Tuesday, June 2

विश्व

डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
विश्व, समाचार

डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु

नेपालअखबार,काठमाडौँ । डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । भग्नावशेषबाट निकालिएका शवहरूको पहिचान गर्नै गाह्रो भइरहेको बताइएको छ । जानकारी अनुसार, एक प्रतिष्ठित नाइटक्लबको छत भत्किँदा १८४ जनाको मृत्यु भएको छ  । यस घटनामा मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । बुधबार राति अबेर १८४ वटा शव निकालिएको थियो । उद्धार कार्य जारी रहेको बताइएको छ । डोमिनिकन रिपब्लिकको फोरेन्सिक इन्स्टिच्युट बाहिर दर्जनौँ मानिसहरू आफ्ना प्रियजनहरूको स्थिति जान्न पर्खिरहेका छन् । आपत्कालीन कार्य सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले घटनास्थलमा रहेका टोलीहरूले अझै पनि पीडित र सम्भावित बाँचेकाहरूको खोजी गरिरहेको बताए । तर, मंगलबार दिउँसोदेखि कोही पनि जीवित फेला परेका छैनन् । ‘हामी कसैलाई पनि छोड्ने छैनौँ । हाम्रो काम जारी रहनेछ ।’ उनले भने । यसअघि दिनक...
युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता
विश्व, समाचार, समाज

युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता

नेपालअखबार,न्युयोर्क । युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएका छन् । युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए । उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसैगरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् । बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्...
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका
विश्व, समाचार

अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार ‘गायब’, अल कायदाको हातमा परेको आशंका

नेपालअखबार,काबुल । अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन्। बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन्। यीमध्ये केही हतियारहरू अल-कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको  संयुक्त राष्ट्रसंघको विश्वास छ । नाम न छाप्ने सर्तमा बोल्दै एक पूर्वअफगान अधिकारीले बताएअनुसार सन् २०२१ मा तालिबानले अफगानिस्तानमाथि पुनः नियन्त्रण लिएपछि उनीहरूले लगभग १० लाख सैन्य हतियार र उपकरणहरूको भण्डार फेला पारेका थिए। यी मध्ये धेरैजसो अमेरिकाको आर्थिक सहयोगमा खरिद गरिएका थिए। यसमा अफगानिस्तानबाट आएका पुराना हतियारहरू समावेश थिए, जसमा अमेरिकामा निर्मित एम४ र एम१६ राइफलहरू पनि समावेश थिए। सन् २०२१ मा तालिबान अगाडि बढ्दै जाँदा, अफगान सैनिकहरूले या त आत्मसमर्पण गरे या आफ्ना हतियार र सवारी साधनहरू छाडेर भागे। त्यस्तै, अमेरिकी सेनाले पनि आफ्ना केही सैन्य उपकरणहरू त्यहा...
अमेरिकामा ट्रम्पविरुद्ध ठुलो विरोध प्रदर्शन
राजनीति, विश्व, समाचार

अमेरिकामा ट्रम्पविरुद्ध ठुलो विरोध प्रदर्शन

नेपालअखबार,वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेको छ । राष्ट्रपतिको पदभार ग्रहण गरेपछि अमेरिकी जनताले ट्रम्पको विरोध गरेको यो पहिलो पटक हो । प्रदर्शनहरू अमेरिकाका सबै ५० राज्यहरूमा लगभग १ हजार २०० स्थानमा भइरहेको बीबीसीले समाचारमा भनेको छ । यी विरोध प्रदर्शनहरूलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ । यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो । प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलाहरू सहित धेरै मुद्दाहरूमा ट्रम्पको एजेन्डाप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ट्रम्पले विश्वभरका धेरै देशहरूमा कर लगाउने घोषणा गरेपछि अमेरिका बाहिर पनि यस मामिलामा निकै छलफल र चर्चा भए । ट्रम्प विरुद्धका प्रदर्शनमा डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारीहरू भेला भएका थिए । । यी भाषणहरूमा ट्रम्प प्रशासनका धनी व्...
बिम्स्टेक शिखर सम्मेलन सुरु
राजनीति, विश्व, समाचार

बिम्स्टेक शिखर सम्मेलन सुरु

नेपालअखबार, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सुरु भएको छ। बैंककस्थित होटल सांग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो। सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेका थिए। सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन्।...
म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
विश्व, समाचार, समाज

म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प

नेपालअखबार,काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानमा आएको भूकम्पको केन्द्र भने जमिनको १९३ किलोमिटर गहिराइमा रहेको थियो। थाईल्यान्ड र म्यानमारमा गत शुक्रबार शक्तिशाली भूकम्प गएको थियो । ती देशहरूमा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो। भूकम्प प्रभावित थाईल्यान्ड र म्यानमारमा अहिले पनि उद्दार अभियान जारी रहेको छ। २०५६ जनाको मृत्यु, ३९०० घाइते समाचार संस्था एएफपीका अनुसार म्यानमार भूकम्पका कारण अहिलेसम्म दुई हजार ५६ जनाको मृत्यु भइसकेको छ भने तीन हजार ९०० भन्दा बढी घाइते भएका छन् । चार दिन बितिसक्दा पनि उद्धार ...
हजारौं सरकारी कर्मचारीले जागिर गुमाउँदै अमेरिकामा
विश्व, समाचार

हजारौं सरकारी कर्मचारीले जागिर गुमाउँदै अमेरिकामा

नेपालअखबार,काठमाडौं । अमेरिकामा संघीय स्वास्थ्य कर्मचारीहरूको कटौती सुरु भएको छ। कर्मचारी कटौती बारे निर्णय कतिपय कर्मचारीहरू कार्यालय परिसर पुगेपछि मात्र थाहा पाएका थिए । जब मंगलबार कर्मचारीहरू कामका लागि कार्यालय पुगे, तब उनीहरूलाई कार्यालयको गेटमै रोकिएको थियो । बीबीसीका अनुसार कर्मचारी कटौतीमा कतिपय उच्च अधिकारीहरू पनि परेका छन् । अमेरिकी स्वास्थ्य मन्त्री रोबर्ट एफ. क्यानेडी जुनियरले गत हप्ता नै १० हजार कर्मचारीहरूलाई जागिरबाट निकाल्ने घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपति कार्यालयले पनि गत हप्ता फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट ३५००  कर्मचारी हटाउने योजना रहेको जनाएको थियो। यस्तै, युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) बाट २४०० कर्मचारी हटाइने छ। त्यसैगरी, राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १२०० कर्मचारी निकाल्ने प्रशासनले जनाएको छ।...
रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन
विश्व, समाचार, समाज

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन

नेपालअखबार,किभ । रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युतविहीन भएका छन् । रूसले अमेरिका र युक्रेनको पूर्ण र सर्तरहित युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ, तर युक्रेनी ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्ने अस्थायी सहमति भएको बताएको छ । यद्यपि, युक्रेनले भने रूसले बारम्बार ऊर्जा संरचनामा प्रहार गरिरहेको आरोप लगाएको छ । ‘आज बिहान, अर्को रूसी आक्रमणले खेरसोनको विद्युत ध्वस्त पार्दा ४५ हजार मानिस अन्धकारमा परेका छन्,’ युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिगाले पत्रकार सम्मेलनमा बताए । फेब्रुअरी सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनी ऊर्जा प्रणाली र विद्युत गृहहरूमा निरन्तर हवाई आक्रमण गरिरहेको छ । त्यसैगरी, रूसले पनि युक्रेनलाई रूसी ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको आरोप लगाएको छ । मस्कोका अनुसार, मङ्गलबार रुसको बेलगोरोद क्षेत्र र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी...
म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता
विश्व, समाचार, समाज

म्यानमारको भूकम्पमा १४४ जनाको मृत्यु, थाइल्याण्डमा सय जना बेपत्ता

नेपालअखबार, काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। भूकम्पले राजधानीमा सयौं घरहरू ढलेको र त्यसको भग्नावशेषमा सयौं मानिसहरू पुरिएको हुनसक्ने भएकाले मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ। म्यानमारको दोस्रो ठूलो सहर मन्डालेमा पनि भूकम्पले अग्ला अग्ला भवनहरूमा क्षति पुगेको छ। त्यहाँ पनि मानिसहरूको मृत्यु भएको हुनसक्ने बताइएको छ। भूकम्पको धक्का थाइल्याण्डको बैंकक, चीन र भारतमा समेत महशुस भएको थियो। थाइल्याण्डको बैंककमा रहेको एउटा गगनचुम्बी भवन गर्ल्यामगुर्लुम्म ढलेको थियो। त्यहाँ काम गर्ने सय जना भन्दा बढी मजदुर बेपत्ता रहेको बिबिसीले जनाएको छ। ...
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
विश्व, समाचार, समाज

भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे

नेपालअखबार,काठमाडौँ  । म्यानमारमा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् । थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो । शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आपत्कालीन अवस्था घोषणा यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यानमारमा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताइन् । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क...