Saturday, May 23

विदेश

नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह
अर्थ, विदेश, समाचार

नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह

नेपालअखबार, जापान ।  जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।  एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो । कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक बाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।  अनलाइन र प्रत्यक्ष उपस्थितिम...
केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश
राजनीति, विदेश, समाचार

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

नेपालअखबार, काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ । राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ । दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए । सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए ।अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।...
भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब
अर्थ, विदेश, समाचार

भारतमा न्यूनतम तलबको सट्टामा अब जीवन निर्वाह तलब

नेपालअखबार, नयाँ दिल्ली । भारतले न्यूनतम तलबको व्यवस्था हटाउने भएको छ । सन् २०२५ देखि भारतले यसको सट्टामा जीवन निर्वाह तलब शब्दको प्रयोग गर्ने भएको छ । यसका लागि भारत सरकारले अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)सँग प्राविधिक सहायता खोजिरहेको छ । जीवन निर्वाह तलब भनेको कुनै पनि कामदारलाई उसको आधारभूत आवश्यकता पूरा गर्न आवश्यक न्यूनतम तलब नै हो । तर यसको निर्धारण घर भाडा, खाद्यान्न, स्वास्थ्योपचार, शिक्षा लत्ताकपडा आदि पक्षहरूमा कामदारले  गर्नु पर्ने खर्चबारे विचार गरेर जीवन निर्वाह गर्न पुग्ने गरी तलब निर्धारण गर्ने प्रयास गरिनेछ । आईएलओले यो महिनाको सुरुमा जीवन निर्वाह तलबलाई अनुमोदन गरेको थियो । एक वर्षमा आफूहरू न्यूनतम तलबलाई छाडेर जीवन निर्वाह तलबलाई चलाउने भारत सरकारका एक वरिष्ठ अधिकारीले बताएको भन्दै इकोनोमिक्स टाइम्सको अनलाइन संस्करणमा समाचार छापिएको छ ।...
बीमाको पैसा ठग्न १० घन्टासम्म बरफको बाल्टिनमा खुट्टा डुबाए
विदेश, समाचार

बीमाको पैसा ठग्न १० घन्टासम्म बरफको बाल्टिनमा खुट्टा डुबाए

नेपालअखबार, एजेन्सि । ताइवानमा दुई युवकले बीमा कम्पनीलाई ठग्न अनौठो उपाय अपनाएको खुलासा भएको छ । ती दुई जनामाथि हिउँले खुट्टा खाएको भनेर बीमाको पैसा असुल्न १० घन्टनासम्म बरफको बाल्टिन खुट्टा डुबाएर बसेको अभियोग लागेको छ । ताइवानको अपराध अनुसन्धान विभागले चाङ्ग थर भएका ती युवालाई आफू पढ्ने विश्वविद्यालयका पूर्वविद्यार्थी लियाओेसँग मिलेर अनौठो खालको बीमा धोकाधडीको षडयन्त्र रचेको अभियोग लगाएको छ । यो घटना गएको वर्षको जनवरीको हो । अभियोजनकर्ताहरूले पाएको प्रमाणअनुसार चाङ्गले अक्षमता, घाउचोट, स्वास्थ्य र बीमा सुरक्षा बेहोर्ने गरी ५ वटा बीमकसँग बीमा गराएका थिए । सन् २०२३ को जनवरी २६ को रातमा चाङ्ग र लियाओ ताइपेई भएर मोटरसाइकल चढेर गए । चिसो मौसमका कारण चाङ्गको खुट्टा हिउँले खाएको भनिएको थियो । तर खुट्टामा समस्या हिउँका कारण भएको थिएन । एक बाल्टिन बरफमा उनले घन्टौं खुट्टा डुबाएका थिए । यो...
चालकविहीन रेल ८४ किमी गुडेपछि…
विदेश, समाचार, समाज

चालकविहीन रेल ८४ किमी गुडेपछि…

नेपालअखबार, नयाँ दिल्ली । चालक सवार नरहेको एउटा रेल ८४ किमी गुडेको छ । यो घटना भारतको हो । गत साता आइतबार बिहान एउटा मालवाहक रेल जम्मुबाट पन्जाब जाँदै थियो । चिया खानका लागि भनेर काथुवा स्टेशनमा चालक रेलबाट ओर्लिए । तर चालक दलले रेलमा ब्रेक लगाउन बिर्से । स्टेशन भिरालो ठाउँमा थियो । त्यसपछि ५३ ओटा डब्बा भएको सो रेल सर्रर गुड्दै गइरह्यो । रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे । सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो । कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास पनि गरिएको थियो । तर प्रयास असफल भयो । रेलले ढुंगा बोकेको थियो । बिहान ७ बजेर २५ मिनेटमा गुड्न थालेको रेल ९ बजेमात्रै रोक्न सकियो । करिब ८४ किलोमिट...
ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल’
विदेश, समाचार

ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल’

नेपालअखबार, काठमाडौं । ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ । ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उद्घाटन समारोहमा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको सङ्घीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी सङ्घ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसङ्घका अध्यक्षलगायतको उपस्थिति रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि ब्राजिलका श्रममन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देशबीच सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे । नेपाली दूतावासको निमन्त्रणामा भएको सो कार्यक्रममा विभिन्न ...
केन्यामा २०३२ सम्म १५ अर्ब रूख रापिने
विदेश, समाचार, समाज

केन्यामा २०३२ सम्म १५ अर्ब रूख रापिने

नेपालअखबार, एजेन्सी   । केन्याकी प्रथम महिला राहेल रुटोले केन्याको राजधानी नैरोबीमा रहेको एकमात्र बन्द क्यानोपी जंगलमा ल्याण्डस्केप र इकोसिस्टम पुनःस्थापना रणनीति सुरु गर्नुभएको छ । देशव्यापी थप ५० करोड रूखहरू रोप्ने लक्ष्य राखिएको बताइएको छ । नैरोबीमा संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलन (युएनइए–६) को छैटौँ सत्रसँग मिल्दोजुल्दो यो प्रक्षेपणले सन् २०३२ सम्ममा १५ अर्ब रूख रोप्ने सरकारी प्रयासलाई पूरक बनाउने बताइएको छ । केन्याका राष्ट्रपति विलियम रुटोले सन् २०२३ मा १५ अर्ब रूख रोप्ने अभियान सुरु गरेका थिए । हरितगृह ग्यास उत्सर्जन घटाउने, ५.१ मिलियन हेक्टेयर बिग्रिएको परिदृश्य पुनःस्थापना गर्ने र ३० प्रतिशत रूखले राज्य ढाक्ने राज्यको प्रतिबद्धता रहेको छ । वृक्षारोपणलाई गति दिन सरोकारवाला सबैको कुरा सुनेर अघि बढ्ने उनको भनाइ छ ।  एजेन्सी...
दक्षिण कोरियामा डाक्टरहरुको हडतालबिच एक महिलाको मृत्यु
विदेश, समाचार, समाज

दक्षिण कोरियामा डाक्टरहरुको हडतालबिच एक महिलाको मृत्यु

नेपालअखबार, सोल । दक्षिण कोरियामा डाक्टरहरूको हडताल  चलिरहेको छ । हडतालबिच अस्पतालहरूले बिरामी लिन नमानेपछि ८० वर्षीय वृद्धाको एम्बुलेन्समै मृत्यु भयो । मृत्युको कारण हृदयघात बताइएको छ । एम्बुलेन्सले वृद्धालाई भर्ना गर्न अनुरोध सहित भन्दै ७ ओटा अस्पताललाई फोन गरेको थियो । तर कर्मचारी र शय्याको अभाव भन्दै कसैले पनि वृद्धालाई भर्ना गर्न मानेनन् । पहिलो पटक मद्दतका लागि फोन गरेको ६७ मिनेटपछि बल्ल एउटा सरकारी शिक्षण अस्पताल वृद्धालाई भर्ना गर्न तयार भयो । तर त्यतिबेलासम्म वृद्धाको मृत्यु भइसकेको थियो । यो घटनालाई कोरियाको सञ्चार माध्यमहरुले व्यापक रुपमा प्रचार प्रसार गरिरहेका छन् । डाक्टरहरूको हडतालका कारण बिरामीको मृत्यु भएको यो पहिलो घटना भएको बताइएको छ । यस मामिलामा सरकारले छानबिन सुरु गरेको छ । चिकित्सकहरूको संख्या बढाउन तालिम दिने सरकारी योजनाको विरोधमा गएको हप्तायता कोरियामा करिब ७...
दिल्लीमा किसान आन्‍दोलन: ड्रोनबाट अश्रुग्यास प्रहार, ड्रोन झार्न किसानले उडाए चंगा
प्रशासन, विदेश, समाचार

दिल्लीमा किसान आन्‍दोलन: ड्रोनबाट अश्रुग्यास प्रहार, ड्रोन झार्न किसानले उडाए चंगा

नेपालअखबार, एजेन्सि। भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्‍दोलनमा छन्। बालीको मूल्य र नाफा सुनिश्चित गर्न माग गर्दै भारतका हजारौं किसानले ‘दिल्ली चलो’ अभियान गरी आन्दोलन गरिरहेका हुन्। शुक्रबार भारतीय किसान यूनियन (बिकेयू) ले देशव्यापी भारत बन्दको घोषणा समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। सरकारलाई दबाब दिन आफ्ना कामकाज छाडेर भारत बन्द गर्ने घोषणा गरेको बिकेयूका नेता पवन खातानाले बताए। ‘किसानहरूलाई काम नगर्न, किनमेलका लागि बजार नजान भनिएको छ। व्यापारी र यातायात व्यवसायीहरू पनि प्रदर्शनमा सहभागी हुन आएका छन्,’ उनले भने। दिल्ली प्रवेश गर्न खोजेका किसानलाई प्रहरीले ठूलो सुरक्षा घेरा राखेर रोक्ने प्रयास गरिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार शम्भू बोर्डरमा प्रहरीले भीडलाई तितरबितर पार्न किसानहरूमाथि अश्रुग्यास समेत प्रहार गरेको छ। किसानले पनि प्रहरीमाथि ढुंगामुढा...
अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली
प्रशासन, विदेश, समाचार

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

नेपालअखबार, काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् । अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट...