कहानी ७४ वर्षे वृद्धको जसले श्रीमतीका लागि घरलाई अस्पताल बनाए, कोठालाई आइसीयू र कारलाई एम्बुलेन्स
नेपाल अखबार, एजेन्सि। ट्वीटरमा एक ७४ वर्षका व्यक्तिले एउटा फोटो सेयर गरे, यो फोटोमा उनी आफ्नी ७२ वर्षकी श्रीमतीको सेवा गरिरहेको देखिएका थिए । उनले आफ्नी श्रीमतीका लागि घरललाई अस्पतालमा परिवर्तन गरे । जहाँ अक्सिजनको सिलिन्डिरदेखि भेन्टिलेटरसम्म छन् । रोचक कुरा के छ भने यो सबै उनी एक्लैले गरेका हुन् । यी व्यक्ति कुनै डाक्टर होइनन् तर एक अवकाशप्राप्त इन्जिनियर हुन् । नाम हो ज्ञान प्रकाश, भारतको मध्य प्रदेशको जबलपुरमा बस्दछन् । उनीसँग भारतीय मिडिया दैनिक भास्करले कुराकानी गरेको छ, जसलाई अनुवाद गरेर रातोपाटीमा पनि राखिएको छ ।
बारम्बार अस्पताल जानु परेका कारण घरलाई नै अस्पताल बनाइदिएँः
ज्ञानकी श्रीमती कुमुदिनी श्रीवास्तव ७२ वर्षकी छिन् । उनकी दमकी रोगी हुन् । घरलाई नै अस्पताल बनाउनुको उद्देश्यबारे कुरा गर्दै उनी भन्छन्, ‘दमका कारण श्रीमतीलाई बारम्बार अस्पताल लगिरहनुपर्दथ्यो, केहि दिन पछि मात्रै ...
