कसरी बच्यो पुटिनका कट्टर विरोधीको ज्यान ?
नेपाल अखबार, एजेन्सि। रुसका विपक्षी नेता एक्लेक्सी नवेलनीलाई अहिले जर्मनीको एक अस्पतालमा भर्ना गरिएको छ । अहिले उनी कोमामा छन् र उनका डाक्टरले उनलाई ‘नोविचोक नर्भ एजेन्ट’ नामक विष दिइएको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका मुख्य आलोचकको रुपमा रहेको ४४ वर्षीय नवेलनीको स्वास्थ्य अवस्था गत महिना साइबेरियाबाट मस्को आउँदा बिग्रिएको थियो । स्वास्थ्यमा समस्या देखिएसँगै विमानको बाटो परिवर्तन गरेर रुसको ओम्स्क सहरमा आपतकालीन अवतरण गराइएको गियो ।
त्यसपछि उनलाई उपचारका लागि जर्मनी लगिएको थियो । अहिले त्यहाँ उनको उपचार भइरहेको छ । वास्तवमा त्यो दिन के भएको थियो त ? यस विषयमा बीबीसीले उक्त विमानमा रहेका चालक दलका सदस्य र मेडिकल टोलीसँग अन्तर्वार्ता गरेर दुई घण्टामा कसरी नाटकीय रुपमा अवस्था परिवर्तन भयो भन्ने कुराको जानकारी लिने प्रयास गरेको छ ।
त्यस दिन बिहान के भयो ?
घटना अगष्ट २० को हो । ...
