Friday, March 13

विश्व

भारतमा एकै दिन १३ हजार भन्दा धेरै संक्रमित थपिए, कस्तो कोरोनाबाट हुने मृत्युको पछिल्लो अवस्था?
विश्व

भारतमा एकै दिन १३ हजार भन्दा धेरै संक्रमित थपिए, कस्तो कोरोनाबाट हुने मृत्युको पछिल्लो अवस्था?

नेपाल अखबार,एजेन्सि । बिहीबार एकै दिन भारतमा १३ हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। वल्र्डओमिटरका अनुसार बिहीबार भारतमा १३ हजार आठ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। हिजो भारतमा कोरोना संक्रमणको कारण तीन सय ४२ जनाले ज्यान गुमाएका छन्। भारतमा अहिलेसम्म संक्रमणबाट ज्यान गुमाउनको संख्या १२ हजार ६ सय चार पुगेको छ। यो शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांक हो। अहिलेसम्म भारतमा संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ। वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट पाँच हजार एक सय ६ जनाले ज्यान गुमाएका छन्। हिलेसम्म विश्वभर मृतकको संख्या चार लाख ५५ हजार पाँच सय ५८ पुगेको छ। अहिलेसम्म विश्वभर ८५ लाख ६७ हजार दुई सय ८० जनामा संक्रमण देखिएको छ। गएको २४ घण्टामा मात्रै विश्वभर एक लाख ७३ हजार चार सय २४ जना नयाँ संक्रमित थपिएका छन्। गएको २४ घण्टामा कोरोना संक्रमणबाट सबैभन्दा धेरै ...
अमेरिकाको यो राज्य कोरोनाको नयाँ  केन्द्रविन्दु बन्ने आशंका, १० राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि
विश्व

अमेरिकाको यो राज्य कोरोनाको नयाँ केन्द्रविन्दु बन्ने आशंका, १० राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि

नेपाल अखबार, एजेन्सि । अमेरिकाका १० राज्यमा यो हप्ता कोरोनाभाइरसका संक्रमितहरुको संख्या रेकर्ड वृद्धि भएको छ । यसमध्ये एक राज्य कोरोनाभाइरस संक्रमणको नयाँ केन्द्रविन्दू बन्ने खतरा देखिएको छ । फ्लोरिडामा बिहीबार मात्र थप ३ हजार २०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । महामारी सुरु भए यता राज्यमा एकै दिन यति धेरै संक्रमित थपिएको यो पहिलो अवसर रहेको राज्यको स्वास्थ्य विभागले जनाएको  । योसँगै राज्यमा कूल संक्रमितको संख्या ८६ हजार पुगेको  । फिलेडेल्फिया अस्पताल र पेन्सिलभेनिया विश्वविद्यालयका वैज्ञानिकहरुले फ्लोरिडा अमेरिकामा कोरोनाभाइरस संक्रमणको अर्को केन्द्रविन्दु बन्ने संकेत देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । वैज्ञानिकहरुले गरेको प्रक्षेपणमा त्यहाँको अवस्था अझै भयावह हुने देखिएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार फ्लोरिडासँगै अलाबामा, एरिजोना, क्यालिफोर्निया, नेभा...
भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने
विश्व, स्वास्थ्य

भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने

नेपाल अखबार, एजेन्सि। भारतले देशव्यापी लकडाउन फेरि लागू गर्नसक्ने संकेत दिएको छ। लकडाउन खुकुलो बनाएयता भारत कोरोना भाइरस ‘कोभिड १९’ को केन्द्र बनेको छ। यतिबेला भारत कोरोना प्रभावित राष्ट्रको चौथो स्थानमा पुगिसकेको छ। भारतभन्दा प्रभावित राष्ट्र भने अमेरिका, ब्राजिल र रुस हुन्। हालसम्म भारतमा ३ लाख ३२ हजार ७८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। ९ हजार ५ सय २३ को मृत्यु भइसक्दा १ लाख ६९ हजार ७४८ उपचारपछि स्वस्थ बनेका छन्। भारतमा लकडाउन खुकुला बनाइएको केही समयमात्र भएको छ। यसबीचमा भारतमा दैनिक १० हजारभन्दा बढीको संख्यामा कोरोना संक्रमित थपिरहेका छन्। गएको २४ घण्टामा मात्र भारतमा ११ हजार ५ सयभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन्। आइतबार झन्डै १२ हजार संक्रमित थपिएका थिए। लकडाउन खुकुलो बनाउँदा दिनदिनै ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी लकडाउन फेरि लागू गर्...
कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी
विश्व

कोरोनाविरुद्धको पहिलो लडाईं जितेको फ्रान्सका राष्ट्रपतिको दाबी

नेपाल अखबार, एजेन्सि । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रान्सले कोरोनाविरुद्धको पहिलो लडाईं जितेको र अब विभिन्न प्रकारको प्रतिबन्ध हटाइने । जानकारी दिएका छन् । कोरोना महामारी सुरु भएदेखि आइतबार उनले देशको नाममा चौथो सम्बोधन गरे । उक्त सम्बोधनमा उनले तीन महिना लामो लकडाउन पछि अब देशको अर्थव्यवस्थालाई यथास्थानमा ल्याउने बेला भएको बताए । उनले सोमबारदेखि फ्रान्सले युरोपेली संघको शेन्जेन जोनमा समावेश छिमेकी मुलुकका लागि आफ्नो सीमा खोल्ने जानकारी दिएका छन् । पेरिसमा बार र रेष्टुरेन्ट खोल्ने अनुमति दिइनेछ । जून २२ तारिखदेखि अनिवार्य रुपमा स्कूल खोलिनेछन् र यसका लागि स्कूलले उचित तयारी गर्नुपर्नेछ । म्याक्रोंले भने, ‘हामी साधारण जीवनयापन सुचारु गर्ने विषयमा मानिसहरुले आशा गर्न सक्नेछन् । तर हामीले याद गर्नुपर्ने कुरा के छ भने भाइरस पूर्ण रुपमा समाप्त भएको छैन । हामीले लामो समयसम्म भाइर...
कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै
विश्व, स्वास्थ्य

कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसका कारण ज्यान गुमाउने आफन्तले चाहँदा चाहँदै पनि आफ्ना प्रियजनलाई अन्तिम विदाई दिन नसक्ने अवस्था छ । स्थिती यस्तो छ कि न त उनीहरुले आफन्तलाई अन्तिम दर्शन गर्न सक्छन् न राम्रोसँग अन्तिम संस्कार नै । कोरोनाका कारण संसारभरी ४ लाख ३२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसका कारण संसारभरी शव गाड्ने स्थानको कमी भइरहेको छ । ल्याटिन अमेरिकी देश ब्राजिलको स्थिती पनि त्यस्तै छ । यहाँको शहर साओ पाउलोमा तीन वर्ष पुरानो चिहान खनेर हड्डी निकालिनेछ र नयाँ शव गाडिनेछ । संसारभरीबाट लिइएका अन्तिम बिदाईका १० तस्बिर जसले बताउँछ कि आफन्त गुमाउनुको पीडा संसारभरी उस्तै छ । ‘कोभिड–१९ चिहान’ सन् २०२० जून ७ मा खिचिएको यो तस्बिर त्रिनिदादको हो । यहाँ यस्तो चिहान पनि छ जहाँ कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुलाई गाडिन्छ । यसलाई ‘कोभिड–१९ चिहान’ नाम दिइएको छ । आफन्तको बिदाईको अन्तिम समयमा...
भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित
विश्व, स्वास्थ्य

भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् । यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् । छलफलपछि प्रधानमन्त्रीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोारेनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भयो ।...
कोरोना संक्रमित देखिन थालेपछि चीनका केही स्थानमा फेरि लकडाउन, दोस्रो लहरको त्रास
विश्व, स्वास्थ्य

कोरोना संक्रमित देखिन थालेपछि चीनका केही स्थानमा फेरि लकडाउन, दोस्रो लहरको त्रास

नेपाल अखबार, एजेन्सि। कोरोना भाइरस संक्रमित देखिन थालेपछि चीनका केही स्थानमा फेरि लकडाउन लागू गरिएको छ। एएफपीका अनुसार बेइजिङमा शनिबार ६ नयाँ कोरोना संक्रमित देखिएका छन्। स्थानीयबाटै कोरोना संक्रमण भएको भन्दै बेइजिङका केही स्थानमा लकडाउन लागू गरिएको एएफपीले जनाएको छ। लामो समययता चीनमा नयाँ कोरोना संक्रमित देखिएका थिएनन् भने त्यहाँ मृत्युदर शुन्य छ। हाल बेइजिङको फेङताइ जिल्लाको ११ वटा आवासीय क्षेत्रमा लकडाउन गरिएको छ। दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्थानीय संक्रमणको खतरा बढेको भन्दै लकडाउन गरिएको हो। बेइजिङमा ५० दिनपछि स्थानीयबाट स्थानीयमा कोरोना संक्रमण भएको देखिएको हो। कोरोनाको उद्गमस्थल चीनमा हालसम्म ८३ हजार ७५ मा कोरोना पुष्टि भएको छ। त्यहाँ ४ हजार ६३४ को मृत्यु भइसक्दा ७८ हजार ३६७ उपचारपछि स्वस्थ बनेका छन्। AFP news agency '...
एकै दिन एक लाख ३९ हजारमा कोरोना संक्रमण (विश्वको पछिल्लो अपडेटसहित)
विश्व, स्वास्थ्य

एकै दिन एक लाख ३९ हजारमा कोरोना संक्रमण (विश्वको पछिल्लो अपडेटसहित)

नेपाल अखबार, एजेन्सिस। गएको २४ घण्टामा विश्वभर एक लाख ३९ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वल्डओमिटरका अनुसार गएको २४ घण्टामा एक लाख ३९ हजार पाँच सय १६ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा संक्रमणबाट चार हजार पाँच सय ८९ जनाले ज्यान गुमाएका छन्। गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा साढे २६ हजार भन्दा धेरै, ब्राजिलमा २४ हजार भन्दा धेरै, भारतमा ११ हजार भन्दा धेरै, रुसमा झण्डै नौ हजार, पेरुमा झण्डै ६ हजार, चिलीमा साढे ६ हजार भन्दा धेरै, पाकिस्तानमा ६ हजार भन्दा धेरै, मेक्सिकोमा साढे चार हजार भन्दा धेरै, साउदी अरेबियामा झण्डै चार हजार, इरानमा दुई हजार भन्दा धेरैमा संक्रमण देखिएको छ। विश्वभर संक्रमितको संख्या ७७ लाख २४ हजार ६ सय १५ पुगेको छ। संक्रमणको कारण अहिलेसम्म विश्वभर चार लाख २७ हजार ६ सय ७५ जनाले ज्यान गुमाइसकेका छन्। यो शनिबार बिहान पौने ६ बजेसम्मको तथ्यांक हो। श...
लकडाउन खोल्दा संक्रमित बढे, भारतले स्पेन र बेलायतलाई पनि उछिन्यो
विदेश, विश्व, स्वास्थ्य

लकडाउन खोल्दा संक्रमित बढे, भारतले स्पेन र बेलायतलाई पनि उछिन्यो

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख पुग्नै लागेको छ । समाचार तयार गर्दासम्म यहाँ २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित छन् । यसअघि लामो समयदेखि सक्रिय संक्रमितको सुचीमा भारत चौथो स्थानमा थियो । अब भने स्पेन र बेलायतसम्मलाई उछिनेर कुल संक्रमित संख्यामा पनि भारत चौथो स्थानमा उक्लियो । भारतभन्दा धेरै संक्रमित संख्या अमेरिका, बेलायत र रुसमा मात्रै छ । भारतमा मृतकको संख्या पनि लगातार बढ्दो छ । यहाँ ८ हजार ५ सय १ जनाले ज्यान गुमाइकेका छन् । एशियामा ईरानपछि सर्वाधिक धेरै जनाको मृत्यु भारतमै भएको हो । ईरानमा ८ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो समय लकडाउन केही खुकुलो गरिएको छ । तर, यसको असर स्वरुप संक्रमितको संख्या पनि दैनिक बढ्दैछ । अहिले दैनिक ११ हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् ।...
महिलाको लागि हिजाब कहिल्यै अवरोध हुँदैन
विचार, विश्व

महिलाको लागि हिजाब कहिल्यै अवरोध हुँदैन

सईद उल शेख   भद्रपुर, झापा वेस्टर्न मीडयाहरुको फ्रंट पेजमा हिजाबलाई लिएर धेरै लेखहरु समाचारहरु लेखिन्थ्यो र लेख्दैछन । मुस्लिम पुरूषहरु मुस्लिम महिलाको शोषण गर्ने,हिजाबमा बाँधेर राख्ने,बहु गर्ने, राजनीतिक सामाजिक क्षेत्रमा अगाडि बढ्न नदिने,दबाएर राख्ने लगायत भएको जति सबै गलत आरोप लगाउने गरेका छन । भारतमा पनी जबदेखि मोदी सरकार आएको छ हिजाब र मुस्लिम महिलालाई लिएर बिभिन्न किसिमका मुद्दामा अनलाइन मीडया , प्रिंट मीडया इलेक्ट्रॉनिक मीडयाको हेडलाईन बन्दै आएको छ । मजीजिया भानु मजीजिया भानुको जन्म सन् १९९४ मा भारतको केरला ओरक्कत्तेरी, कोजीकोडेमा भएको थियो । बुवा अब्दुल मजीद र आमा राजिया की छोरी हुन । Asia Powerlifting Championship २०१७ मा सिल्वर मेडल र २०१८ को सुरवातमा मिस्टर केरल प्रतियोगितामा गोल्ड मेडल जितेर इतिहास रचेकिछिन । Ref 1 , 2 इक़बल असद फिलिस्तीनकी २० वर्षीय इकबल असदला...