Thursday, July 23

विश्व

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु
विश्व, स्वास्थ्य

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे १८ हजार संक्रमित, ४१८ को मृत्यु

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड-१९) का १८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १८ हजार ५२२ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पाँच लाख ६६ हजार ८४० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ४१८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ८९३ पुगेको छ । भारतमा अहिले दुई लाख १५ हजार १२५ संक्रमित निको निको हुन बाँकी छन् भने तीन लाख ३४ हजार ८२२ संक्रमित निको भइसकेका छन् । मंगलबार इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले दिएको जानकारी अनुसार २९ सोमबारम्ममा भारतमा कोभिड-१९ का ८६ लाखभन्दा धेरै नमुना परीक्षण गरिएको छ । सोमबार एकैदिन दुई लाखभन्दा धेरै परीक्षण गरिएको बताइ...
चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह
विश्व, स्वास्थ्य

चीनमै फेला पर्‍याे महामारी फैलिन सक्ने अर्काे नयाँ भाइरस, सचेत रहन वैज्ञानिकको आग्रह

कोरोना भाइरसले विश्व पीडित र आतंकित भइरहेका बेला यसको उद्गम मानिने चीनमै फेरि अर्काे नयाँ खालको भाइरस फेला परेको वैज्ञानिकले बताएका छन्। यो भाइरसले पनि मानवमा संक्रमण गरी महामारीको रूप लिन सक्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। फ्लु गराउने यो भाइरस सुँगुरमा पाइएको हो। जुन फ्लू मानिसमा सरेपछि महामारीका रूपमा फैलिन सक्ने देखिएको वैज्ञानिकले चेतावनी दिएका छन्। प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिकले भनेका छन्,‘सँगुरमा भाइरस नियन्त्रण तथा सुँगुरपालनमा संलग्न श्रमिकको निगरानी तत्काल थाल्न जरुरी छ।’ ‘तत्कालै यो समस्या होइन,’ अनुसन्धानकर्ताले भनेका छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुण पाइएका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी छ।’ बीबीसीका अनुसार यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरी सहजै एकअर्कामा सर्न सक्ने भन्दै वैज्ञानिकले चिन्ता व्य...
कोरोनाको वास्तविक स्रोत के हो? अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओकाे टाेली
विश्व

कोरोनाको वास्तविक स्रोत के हो? अनुसन्धान गर्न चीन जाँदै डब्लूएचओकाे टाेली

नेपाल अखबार, एजेन्सि। अहिले विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनमा अनुन्धान टोली पठाउन लागिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ। डब्लूएचओले सोमबार दिएको जानकारीअनुसार त्यो टोली आगामी हप्ता चीन प्रस्थान गर्नेछ र विश्वव्यापी महामारी फैलाउने कोरोना भाइरस वास्तवमा कहाँबाट उत्पनन्न भएको रहेछ भनेर पत्ता लगाउन प्रयास गर्नेछ। डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले सोमबारेको भर्चुअल पत्रकार सम्मेलनमा भनेका छन्, ‘जब हामी भाइरसबारे सबै कुरा पत्ता लगाउन सक्छौं, तब यसबविरुद्ध बृहद् रूपमा लड्न सक्छौं। यसकारण हामी यो प्रयास गरिरहेका छौं कि वास्तवमा यो भाइरसको स्रोत के हो? यही कुरा आगामी हप्ता चीन पठाइने अनुसन्धान टोलीले पत्ता लगाउन प्रयास गर्छ।’ तर उनले त्यो टोलीमा को को रहने भन्नेबारे स्पष्ट पारेनन्। अहिलेसम्मको अनुसन्धानअनुसार वैज्ञानिकले कोरोना...
विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

विश्व स्वास्थ्य संगठन भन्छः कोरोना महामारीको चरम रूप देखिन बाँकी नै छ

नेपाल अखबार, एजेन्सि।  विश्वमा कोरोना भाइरसबाट संक्रमित भएका मानिसको संख्या डेढ करोड पुग्न लागेकाे छ। जम्मा ६ महिनामा ५ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेकाे छ। काेराेना महामारीकै कारण कति देशको स्वास्थ्य क्षेत्र तहसनहस भइसकेकाे छ भने विश्व अर्थतन्त्र अत्यन्त खराब अवस्थाबाट गुज्रिरहेको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको महामारीले अझै चरम रूप लिन बाँकी नै रहेकाे चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले विश्वभरका सरकारले सही नीति पालना गरेनन् भने कोरोना भाइरसले अझै धेरै मानिस संक्रमति हुने जोखिम रहेको बताएका छन् । सोमबार भर्चुअल ब्रिफिङमा उनले भने, ‘हामी चाहन्छौं यो सबै (संकट) चाँडै अन्त्य होस्। सामान्य जीवनमा फर्किन सकौं। तर कटु सत्यता के हो भने यो महामारी अन्त्यबाट हामी अझै टाढा छौं।’ यसबीच केही देशले कोरोना नियन्त्रणमा प्रगति त गर...
बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ को मृत्यु
विश्व

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ को मृत्यु

नेपाल अखबार, एजेन्सि। बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ। सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ बेपत्ता भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्। यस दुर्घटनामा परेका २३ व्यक्तिको शव जलक्षेत्रबाट बाहिर निकालिएको सरकारी अधिकारी इनायट हुसेनले जानकारी दिए। दुर्घटनामा परेको डुङ्गामा ५० व्यक्ति सवार रहेका अनुमान गरिएको पनि हुसेनले बताए। उद्धारकार्य जारी रहेको बताइएको छ। रासस/एएफपी...
इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलको सहयोग माग
विश्व

इरानद्वारा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलको सहयोग माग

नेपाल अखबार, एजेन्सि। इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको छ।
कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ । यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ । विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अमेरिकापछि ब्राजिलमा सर्वाधिक ...
क्यालिफोर्नियाको वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते
विश्व

क्यालिफोर्नियाको वालमार्टमा गोलीबारीः हमलाकर्तासहित २ को मृत्यु, चार घाइते

नेपाल अखबार, एजेन्सि।  अमेरिकाको क्यालिफोर्नियामा रिटेल चेन वालमार्टमा शनिबार भएको गोलीबारीमा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । न्यूयोर्क टाइम्सले   शनिबार यसबारे जानकारी दिएको हो । प्रहरीले ३१ वर्षीय हमलाकर्ताको पनि हत्या गरेको जानकारी दिएको छ । वालमार्ट उत्तर क्यालिफोर्नियाबाट करिब १९३ किमि टाढा रेड ब्लफमा छ । प्रत्यक्षदर्शीले त्यहाँ ५०–६० राउन्ड गोलीको आवाज सुनेको जानकारी दिए । रेड ब्लफ डेली न्यूज पेपका अनुसार गोलीबारी कर्मचारीको शिफ्ट परिवर्तन गर्ने बेला भएको हो । हमलाकर्ता वालमार्टमा प्रवेश गरेको र गोलीबारी सुरु गरेको बताइन्छ । घटना दिउँसो ३ बजेपछि सुरु भएको हो । करिब साढे ३ बजे प्रहरीलाई यसबारे जानकारी दिइयो । घटनाका बेला वालमार्टमा २ सय कर्मचारी थिए । हमलाबाट बच्नका लागि कतिले आफूलाई स्टोर रुममा पनि बन्द गरेका थिए  । अधिकारीका अनुसार संदिग्धले कर्मचारी वालमार्टमा प्रवेश...
भारतमा कोरोना : एकै दिन ६ सय भन्दा धेरैको मृत्यु, २० हजारमा संक्रमण
विश्व, स्वास्थ्य

भारतमा कोरोना : एकै दिन ६ सय भन्दा धेरैको मृत्यु, २० हजारमा संक्रमण

नेपाल अखबार, एजेन्सि। कोरोना संक्रमणका कारण भारतमा एकै दिन ६ सय भन्दा धेरैले ज्यान गुमाएका छन्। २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। वल्र्डओमिटरका अनुसार शनिबार भारतमा ६ सय १९ जनाले ज्यान गुमाएका छन्। आइतबार बिहान सात बजेसम्मको तथ्यांक अनुसार भारतमा अहिलेसम्म मृतकको संख्या १६ हजार तीन सय आठ पुगेको छ। शनिबार एकै दिन त्यहाँ २० हजार एक सय ३१ जना संक्रमित थपिएका छन्। अहिलेसम्म त्यहाँ संक्रमितको संख्या पाँच लाख २९ हजार पाँच सय ७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म तीन लाख १० हजार एक सय ४६ जना उपचारपछि निको भएका छन्। दुई लाख तीन हजार तीन सय २८ जना उपचार को क्रममा छन्। उपचारको क्रममा रहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ।  ...
विश्व कोरोना अपडेटः संक्रमितको संख्या करोड नाघ्यो, मृतक ५ लाखमाथि
विश्व

विश्व कोरोना अपडेटः संक्रमितको संख्या करोड नाघ्यो, मृतक ५ लाखमाथि

नेपाल अखबार, एजेन्सि । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करोड नाघेको छ। वर्ल्डओमिटरको तथ्यांकअनुसार आइतबार बिहान ६ बजेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ७४ हजार ५ सय ६७ पुगेको हो। तीमध्ये ५ लाख ६ सय २५ जनाको मृत्यु भइसकेको छ। यस्तै विश्वभरमा संक्रमितमध्ये ५४ लाख ५२ हजार ८७ जना भने कोरोनाबाट मुक्त भएको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ। स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार शनिबार अपराह्नसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ। तीमध्ये २८ जनाकाे मृत्यु भएकाे छ भने २ हजार ८ सय ३४ बिरामी निकाे भएका छन्।...