बिहेको ९ दिनमै श्रीमान्को इकाउन्टर, श्रीमती जेलमा
नेपाल अखबार, एजेन्सि। भारतीय प्रहरीले इन्काउन्टरमा विकास दुबेलाई शुक्रबार मारेको छ । उनीविरुद्ध गत साता बिहीबार उत्तर प्रदेशको कानपुरस्थित बिकारु गाउँमा ८ जना प्रहरीलाई मारेको अभियोग थियो ।
यस मामिलामा प्रहरीले यसअघि नै ५ जनालाई इन्काउन्टर गरिसकेको छ । विकास दुबेका सहयोगी तथा भाइ अमर दुबे दुई दिनअघि मात्रै इन्काउन्टरमा मारिएका थिए । यतिमात्रै होइन अमर दुबेकी नवविवाहित श्रीमती खुसी दुबेलाई पनि प्रहरीले जेल पठाएको छ ।
प्रहरीले यी युवतीलाई पनि कुख्यात अपराधको षड्यन्त्रकर्ता ठहर गरेको छ । ‘बिहेपछि माइतीबाट छुट्टिएर घर आएको दुई दिनमा श्रीमान् तथा घरपरिवारलाई बुझ्न त सकिदैन भने नव बेहुली कसरी हत्याकाण्डको षड्यन्त्रकर्ता हुन्छिन् ?’ खुसीका माइती पक्षको प्रश्न छ । उनीहरुका अनुसार अमर दुबेको परिवारले गुमराहमा राखेर विवाह गरेका थिए ।
बिहेको तीन दिनपछि हत्या
२९ जुनमा अमर दुबे र खुसीको भव्य विवाह ...
