पाकिस्तानसँग ड्रोन र मिसाइल हानाहान भएपछि भारतले बन्द गर्यो २४ विमानस्थल
नेपालअखबार,काठमाडौँ । भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ।
सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन्।
पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।
पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए। पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ।
भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेक...








