युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि डब्लूएचओको चेतावनी
नेपाल अखबार, एजेन्सि। लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्देशक डा. हान्स हेनरी क्लुगले जानकारी दिए ।
आफूले यसबारे पहिले नै जानकारी दिएको र आफ्नो चेतावनीले मूर्त रुप पाएको उनले बताए ।
यसलाई वेवास्ता गरिए स्वास्थ्य क्षेत्र अत्यधिक धराशयी हुनेसमेत उनले चेतावनी दिए ।
विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रमा मात्रै २० लाख ६० हजार कोभिड–१९ का संक्रमित छन् भने यहाँ १ लाख ९५ हजारको मृत्यु भइसकेको छ । यसमा ५४ देश, सात युरोपेली क्षेत्र, मध्य पूर्व र मध्य एसिया रहेका छन् ।
दैनिक करिब २० हजार नयाँ संक्रमित थपिएका छन् भने सात सयको मृत्यु भइरहेको छ ।
‘मैले पछिल्लो थुप्रै हप्ता...
