Friday, March 13

विश्व

भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन भेटिए २९ हजार बढी कोरोना संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । यो आँकडा कोभिड१९इन्डिया डट ओआरजीमा उल्लेख गरिएको छ । आइतबार २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । २४ घण्टाभित्र भेटिएको संक्रमितको संख्या यो अहिलेसम्मकै धेरै हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए । भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको भारतीय सञ्चार माध्यमले बताएको छ । अहिलेसम्म यहाँ ५ लाख ५४ हजार ३ सय ७० बिरामी ठिक भइसकेका छन् । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । मृतकको संख्या यहाँ २३ हजार १ सय ८७ पुगेको छ । स्रोतः दैनिक भास्कर...
१०४ वर्षे महिलाले घरमै बसेर जितिन् कोरोनालाई
विश्व

१०४ वर्षे महिलाले घरमै बसेर जितिन् कोरोनालाई

नेपाल अखबार, एजेन्सि। इङ्गल्याण्डको केन्टमा बसोबास गर्ने १०४ वर्षे महिलाले घरमै बसेर कोरोनालाई जितेकी छन् । ग्रेस ग्रिनउड नाम भएकी ती महिला विगत तीन सातादेखि ओछ्यानबाट उठ्न सक्दैनथिन् । उनलाई सास फेर्न पनि गाह्रो भएको थियो । तर उनलाई कोरोना संक्रमणको उपचार गर्न अस्पताल जानु परेन । अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् । उनका परिवारका सदस्यहरुका अनुसार उनले जीवनमा धेरै कष्ट व्यहोरेकी छन् । आफ्नो जीवनको अधिकतम समय उनले बिरामीहरुको सेवामा बिताएकी छन् । त्यसैले पनि उनमा चुनौतीहरुको सामना गर्ने हिम्मत छ । ग्रेसको जन्म म्यानमार (बर्मा)मा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरेकी थिइन् । त्यसपछि लामो समुद्री यात्रा तय गर्दै उनी सन् १९४६ मा इङ्गल्याण्ड गइन् । लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अगाडि उहाँ बिरामी हुनुभयो । डाक्टरहरु...
अन्ततः ट्रम्पले पनि लगाए मास्क
विश्व

अन्ततः ट्रम्पले पनि लगाए मास्क

नेपाल अखबार,एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी सुरु भएपछि सार्वजनिक स्थानमा जाँदा पहिलोपटक मास्क लगाएका छन् । शनिवार वाशिङ्गटन बाहिर वाल्टर रीड सैन्य अस्पताल जाँदा ट्रम्पले मास्क लगाएका हुन् । जनस्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउन अनिवार्य रहेको बताउँदै आए पनि ट्रम्पले त्यसको पालना गरेका थिएनन् । उनले आफ्नो प्रतिद्वन्द्वी डेमोक्रेटिक नेता जो विडेनले मुखौटो लगाएर हिँडेको भनेर मजाकसमेत उडाएका थिए । तर शनिबार ह्वाइटहाउसबाट बाहिरिने क्रममा उनले मास्क लगाउनु राम्रो कुरा भएको बताए । उनले भने, ‘म कहिले पनि मास्कको विपक्षमा थिइनँ । मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, तर यसको पनि समय र स्थान हुन्छ ।’ उनले भने, ‘अस्पतालमा जहाँ तपाईंले धेरै व्यक्तिहरुसँग कुरा गर्नु हुन्छ भने त्यहाँ मास्क लगाइदिए हुन्थ्यो भने अपेक्षा गरिन्छ ।’ यसअघि ट्रम्पले सार्...
हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?

नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण सतहको सम्पर्कमा आउँदा मात्र हुन्छ भनेको थियो। सोही कारण डब्लूएचओले यसबाट बच्न मुख्यगरी हात धुन सल्लाह दिएको थियो। तर यतिबेला डब्लूएचओ आफैंले कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने दाबीलाई नजरअन्दाज गर्न नसकिने बताइरहेको छ। यसको मतलब डब्लूएचओले कोरोना हावबाट फैलन्छ भन्ने तथ्यलाई स्वीकारेको छ। डब्लूएचओले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। हावाबाट पनि कोरोना फैलन्छ भनेर युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिकसहित विभिन्न ३० भन्दा बढी मुलुकका २ सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानमा पत्ता लगाएका हुन्। उनीहरुले नै डब्लूएचओलाई यस तथ्यबारे चिठी लेखेर जानकारी प्रदान गरेका थिए। कोरोना हावबाट फैलन्छ भन्ने खबर विश्वभर सम्प्रेषण भएपछि मानिसहरु त्रसित बनेका छन्। हावाबाट कोरोना फैलनुको मतलब? हावाबाट संक्रमण त्यतिबेला...
कोरोनाको बढ्दो मिटर : एकै दिन २ लाख ३४ हजारमा संक्रमण
विश्व, स्वास्थ्य

कोरोनाको बढ्दो मिटर : एकै दिन २ लाख ३४ हजारमा संक्रमण

नेपालअखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमण झन् तीब्र गतिमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा दुई लाख ३४ हजार पाँच सय २५ जनामा संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार यो विश्वभर एकैदिन पुष्टि भएको अहिलेसम्मकै ठूलो संख्या हो। गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी ब्राजिलमा ४५ हजार दुई सय ३५, भारतमा २७ हजार सात सय २८, दक्षिण अफ्रिकामा १२ हजार तीन सय भन्दा धेरै, मेक्सिकोमा सात हजार भन्दा धेरै, रुसमा साढे ६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विश्वभर पाँच हजार तीन सय ५७ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। योसँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख ६१ हजार नौ सय ८० पुगेको छ। यो शनिबार बिहान ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म विश्वभर संक्रमितको संख्या एक कारोड २६ लाख १४ हजार एक सय ८६ पुग...
कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिन्नजस्तो छः डब्लूएचओ (भिडियो)
विश्व, स्वास्थ्य

कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिन्नजस्तो छः डब्लूएचओ (भिडियो)

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरसलाई पूरै सखाप पार्न सकिएलाजस्तो नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने, ‘अहिले जुन स्थिति देखापरिरहेको छ, त्यसबाट यो भाइरसलाई पूरै नष्ट गर्न सकिन्छजस्तो लाग्दैन।’ उनले अगाडि भने, ‘क्लस्टरमा अधिक संक्रमण देखिएको छ, त्यहाँ दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्न सक्छौं।’  ...
कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजारभन्दा बढीको मृत्यु
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना भाइरसबाट विश्वमा ५ लाख ५७ हजारभन्दा बढीको मृत्यु

नेपाल अखबार, एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख १५ हजार ५८२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । ...
चीनमा निर्मित अर्को कोरोनाभाइरसविरुद्धको सम्भावित खोप परीक्षणको तेस्रो चरणमा
विश्व, स्वास्थ्य

चीनमा निर्मित अर्को कोरोनाभाइरसविरुद्धको सम्भावित खोप परीक्षणको तेस्रो चरणमा

नेपाल अखबार, एजेन्सि। चीनको सिनोभाक बायोटेकले कोरोनाभाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा सुरु गर्ने भएको छ । योसँगै खोप निर्माणको तेस्रो चरणमा पुग्ने यो तेस्रो कम्पनी बनेको छ । ब्राजिलको नियामक निकायले फास्ट ट्रायकमा कम्पनीलाई खोपको परीक्षणका लागि अनुमति दिएको सोमबार जानकारी दिइएको हो । सिनोभाकका अनुसार ब्राजिलियन खोप निर्माता इन्सटिट्युटो बोटान्टानसँगको सहयकार्यमा तेस्रो चरणको परीक्षण सञ्चालन गरिनेछ । यसमा कोभिड–१९ सेन्टरमा ९ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ र यो महिनादेखि नै परीक्षण सुरु गरिनेछ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको अस्ट्राजेनेकाको खोप र चीनको चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले पनि तेस्रो चरणको परीक्षण गरिरहेको छ । मोर्डनाले यो महिनाको अन्त्यदेखि तेस्रो चरणको परीक्षण सुरु गर्ने जनाएको छ । सिनोभाकले ज...
मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’
विश्व, स्वास्थ्य

मास्क फुकाल्दै ब्राजिलका संक्रमित राष्ट्रपतिले भने, ‘सबै ठिक छ’

नेपाल अखबार, एजेन्सि। सामाजिक सञ्जालमा ब्राजिलका राष्ट्रपति जैर बोल्सेनारोको एक भिडियोको अहिले ठूलो आलोचना भइरहेको छ । पत्रकारसँगको कुराकानीका क्रममा यस भिडियोमा उनले नाटकीय रुपमा मास्क फुकालेका छन् । भिडियोमा देखिन्छ कि उनले पत्रकारको एक प्रश्नको जवाफ दिने क्रममा एक कदम पछाडि हटेर मास्क उतारेका छन् अनि मात्रै बोल्न थालेका छन् । ‘सबै ठिक छ, म ती मानिसलाई धन्यवाद भन्न चाहन्छु जसले मेरा लागि प्रार्थना गरे । म बिलकुल ठिक छु ,’ उनले भनेका छन् । मास्क उतार्नुभन्दा केही सेकेन्ड पहिले नै यही अन्तर्वार्तामा उनले सञ्चारमाध्यमसामु आफूलाई संक्रमण देखिएको जानकारी दिएका थिए । ब्राजिलमा सामाजिक सञ्जालमा यो भिडियो निकै शयर भएको छ र जनताहरुले ‘बोल्सेनारो यस्तो हरकत देखाएर के प्रमाणित गर्न चाहन्छन्’ भन्दै प्रश्न सोधेका छन् ।’ यसअघि मास्क नलगाएका कारण बोल्सेनारो आलोचित भएका थिए । उनले कोरोनाबारे हल्काफुल्का...
अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध
विश्व, हाइलाइट-समाचार

अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा तोड्यो सम्बन्ध

नेपालअखबार, एजेन्सि। अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया पूरा हुन कम्तीमा एक वर्षको समय लाग्न सक्छ । राष्ट्रपति डोनल्ड ट्रम्पले मे महिनामा नै डब्ल्यूएचओसँग नाता तोडेको घोषणा गरेका थिए । ट्रम्पले विश्व स्वास्थ्य संगठनमाथि कोरोना महामारीलाई प्रभावकारी तरिकाले नियन्त्रण गर्न नसकेको र चीनको इशारामा चलेको आरोप लगाएका थिए । ट्रम्पको आरोप र सम्बन्ध तोड्ने धम्कीको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेड्रस एडनहोनम गेब्रियेससले यो समयमा डब्ल्यूएचओको मद्दत सबैभन्दा धेरै आवश्यक भएको बताएका थिए । उनले ट्रम्पलाई रकम नरोक्न अपिलसमेत गरेका थिए । यद्यपि, यी सबै अपिलपश्चात् पनि ट्रम्पले आफ्नो निर्...