Thursday, July 23

विश्व

अमेरिकी उपराष्ट्रपतिले भने- वार्ता उपलब्धि विना नै सकियो
राजनीति, विश्व, समाचार

अमेरिकी उपराष्ट्रपतिले भने- वार्ता उपलब्धि विना नै सकियो

नेपालअखबार,काठमाडौं । युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा कुनै पनि सहमति हुन नसकेको वार्तामा सहभागी अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । सघन संलग्नताका बाबजुद कुनै ठोस उपलब्धि विना नै वार्ता टुङ्गिएको हो । भान्सले अमेरिकी पक्षले झन्डै एक दिनको निरन्तर सञ्चारपछि आफ्नो ‘अन्तिम र उत्कृष्ट प्रश्ताव’ पेस गरेको दाबी गरेका छन् । छलफल ‘सद्भाव’ का साथ गरिएको थियो तर प्रस्तावले स्वीकृति पाउन नसकेको उनको भनाइ छ ।...
अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच आज इस्लामावादमा वार्ता

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच आज वार्ता हुँदैछ। पाकिस्तानको मध्यस्थतामा राजधानी इस्लामावादमा शनिबार दुई देशबीच वार्ता हुन लागेको हो। वार्ताका लागि तेहरानको टोली इस्लामावाद आइपुगेको पाकिस्तानी अखबार द डनले पुष्टि गरेको छ। इरानबाट सभामुख मोहम्मद बाघे गालिबाफ, विदेशमन्त्री अब्बास अरागचीसहितको टोली इस्लामावाद पुगेको छ। उनीहरूलाई पाकिस्तानी सेना प्रमुख असिम मुनिरले स्वागत गरेका छन्। इरानी प्रतिनिधिमण्डलमा आर्थिक, सुरक्षा, कूटनीतिक तथा प्राविधिक विशेषज्ञहरू, सञ्चारकर्मी र सहयोगी कर्मचारीहरूसहित करिब ७० जना सदस्य रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डल भने अझै इस्लामावाद आइपुगेको छैन। उनीहरू बाटोमै रहेको रोयटर्सले जनाएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्नेछन्। टोलीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्...
ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप
राजनीति, विश्व, समाचार

ट्रम्प र उनका पुराना समर्थक सञ्चारकर्मीबीच आरोप–प्रत्यारोप

नेपालअखबार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ । विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको हो । ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।ती सञ्चारकर्मी ट्रम्पको ‘मागा’ अभियानको बलिया खम्बा मानिन्थे । पछिल्लो समय उनीहरूले इरानसँगको युद्धलाई लिएर ट्रम्पको आलोचना गर्दैआएका थिए । आफ्नै पूर्वसमर्थकले आलोचना गरेपछि ट्रम्पले आक्रोश पोखेको बताइन्छ । ट्रम्पले ती सञ्चारकर्मी हाल टेलिभिजनबाट निकालिएको र अन्य टेलिभिजनमा काम नपाएको भन्दै उपहाससमेत गरेका छन् ।ती सञ्चारकर्मीहरू आफ्नो पोडकास्टको सस्तो प्रचारका लागि मात्रै आफ्नो आलोचना गरिरहेको ट्र...
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदै

नेपालअखबार, काठमाडौं । अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुँदैछ। पाकिस्तानको राजधानी इस्लामाबादमा शनिबार दुई देशबीच वार्ता हुने निश्चित भएको अमिरिकी र पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्। वार्ताका लागि दुवै पक्षका उच्चस्तरीय प्रतिनिधिमण्डल शुक्रबार नै इस्लामाबाद आइपुग्ने पाकिस्तानी अखबार द डनले उल्लेख गरेको छ। बुधबार युद्धविराम भए पनि दुई देशबीच तनाव अझै कायमै छ। इरानले हर्मुज खुला गर्ने र परमाणु कार्यक्रम रोक्ने सर्त मानेपछि युद्धविराम भएको वासिङ्टनको दाबी छ। तेहरानले भने परमाणु कार्यक्रमबारे कुनै पनि सहमति नभएको बताउँदै आएको छ। सँगै युद्धविराममा लेबनन पनि समेटिनुपर्नेमा सोही दिन भीषण हमला गरेको थियो। यसमा पनि इरान रूष्ट छ। अमेरिका-इसराइल र इरानबीच आक्रमण प्रत्याक्रमण नभए पनि एक अर्कामाथि भइरहेको आरोप-प्रत्यारोपले युद्धविराम नै खतरामा पुग्न सक्ने भएकाले वार्ताको आ...
इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु
विश्व, समाचार

इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु

नेपालअखबार,  काठमाडौं । इरानका पूर्वविदेशमन्त्री कमाल खराजीको मृत्यु भएको छ । अप्रिलको सुरूवाततिर घाइते भएका खराजीको उपचारका क्रममा मृत्यु भएको हो । इरानका सञ्चारमाध्यमहरूले पूर्वविदेशमन्त्री खराजी मृत्युको समाचार प्रकाशन–प्रशारण गरेको बीबीसीले जनाएको छ । खराजीलाई इरानको सत्ता राजनीतिमा एक सुधारवादी नेताका रूपमा लिइन्थो । उनी ‘स्ट्रेटेजिक काउन्सिल अन फरेन रिलेसन्स’ का प्रमुख र दिवंगत सर्वोच्च नेता अली खामेनेईका सल्लाहकारका रूपमा पनि चिनिन्थे । खराजीले सन् १९९७ से २००५ सम्म इरानको विदेशमन्त्रीका रूपमा काम गरेका थिए । इरानको सुधारवादी समर्थक जामरान न्युज वेबसाइटले १ अप्रिलमा खराजी आक्रमणमा परी गम्भीर घाइते भएका र उपचारका लागि अस्पतालमा भर्ना गरिएको समाचार प्रकाशित गरेको थियो ।समाचामार आक्रमणमा उनकी पत्नीको मृत्यु भएको पनि उल्लेख थियो । जामरानले तेहरानमा अवस्थित खराजीको घरलाई निशाना ...
इरानले भन्यो, ‘इजरायली हमलाबिच शान्ति सम्झौताको वार्ता औचित्यहीन’
विश्व, समाचार

इरानले भन्यो, ‘इजरायली हमलाबिच शान्ति सम्झौताको वार्ता औचित्यहीन’

नेपालअखबार, तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गरेको केही घण्टा नबित्दै इजरायलले लेबनानमाथि गरेको अहिलेसम्मकै भीषण आक्रमणले पश्चिम एसियामा शान्तिको आशालाई अनिश्चित बनाएको छ। बुधबार इजरायली सैन्य विमानहरूले लेबनानका विभिन्न क्षेत्रमा बमबारी गर्दा २५४ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। यो आक्रमणपछि इरानले अमेरिकासँग हुने भनिएको स्थायी शान्ति सम्झौताको वार्तामा सहभागी हुनु ‘औचित्यहीन’ हुने चेतावनी दिएको छ। इरानी संसदका सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बगेर कलिबाफले इजरायलले युद्धविरामका सर्तहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार एकातिर इजरायलले हिजबुल्लाहमाथि समान्तर युद्ध चर्काइरहेको छ भने अर्कोतिर अमेरिकाले इरानलाई आफ्नो आणविक महत्त्वाकाङ्क्षा त्याग्न दबाब दिएर सम्झौताको मर्मविपरीत काम गरिरहेको छ। यस्तो परिस्थितिमा यसै हप्ताको अन्त्यदेख...
लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा
विश्व, समाचार

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

नेपालअखबार,काठमाडौं । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए । संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए । त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो । ‘यो अत्यन्त नाटकीय थियो । आक्रमणको स्तर अत्यन्त भ...
अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
राजनीति, विश्व, समाचार

अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

नेपालअखबार,काठमाडौं । अमेरिका र इरानबीच दुई साताको युद्धविराम गर्ने सहमति भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको घोषणा बुधबार बिहान आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्। उनले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए। ट्रम्पले दिएको अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा उनी युद्धविरामका लागि सहमति भएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए। युद्धविराममा सहमति भएपछि अमेरिका र इरान दुवैले प्रधानमन्त्री सरिफलाई धन्यवाद दिएका छन्। 'संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान लगायत उनीहरूका सबै सहयोगी र...
इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आजै राति नष्ट हुने ट्रम्पको  चेतावनी
राजनीति, विश्व, समाचार

इरानले अमेरिकासँग सम्झौता नगरे पूरै सभ्यता आजै राति नष्ट हुने ट्रम्पको चेतावनी

नेपालअखबार,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न तयार नभए पुरै सभ्यता आजै राति नष्ट हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै चेतावनी दिएका छन्,’पूरै सभ्यता आज राति नष्ट हुनेछ, जुन फेरि कहिल्यै फर्किने छैन । म यस्तो होस भन्ने चाहन्न, तर सम्भवतः त्यस्तै हुनेछ।’उनले इरानलाई समाप्त पार्न चाहेको सन्देश दिँदै यस्तो लेखेको हुन् । उनले भनेका छन्, ‘तर, अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भइसकेपछि, जहाँ फरक, बुद्धिमान र कम उग्र विचार भएका मानिसहरू हावी हुनेछन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत कुरा हुन सक्छ । कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणमध्ये एक हो । ४७ वर्षको जबर्जस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। भगवान् इरानका महान जनतालाई आशीर्...
नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी
राजनीति, विश्व, समाचार

नागरिक क्षेत्रमा आक्रमण भए थप विनाशकारी प्रतिकार गर्ने इरानको चेतावनी

नेपालअखबार, तेहरान । अमेरिका र इजरायलले नागरिक क्षेत्रलाई लक्षित गरी आक्रमण दोहोर्‍याए अझ धेरै विनाशकारी प्रतिकार गर्ने चेतावनी इरानले दिएको छ । सरकारी सञ्चारमाध्यम इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकाष्टिङमा प्रकाशित वक्तव्यमा इरानको उच्च सैन्य कमान्ड खतम अल–अबिया केन्द्रीय मुख्यालयका प्रवक्ताले भनेका छन्, ‘यदि नागरिक लक्ष्यहरूमा आक्रमण दोहोरिन्छ भने, हाम्रो आगामी आक्रामक तथा प्रतिकारात्मक कारबाही झन् व्यापक र विनाशकारी हुनेछ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारसम्म इरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन नगरे विद्युत् केन्द्र र पुलहरूमा आक्रमण गर्न सकिने धम्की दिएको समयमा यो प्रतिक्रिया आएको हो ।...