गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाधन्न वितरण
नेपाल अखबार, एजेन्सि। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको हामी सबैलाई थाहा नै छ।
तर यस फाउण्डेशनको कृयाकलाब अथवा गतिविधिहरु न्युयोर्क शहरको मेयर कार्यालय, ब्रुक्लीनबोरो प्रेसिडेन्टको कार्यालय, क्वीन्सबोरो प्रेसिडेन्टको कार्यालय, न्युयोर्क राज्यका सेनेटरहरु, न्युयोर्क राज्यका ऐसेमब्लीमेम्बरहरु र न्युयोर्क शहरका सिटी काउन्सील मेम्बरहरुले प्रत्यक्ष अवलोकन गर्नु भएको जानकारीका साथ वहाँहरुकै अनुरोधमा फाउण्डेशनले फेरि निशुल्क खाधन्न वितरण कार्यक्रम अगस्ट ११, २०२० वाट फेरि सुरु गरेको छ। सेवा नै धर्म हो भन्ने नारा का साथ फाउण्डेशन ले विभिन्न समुदायका ६००० जना भन्दा बढी मा सेवा पुरा...
