका रूपमा युरोप समन्वय कमिटी संयोजक तथा प्रवास समन्वय कमिटी सदस्य  उमेशराज मोक्तान र प्रवास समन्वय कमिटी सदस्य कमरेड कृष्ण तिवारी लगायतको उपस्थिति रहेकाे थियाे। अक्टोवर १३ मा आयोजक कमिटी गठन भएकोमा यो अधिवेशनले  देबेन्द्र श्रेष्ठको अध्यक्षतामा नया कार्यसमिति गठन गरेको छ । नबनिर्बाचित कार्यसमिति  अध्यक्ष  देबेन्द्र श्रेष्ठ , उपाध्यक्ष मोहन गौतम , उपाध्यक्ष गोबिन्द उप्रेती , महासचिव रमेश बटाला ,  सहसचिव एल बि तामांग , आर्थिक विभाग प...
राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च
मनोरञ्जन, विदेश, समाचार

राखीको जमानत निवेदन खारेज, पक्राउ सम्भावना उच्च

नेपालअखबार, मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए । राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् । अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ । ‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ । राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्दामा कसै...