Thursday, June 25

विश्व

भारतमा एकैदिन थपिए कोरोनाका करिब १७ हजार नयाँ संक्रमित
विश्व, स्वास्थ्य

भारतमा एकैदिन थपिए कोरोनाका करिब १७ हजार नयाँ संक्रमित

नेपाल अखबार, एजेन्सि । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १६ हजार ९२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ । दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा १९ हजारभन्द...
अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित
विश्व, स्वास्थ्य

अमेरिकामा एकैदिन भेटिए ३४ हजारभन्दा धेरै नयाँ संक्रमित

नेपाल अखबार, काठमाडौं । अमेरिकामा मंगलबार एकैदिन ३४ हजारभन्दा धेरै नयाँ कोरोना संक्रमित फेला परेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार ३४ हजार ७२० नयाँ संक्रमित फेला परेका हुन् । मंगलबार अमेरिकाका तीन राज्यमा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । क्यालिफोर्निया, टेक्सास र फ्लोरिडामा अहिलेसम्मकै सबैभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । अमेरिकाको सेन्सस ब्यूरोको आकलनअनुसार यी तीन राज्यमा अमेरिकाको समग्र जनसंख्याको एक चौथाइभन्दा धेरै मानिस बसोबास गर्छन् । टेक्सासमा मंगलबार एकैदिन पाँच हजार ५५१ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै क्यालिफोर्नियामा सात हजार १४९ जना नयाँ संक्रमित फेला पर्दा फ्लोरिडामा पनि पाँच हजार ५११ नयाँ संक्रमित फेला परेका छन् । अमेरिकामा केही राजनीतिकर्मीले भने संक्रमितको संख्या बढ्नुको कारण परीक्षणको दायरा बढाइनु रहेको बताउँ...
गर्मी खप्न नसकेपछि इंग्ल्यान्डमा कोरोना महामारीबीच समुद्रमा मानिसको यस्तो भिड
विश्व

गर्मी खप्न नसकेपछि इंग्ल्यान्डमा कोरोना महामारीबीच समुद्रमा मानिसको यस्तो भिड

नेपाल अखबार, एजेन्सि। इंग्ल्यान्डमा बुधबार यस वर्षकै बढी गर्मी भएको छ। खप्न नसकेपछि कोरोना महामारीबीच नै हुलका हुल मानिस समुद्रछेउ गएका छन्। बुधबार त्यहाँको तापक्रम २८ डिग्री सेल्सियस पुगेको थियो। त्यस दिन समुद्रको तटीय क्षेत्रमा मानिसको भिड देखिएको थियो। इंग्ल्यान्डमा लकडाउन खुकुलो हुँदै गएको छ। पछिल्लो महिनादेखि त्यहाँ मानिसलाई एक ठाउँबाट अर्काे ठाउँमा जाने अनुमति दिइएको छ। तर इंग्ल्यान्डमा कोरोना संक्रमणका कारण बुधबार मात्र १५४ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगेको बीबीसीले जनाएको छ।...
कोरोनाभाइरसको छायाँमा रुसको शक्ति प्रदर्शन, तस्विरहरु हेर्नुहोस्
विश्व

कोरोनाभाइरसको छायाँमा रुसको शक्ति प्रदर्शन, तस्विरहरु हेर्नुहोस्

नेपाल अखबार, एजेन्सि। रुसले ७५ औँ ‘भिक्ट्री डे’ को अवसरमा राजधानी मस्कोमा भव्य सैन्य परेडको आयोजना गरेको छ । गत मे ९ मा आयोजना हुनुपर्ने कार्यक्रम कोरोनाभाइरसका कारण सारेर बुधबार आयोजना गरिएको हो । दोस्रो विश्वयुद्धमा सोभियत संघले नाजी जर्मनीलाई हराएको अवसरमा यो दिनलाई भव्य रुपमा मनाउने गरिन्छ । उक्त युद्धमा २ करोडभन्दा बढी सोभियत संघका जनताले ज्यान गुमाएका थिए । नाजी जर्मनीले सन् १९४५ ८ मेमा राति ११ बजेर १ मिनेट जाँदा आफ्ना सबै सैन्य कारवाही स्थगित गरेको थियो । तर, टाइम जोनका कारण पूर्वी युरोपियन राष्ट्रहरुले ९ मेमा विजयी भएको खुसियाली मनाएका थिए । यसअघि, राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको महामारीका कारण यो कार्यक्रमलाई स्थगित गरेका थिए । तर, उनलाई थप दुई कार्यकाल सत्तामा रहन दिने महत्त्वपूर्ण संवैधानिक मतदान अघि यो कार्यक्रमलाई आयोजना गरिएको छ । मस्कोमा यो महिनादेखि लकडाउन खुकुलो...
‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’
प्रविधि, विश्व, हाइलाइट-समाचार

‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

नेपाल अखबार,  काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’ उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । ४.८० लाख जनाको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ संक्रमण पुष्टि भइरहेको छ । यसका कारण हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ । संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्सेन्ट्रेटर अभाव भएको छ, जुन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्दछ । टेड्रोसले भने, ‘डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र आगा...
घातक पाउडर विक्रि गरेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब डलर जरिवाना तिर्न आदेश
अर्थ, विश्व

घातक पाउडर विक्रि गरेको आरोपमा जोन्सन एन्ड जोन्सनलाई २ अर्ब डलर जरिवाना तिर्न आदेश

नेपाल अखबार, उजेन्सि। संयुक्तराज्य अमेरिकाको एक अदालतले शरीरलाई घातक मानिएको टेलकम पाउडर बिक्री गरेको आरोपमा औषधि उत्पादक जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध दुई अर्ब १० करोड डलर जरिवाना भुक्तानी गर्न आदेश दिएको छ। यद्यपी मिजौरी पुनरावेदन अदालतले जरिमानाको अंकलाई आधा घटाएर फैसला सुनाएको थियो। प्रारम्भिक मुद्दामा करिब ४ अर्ब ४० करोड जरिमाना माग दाबी गरिएको थियो। अदालतको आदेशमा जोन्सनले जानाजान क्यान्सर रोग लगाउन सक्ने तत्व अस्वेस्टोस मिश्रित टेलकम पाउडर उपभोक्तालाई बिक्री गरेको उल्लेख छ। अदालतको आदेशमा टेलकम पाउडरको प्रयोगबाट शरीरमा क्यान्सर लागेको भन्दै जोन्सनविरुद्ध मुद्दा दायर गरिएको प्रसंग राख्दै अदालतले आदेशमा मानिसको स्वास्थ्यसँग पैसा वा जरिमानालाई दाँज्न नसकिने जनाएको छ। सन् २०१९ मा पनि क्यालिफोर्नियाको अदालतले एक बालिकालाई जोन्सनको टेलकम पाउडरका कारण क्यान्सर भएको भन्दै दशौं लाख अमेर...
रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो
विश्व

रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियामाथि प्रतिबन्ध लगायो

नेपाल अखबार, एजेन्सि। अमेरिकाले भारतको सरकारी एयरलाइन्स एयर इन्डियामाथि प्रतिबन्ध लगाएको छ। भारतबाट अमेरिका जाने र अमेरिकाबाट भारत फर्कने दुवै फ्लाइटमा प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ। रेस्क्यू उडानको पैसा लिएपछि अमेरिकाले एयर इन्डियाले यात्रुमाथि भेदभाव गरेको भन्दै उडानमा प्रतिबन्ध लगाएको हो। कोरोना भाइरस प्रकोपबीच हाल अमेरिकामा कयौं भारतीय नागरिकहरु फसेका छन्। उनीहरुलाई उद्धार गर्नका लागि भारतले एयर इन्डियाको विमान पठाउने गरेको छ। तर एयर इन्डियाले आफ्ना नागरिकको टिकटको पैसा लिएको थाहा पाएपछि अमेरिकाको ट्रान्सपोर्टेसन विभागले एयर इन्डियाले रेस्क्यू फ्लाइट नगराएको बताएको छ। विभागले विमान उडानको सुविधामा तत्कालको लागि प्रतिबन्ध लगाएपछि पनि एयर इन्डियाले प्रतिक्रिया जनाएको छैन।...
दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
विश्व, स्वास्थ्य

दक्षिण अफ्रिकाको ३५ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल अखबार, एजेन्सि ।  विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट दक्षिण अफ्रिकामा ३५ सयभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। देशका स्वास्थ्य मन्त्री ज्वेली एमखिजाले दिएको जानकारी अनुसार देशभरी कुल तीन हजार ५८३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। तीमध्ये ३४ स्वास्थ्यकर्मीको मृत्यु भएको छ। “आफ्नै मृत्यु हुनेबेलासम्म पनि स्वास्थ्य सेवा गर्नु भएका र सेवा गर्ने क्रममा सङ्क्रमित भएर मृत्यु भएका सबै स्वास्थ्यकर्मीहरुको आत्माको शान्तिको कामना गर्दछु,” मन्त्री एमखिजाले भनेका छन्। इस्टर्न केप प्रान्तको उइतेन्हामा निर्माण गरिएको तीन हजार तीन सय शय्याको पहिलो चरणको फिल्ड अस्पतालको शुभारम्भ गर्दै उनले यस्तो जानकारी दिएका हुन्। सङ्क्रमित भएका स्वास्थ्यकर्मीमध्ये एक हजार ९९३ जना भने सङ्क्रमणमुक्त भएको सरकारी अधिकारीहरुले जनाएका छन्। दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट सङ्क्रमित भएर मृत्य...
पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि
विश्व, स्वास्थ्य

पुरुषमा एन्टिबडी बन्ने प्रक्रिया १४ प्रतिशत बढी, महिलाको तुलनामा बढी खतरामा भएपनि प्रतिरोधी क्षमतामा भने अघि

नेपाल अखबार, एजेन्सि। पुरुषमा कोरोनाका कारण मृत्यु हुने खतरा महिलाकोभन्दा धेरै भएपनि शरीरमा एन्टिबडी बन्ने विषयमा भने उनीहरु अगाडि नै छन् । बेलायतको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी एनएचएसका अनुसार कोरोनाद्वारा संक्रमित पुरुषमा महिलाको तुलनामा धेरै एन्टीबडी बन्ने गर्छ । हालै यसबारे अनुसन्धान भएको छ । अनुसन्धानको लक्ष्य कोरोना सर्भाइभरको ब्लड प्लाज्मालाई संक्रमित व्यक्तिमा चढाइए एन्टिबडीले भाइरससँग लड्न कत्तिको सहयोग गर्छ भनेर पत्ता लगाउनु थियो । उनीहरुमा प्रतिरोधी क्षमताको स्तर कति बढ्छ भनेर पनि थाहा पाउने कोसिस गरिएको थियो । एनएचएसले सुरु गरेको थियो थेरापी प्रोग्रामः एनएचएसले हालै कोरोनाका बिरामीका ब्लड एण्ड ट्रान्सप्लान्ट प्रोग्राम सुरु गरेका थिए । ट्रायलको क्रममा संक्रमित पुरुषमा ४३ प्रतिशत र महिलामा २९ प्रतिशत एन्टीबडी विकसित भयो । एनएचएसले कोरोना संक्रमणबाट निको भएकाहरुलाई ब्लड प्लाज्म...
बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका
विश्व

बेइजिङमा खाना डेलिभरी गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि, सुपरस्प्रेडर बनेको आशंका

नेपाल अखबार,  एजेन्सि। बेइजिङमा कोरोनाभाइरस संक्रमणको नयाँ क्लस्टर फेला परेको बेला चर्चित खाना डेलिभरी गर्ने प्लाटफर्मका एक ‘डेलिभरी म्यान’ कोभिड–१९ पोजेटिभ पाइएपछि उनी सुपरस्प्रेडर बनेको चिन्ता व्यक्त गरिएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले मंगलबार थप २९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको जनाएका थिए । यसमध्ये १३ जना बेइजिङका रहेका छन् । त्यहाँ २४९ जना संक्रमितको उपचार भइरहेको छ । चिनियाँ स्वास्थ्य आयोगका अनुसार २९ जना संक्रमित मध्ये ७ जना लक्षणबिनाका संक्रमित रहेका छन् । सोमबारसम्म ९९ जना लक्षणबिनाका संक्रमित निगरानीमा थिए । मे महिनाको अन्त्यतिर संक्रमणको नयाँ क्लस्टर फेला परेसँगै अहिले लाखौँ जनताको वृहत परीक्षण भइरहेको छ । जुन ११ देखि २२ सम्मा बेइजिङमा मात्र २४९ जना नयाँ संक्रमित फेला परेका छन् । बेइजिङका अधिकारीहरुले संक्रमणको फैलावटलाई नियन्त्रणमा लिएको बताइरहँदा चीनको चर्चित फुड डे...