हावाबाट कसरी फैलिन्छ कोरोना संक्रमण?
नेपाल अखबार, एजेन्सि। विश्व स्वास्थ संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’को संक्रमण सतहको सम्पर्कमा आउँदा मात्र हुन्छ भनेको थियो।
सोही कारण डब्लूएचओले यसबाट बच्न मुख्यगरी हात धुन सल्लाह दिएको थियो। तर यतिबेला डब्लूएचओ आफैंले कोरोना भाइरस हावाबाट फैलन्छ भन्ने दाबीलाई नजरअन्दाज गर्न नसकिने बताइरहेको छ।
यसको मतलब डब्लूएचओले कोरोना हावबाट फैलन्छ भन्ने तथ्यलाई स्वीकारेको छ। डब्लूएचओले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
हावाबाट पनि कोरोना फैलन्छ भनेर युनिभर्सिटी अफ कोलोराडोका वैज्ञानिकसहित विभिन्न ३० भन्दा बढी मुलुकका २ सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानमा पत्ता लगाएका हुन्। उनीहरुले नै डब्लूएचओलाई यस तथ्यबारे चिठी लेखेर जानकारी प्रदान गरेका थिए।
कोरोना हावबाट फैलन्छ भन्ने खबर विश्वभर सम्प्रेषण भएपछि मानिसहरु त्रसित बनेका छन्।
हावाबाट कोरोना फैलनुको मतलब?
हावाबाट संक्रमण त्यतिबेला...
