Monday, June 1

विश्व

कोरोना भाइरसको संक्रमणबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु
विश्व, स्वास्थ्य

कोरोना भाइरसको संक्रमणबाट विश्वभर १० लाख ३८ हजारको मृत्यु

नेपालअखबार, एजेन्सि। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ३८ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ५१ लाख ४० हजार भन्दा बढी पुगेको छ। कूल सङ्क्रमितमध्ये दुई करोड ६१ लाख ३० हजार निको भएका छन् भने करिब ७९ लाख ६ हजार भन्दा बढी मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख नाघिसकेको छ। कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख १४ हजार को मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ। कोर...
बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास
विश्व, समाचार, स्वास्थ्य

बेलायतमा एकैदिनमा १२ हजार कोरोना संक्रमित थपिएपछि बढ्यो त्रास

नेपाल अखबार, एजेन्सि। बेलायतमा फेरि पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको छ। लन्डनबाट प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब १२ हजार ८७२ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन्। यो संख्या बेलायतमा भेटिएका कोरोनाका संक्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा करिब दोब्बर भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्। गएको शुक्रबार मात्र यहाँ ७ हजार १४३ जना संक्रमित भेटिएकोमा यहाँ गएको २४ घन्टाभित्र मात्र अघिल्लो दिनको भन्दा झण्डै दोब्बर संख्यामा संक्रमित भेटिएका हुन्। Century masala तर पनि यहाँका स्वास्थ्य अधिकारीहरुले प्राविधिक कारणले यो संख्या बढी देखिएको र यसअघिका दिनहरुमा यो संख्या समावेश नगरिएकोले शनिबार अहिलेसम्मकै सबैभन्दा बढी देखिएको बताइएको छ। यहाँ हरेक दिन ठूलो संख्यामा नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ। यहाँ अहिलेस...
भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कसरी नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ?

नेपाल अखबार, एजेन्सि । भारतमा कोरोना भाइरस (कोभिड-१९)ले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्ने भारत तेस्रो मुलुक हो । अमेरिकामा २ लाख ९ हजार र ब्राजिलमा १ लाख ४५ हजारभन्दा बढीको मृत्यु भएको छ । भारता मृतकको संख्या एक लाख एक हजार ७८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।सेप्टेम्बर भारतको लागि कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्याको आधारमा सबैभन्दा खराब महिना रह्यो । सेप्टेम्बर महिनामा भारतमा औसतमा दैनिक ११०० मानिसको मृत्यु भयो । केही राज्यहरुमा अझै पनि कोरोनाबाट मृत्यु हुनेको संख्यमा निरन्तर वृद्धि भइरहेको छ । यसले भारतमा अझै पनि कोरोना महामारी बढ्न सक्ने संकेत दिएको केही विशेषज्ञहरुले बताएका छन् । सबैभन्दा अगाडि महाराष्ट्र भारतको सबैभन्दा ठूलो र धनी राज्यमध्येको एक महाराष्ट्रमा सबैभन्दा धेरै १३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । राज्यमा को...
अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सस्पेन्सः ट्रम्पले भने, ‘म ठिक छु
विश्व

अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सस्पेन्सः ट्रम्पले भने, ‘म ठिक छु

नेपाल अखबार, एजेन्सि। तीन दिन अघि कोरोनाद्वारा पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्यबारे सटिक जानकारी प्राप्त भएको छैन । वास्तवमा शनिबार तीन बयान सार्वजनिक भए । तीनवटामा नै भिन्न–भिन्न कुरा गरियो । ट्रम्पले एक भिडियो जारी गर्दै भने, ‘म ठिक छु ।’ उनको चीफ अफ स्टाफ मार्क मेडोसले भने, ‘राष्ट्रपतिमा जुन लक्षण देखिएको छ, त्यो चिन्ता बढाउने किसिमको छ ।’ यस्तै उनका उपचारमा संलग्न डाक्टर सीन कनलेले भने, ‘राष्ट्रपतिले राम्रो महसुस गरिरहनुभएको छ ।’ ट्रम्पको उपचार मेरिल्याण्डको सैनिक अस्पतालमा चलिरहेको छ जबकी श्रीमती मेलानिया ह्वाइट हाउसमा नै क्वारेन्टिनमा छिन् । छोरी इभांका र ज्वाईं जेरेड कुशनरको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अर्कोतर्फ रिपब्लिकन पार्टीले प्रचारको नयाँ रणनीति तयार गरेको छ । यसका लागि सिनेटर्सको एक समूह बनाइएको छ । डाक्टर र एडभाइजरको भिन्न बयानः शनिबार नै उनक...
सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर
विश्व, समाचार

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

नेपाल अखबार, एजेन्सि। सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख तुट गात्लुआकले भने, ‘आज हामीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छौँ । हाम्रो लक्ष्य पूरा भएको छ ।’सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो । सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्ल...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
विश्व, समाचार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । यहाँ ६४ लाखमा धेरैमा संक्रमण देखिएको छ । भारतको केन्द्रीय स्वास्थ मन्त्रालयले मृतकको संख्या १ लाख नाघेको जानकारी दिएको हो । यद्यपी, नयाँ संक्रमितको संख्या पछिल्ला २४ घण्टामा घटेको छ । मन्त्रालयको आँकडाअनुसार पछिल्ला २४ घण्टामा कोरोना भाइरसका ७९ हजार ४ सय ७६ वटा नयाँ संक्रमणका घटना रिपोर्ट भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६९ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म भारतमा ६४ लाख ७३ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ५४ लाख २७ हजार ७ सय ७ जना निको भइसकेका छन् । सर्वाधिक धेरै कोरोना संक्रमित निको हुने देशको सुचीमा भारत पहिलो स्थानमा छ । त्यस्तै, कोरोनाका कारण १ लाखभन्दा धेरैको मृत्यु हुने भारत तेस्रो देश हो । अमेरिका २ लाख १२ हजारभन्दा धेरै तथा ब्राजिलमा १ लाख ४४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।...
अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार
विश्व, समाचार, स्वास्थ्य

अक्सफोर्डको भ्याक्सिन समीक्षाका लागि तयार

नेपाल अखबार, एजेन्सि। अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका मिलेर विकसित गरिरहेका कोभिड–१९ को भ्याक्सिन कोविशिल्ड चाँडै नै समीक्षाका लागि तयार हुने बताइएको छ । युरोपेली समीक्षकले एक–दुई हप्तामा यो भ्याक्सिनको द्रूत समीक्षा सुरु गर्ने सम्भावना छ । – ब्लूमबर्गको एक रिपोर्टमा यो मामिलासँग जोडिएका एक व्यक्तिलाई उद्धृत गर्दै कोविशिल्ड यूरोपमा नियामक स्विकृति लिने पहिलो भ्याक्सिन हुनसक्ने बताइएको छ । युरोपेली मेडिसिन एजेन्सीले एक दुई हप्ताभित्र यसको ‘रोलिङ रिभ्यू’ सुरु गर्नसक्ने सम्भावना व्यक्त गरिएको छ । – अहिले कोविशिल्डमाथि जुन तरिका अपनाइएको छ, त्यो आपतकालीन अवस्थामा अपनाइने गरिन्छ । विशेषगरी, कोभिड–१९ महामारको प्रकोपलाई मध्यनजर गर्दै यो आवश्यकता भएको छ । समीक्षा भएलगत्तै चाँडोभन्दा चाँडो कोविशिल्डले नियामक स्विकृति पाउने सम्भावना रहेको छ । कोविशिल्डको तेस्रो चरणको ट्रायल सेप्टेम्बर ६ मा ...
बलात्कृत युवतीको परिवार भेट्न जाँदा राहुल गान्धी र प्रहरीबीच घम्साघम्सी
विश्व, समाचार, हाइलाइट-समाचार

बलात्कृत युवतीको परिवार भेट्न जाँदा राहुल गान्धी र प्रहरीबीच घम्साघम्सी

नेपाल अखबार, एजेन्सि। भारतको विपक्षी दल काँग्रेस आईका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएर हाथरस जानबाट रोकेको छ। सो क्रममा राहुल गान्धीका समर्थक र प्रहरीबीच घम्साघम्सी भएको भारतीय संचारमाध्यमले जनाएका छन्। उत्तर प्रदेशमा सामूहिक बलात्कारपछि मृत्यु भएकी युवतीको परिवारलाई भेट्न जाने क्रममा राहुल र उनका बहिनी प्रियंकालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको थियोl गाडीबाट जाँदै गर्दा प्रहरीले रोकेपछि उनीहरु पैदल हिँडेर पीडित परिवार भेट्न जाँदै थिए। सो क्रममा प्रहरीले उनीहरलाई नियन्त्रणमा लिएको जनाइएको छ। सार्वजनिक भिडियोमा प्रहरीले राहुल गान्धीलाई धकेलिएको देखिएको छ। राहुल गान्धीले आफूलाई प्रहरीे धकेल्दै लाठीले हानेको बताएका छन्। हालैमात्र उत्तर प्रदेशको हाथरसमा एक १९ वर्षकी दलित युवतीमाथि सामूहिक बलात्कार भएको थियो। उनको दिल्लीमा उपचारको क्रममा मृत्यु भएक...
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख नजिक, एकै दिन ११७८ को मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नजिक पुगेको छ। वल्र्डओमिटरका अनुसार त्यहाँ अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ हजार पाँच सय २९ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ संक्रमणबाट एक हजार १ सय ७८ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा त्यहाँ ८० हजार पाँच सय जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो सयम संक्रमण र मृत्युदर उच्च भएका देशमा भारत विश्वमै सबैभन्दा अगाडि छ। त्यहाँ अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२ लाख २३ हजार नाघेको छ। भारत कोरोना संक्रमणबाट धेरै मृत्यु हुने देशमा अमेरिका र ब्राजिलपछि विश्वमै तेस्रो स्थानमा छ भने संक्रमितको संख्या सबैभन्दा धेरै भएको अमेरिकापछि दोस्रो स्थानमा भारत छ। पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार आठ सय ४३ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा दुई लाख ८७ हजार भन्दा धेरै नयाँ संक्...
ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ
विश्व, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

ट्रम्पको आरोपः भारतले कोरोनाका कारण ज्यान गुमाएकाहरुको आँकडा लुकाइरहेछ

नेपाल अखबार, एजेन्सि। अमेरिकामा राष्ट्रपति पदका लागि डोनल्ड ट्रम्प र जो बाइडनबीच पहिलो डिबेट सुरु भइसकेको छ । दुबै प्रतिद्वन्द्वी विभिन्न मुद्दा जस्तै स्वास्थ्य, न्याय र अर्थव्यवस्थालगायतमा कुरा गरिरहेका छन् र एक–अर्कामाथि तिखो हमला गरिरहेका छन् । कोभिड–१९ को महामारीबारे प्रश्न सोध्दा डोनल्ड ट्रम्पले यदि जो बाइडन उनको स्थानमा भएको भए अमेरिकामा धेरैको मृत्यु हुने बताए । जवाफमा बाइडनले महामारीसँग लड्नका लागि ट्रम्पसँग कुनै योजना नभएको आरोप लगाए । अमेरिकामा कोरोनाभाइरस संक्रमणका ७० लाखभन्दा बढी संक्रमित छन् भने हालसम्म दुई लाख बढीको मृत्यु भइसकेको छ । कोरोनाभाइरसमाथि चर्चाः बाइडनले कोरोनाभाइरस महामारीसँग लड्नका लागि ट्रम्प प्रशासनको आलोचना गरे जसको जवाफमा ट्रम्पले महामारीसँग जुध्नका लागि सरकारले उत्कृष्ट काम गरेको बताए । उनले भने, ‘हाम्रो सरकार कोरोनाभाइरससँग लड्नका लागि मास्क, पिपिई किट र औष...