विश्वभरका इलामेली कविहरुको भर्चुअल जमघट
नेपाल अखबार, काठमाडाैं। पहिलोपटक अन्तर्राष्ट्रिय इलामेली भर्चुअल साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रियस्तरको यस कार्यक्रममा नेपाललगायत भारत, अमेरिका, क्यानडा, हङकङ, दुबई, कोरिया, बेल्जियम आदि देशहरुमा रहेका चार दर्जन बढी इलामेली स्रष्टाहरुले हिजो २०७७ भदौ २० गते भर्चुअल प्रविधिमार्फत कविता वाचन गरेका थिए ।
विश्वका विभिन्न देशहरुमा रहेका इलामेली समाजहरुको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमको संयोजन इलाम विकास समाज काठमाडौंले गरेको थियो । कार्यक्रममा इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्दै समाजको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।
कार्यक्रममा इलाम समाज प्रदेश न. १ का अध्यक्ष कृष्ण शाहले धन्यवाद ज्ञापन गर्दै ग्लोबल मिट कार्यक्रमबारे बताएका थिए । यसैगरी सोही समाजका सचिव अर्जुन भट्टराई र सदस्य पुष्पा खनालले कार्य...
