Friday, September 4

विदेश

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

नेपालअखबार, जकार्ता । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन ।भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउँन बाँकी छ ।
नेपालमा विश्वकाे उत्कृष्ट गुणस्तरकाे खानेपानी छ : मन्त्री खान
राजनीति, विदेश, समाचार

नेपालमा विश्वकाे उत्कृष्ट गुणस्तरकाे खानेपानी छ : मन्त्री खान

नेपालअखबार ।  न्युयोर्कमा द ब्रुकलिन च्याम्बर  अफ कमर्शले राखेकाे कार्यक्रममा  प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले विश्वका अरू देशहरू मध्य नेपालमा उत्कृष्ट खानेपानीकाे श्राेत रहेकाे बताए । नेपाल भाैगाेलिक रूपमा कठिन रहेता पनि प्रकृतिले पूर्ण रूपमा सजाएकाे मन्त्री खानले बताए । नेपालकाे प्रकृतिकसंग रमाउन तथा जिवनकाे नयाँ अनुभुति लिनका लागि विश्वका प्राय सबै देशवाट पर्यटकहरू नेपाल  आउने गरेकाे उनले बताए  । नेपालमा धेरै संभावनाहरू रहेका छन् तर ति संभावनाहरूलाई  अमेरिकामा रहेका व्यापारीहरूले  सहयाेग गरि नेपालकाे खानेपानी, भाैतिक सामग्रीका साथै  कृषि जन्य पदार्थ नेपालबाट अमेरिका ल्याएर साना तथा घरेलु उत्पादनलाई  विश्व बजार पुराउन मन्त्री खानले अनुराेध गरेका छन् । उत्त कार्यक्रमलाइ शाहिद खानले सहजिकरण गरेका थिए । कार्यक्रममा ब्रुकलिन च्याम्बर अफ कमर्शका प्रेसिडेन्ट र्र...
भूमरीले तहसनहस पारिदियो अमेरिकाको एउटा सानो सहर, कम्तीमा २६ जनाको मृत्यु
विदेश, समाचार

भूमरीले तहसनहस पारिदियो अमेरिकाको एउटा सानो सहर, कम्तीमा २६ जनाको मृत्यु

नेपालअखबार, एजेन्सि। अमेरिकामा शुक्रबार आएको एउटा भूमरीमा परी मिसिसिपी राज्यको एउटा सानो सहर नै तहसनहस भएको छ। द न्युयोर्क टाइम्सका अनुसार मिसिसिपी र अलाबामा राज्यमा आएको उक्त भूमरीमा परी कम्तीमा २६ जना मानिसले ज्यान गुमाएका छन् भने दर्जनौं घाइते भएका छन्। शक्तिशाली भूमरीको सबैभन्दा धेरै प्रभाव मिसिसिपी राज्यको रोलिङ फर्कमा परेको छ। झन्डै २ हजार मानिस बस्ने उक्त सहरमा घरहरू भत्किएर माटोमा मिसिएका छन् भने रूखहरू जरैसँगै उखेलिएका छन्। दशकौंदेखि त्यहाँ बस्दै आएका बासिन्दाहरू घरबारविहीन भएका छन्। मिसिसिपीका गभर्नरले राज्यमा आपतकालको घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले भूमरी पीडितलाई संघीय सरकारले चाहिने जति सबै सहयोग गर्ने बताएका छन्। हेर्नुस् तस्बिरहरू:...
राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय
राजनीति, विदेश, समाचार

राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय

नेपालअखबार, एजेन्सि।सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् ।यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ । सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’...
९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै ‘मिडिया टाइकुन’ रूपर्ट मुर्डक
विदेश, समाचार, समाज

९२ वर्षको उमेरमा पाँचौं विवाह गर्दै ‘मिडिया टाइकुन’ रूपर्ट मुर्डक

नेपालअखबार, एजेन्सि। संसारका विभिन्न देशमा अखबार तथा टेलिभिजन च्यानल सञ्चालन गर्ने अन्तर्राष्ट्रिय 'मिडिया टाइकुन' रूपर्ट मुर्डक आफ्नो व्यक्तिगत जीवनका कारण समाचारमा छाइरहन्छन्। ९२ वर्षीय मुर्डक यसपालि फेरि चर्चामा छन् र यो चर्चा उनको पाँचौं विवाहलाई लिएर भइरहेको छ। मुर्डकले ६६ वर्षीय एना लिस्ले स्मिथसँग विवाह गर्ने घोषणा गरेको उनको आफ्नै प्रकाशन द न्यूयोर्क पोस्टले उल्लेख गरेको छ। 'म स्मिथलाई धेरै माया गर्छु,' मुर्डकले न्यूयोर्क पोस्टसँग भनेका छन्, 'यो मेरो अन्तिम विवाह हो भन्ने मलाई थाहा छ। हामी दुवै यो सम्बन्धबाट एकदमै खुसी छौं।' मुर्डकले गत वर्ष मात्र आफ्नौ चौथो पत्नी जेरी हलसँग सम्बन्ध विच्छेद गरेका थिए। न्यूयोर्क पोस्टसँग कुराकानी क्रममा मुर्डकले आफ्नी पाँचौं पत्नी स्मिथसँगको सम्बन्धबारे भनेका छन्, 'हाम्रो भेट गत सेप्टेम्बर महिनामा क्यालिफोर्नियामा भएको थियो। त्यसपछि ह...
चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय
विदेश, समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

नेपालअखबार, एजेन्सि।  तपाईंको उमेर पुगेको छ तर विवाह भएको छैन भने परिवार र आफन्तले बारम्बार सोध्ने एउटा प्रश्न हो- अब बिहे कहिले गर्ने? दशैं-तिहार वा अरू कुनै चाडवाडमा गाउँघर फर्किँदा होस् वा सहर बजारमै पनि आफन्त परिवार जमघट हुँदा उमेर पुगेका अविवाहितले यो प्रश्न झेल्नु सामान्य नै हो। उमेर पुगेर पनि विवाह नगर्ने र परिवार र आफन्तबाट विवाहका लागि दबाब आउने समस्या नेपालको मात्र भने होइन्। हाम्रो उत्तरी छिमेकी चीनमा पनि युवाहरूले यस्तै समस्या झेलिरहेका छन्। साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार परिवारका सदस्यका प्रश्नको जवाफ दिन अहिले चीनमा भाडामा गर्लफ्रेन्ड हुने/बनाउने व्यवसाय फस्टाउँदो छ। त्यसका लागि एउटा वेबसाइट खोलिएको छ, ८९वाइएन.कम। उक्त वेबसाइटमा गएर एक जना चिनियाँ पत्रकारले भाडाकी गर्लफ्रेन्ड बन्ने काम गरिरहेकी एक युवतीसँग भेटेका छन्। मुमु छद्म नाम भएकी ती युवतीका...
ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार

ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ । घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्ण...
दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ
राजनीति, विदेश, समाचार

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

नेपालअखबार, काठमाडौं । भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । सीबीआईले आइतबार बेलुका सिसोदियालाई पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो । अनुसन्धानको क्रममा आइतबार बेलुकी सिसोदियालाई सीबीईले कार्यालयमा बोलाएको थियो । तर भारतीय समय अनुसार बेलुका सात बजे उनलाई हिरासतमा राखिएको खबर सार्वजनिक भएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप छ । सिसोदिया आम आदमी पार्टी (आप)का नेता हुन् । आपका नेताहरुले यसमा राजनीतिक गन्ध भएको र भारतीय जनता पार्टी (भाजपा)ले प्रतिशोध साधेको आरोप लगाएका छन् । आप पार्टीका अध्यक्ष एवम् दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सिसोदिया बेकसुर भएको भन्दै उनको गिरफ्तारीलाई फोहोरी राजनीति भनेर टिप्पणी गरेका छन् । केजरीवालले भनेका छन्, ‘मनिषको गिरफ्तारीले जनता आक्रोशि...
भारतमा पहिलो पटक भेटियो लिथियमको भण्डार
विदेश, समाचार

भारतमा पहिलो पटक भेटियो लिथियमको भण्डार

नेपालअखबार, एजेन्सि। भारतमा पहिलो पटक लिथियमको भण्डार भेटिएको छ । भारतीय भूगर्भ सर्वेक्षणले बिहीबार भारतमा पहिलो पटक लिथियमको भण्डार फेला पारेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार जीएसआईले आफ्नो बयानमा जम्मू कश्मीरको रियासी जिल्लामा ५.९ मिलियन टन लिथियमको भण्डार फेला परेको जनाएको छ । लिथियम फलामको मात्रा शून्य भएको धातु हो जुन इभी ब्याट्री बनाउन प्रयोग गरिन्छ । भारतले लामो समयदेखि घरेलु स्तरमा यसको आपूर्ति सुनिश्चित गर्न प्रयास गरिरहेको थियो । समाचार एजेन्सी एएनआईले आफ्नो रिपोर्टमा रियासी जिल्लाको सलाल–हाइमाना इलाकामा यो भण्डार भेटिएको जनाएको छ ।...
भारतले नेपाललाई साढे ५ अर्ब भारू अनुदान दिने
अर्थतन्त्र, राजनीति, विदेश, समाचार

भारतले नेपाललाई साढे ५ अर्ब भारू अनुदान दिने

नेपालअखबार, एजेन्सि। छिमेकी मुलुक भारतले आउने आर्थिक वर्षमा नेपाललाई दिने अनुदान प्रतिवद्धता घटाएको छ। बुधबार भारतको नयाँ बजेट सार्वजनिक गर्दै भारतीय वित्त मन्त्री निर्मला सीतारमणले विभिन्न मुलुकहरूलाई दिने अनुदानबारे जानकारी दिएकी हुन्। भारतीय बजेटअनुसार आगामी वर्ष भारतले नेपाललाई ५५० करोड भारू अनुदान दिनेछ। गत वर्ष भारतले नेपाललाई दिने अनुदान रकम ४२५ करोड भारू थियो। सुरूमा ७५० करोड भारू अनुदान दिने बजेटमा उल्लेख भए पनि पछि बजेट संशोधन गरेर रकम घटाइएको थियो। आर्थिक वर्ष २०२१-०२२ मा भारतले नेपाललाई ४४८ करोड भारू दिएको थियो। यसपालि भारतले सबैभन्दा धेरै अनुदान भुटानलाई दिने भएको छ। भुटानले १६३२ करोड अनुदान पाउने भएको छ भने ७८८ करोड ऋण पाउने छ।...