समुद्री आाँधीले ल्याएको भीषण बाढीमा परेर म्यानमारमा सयभन्दा बढीको मृत्यु
नेपालअखबार, यङ्गुन । म्यानमारमा समुद्री आँधी यागीले ल्याएको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीमा परेर एक सयभन्दा बढीको मृत्यु भएको छ । म्यानमारको सत्तारुढ सेनाका प्रवक्ता जाव मिन टुनले आइतबार भने ११३ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । अरु ६४ जना बेपत्ता रहेको भनिएको छ । स्थानीय रिपोर्टलाई विश्वास गर्ने हो भने मृत्यु हुनेको यो संख्या बढी हुनसक्ने आकलन गरिएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार ३ लाख २० हजारभन्दा बढी मानिसले अस्थायी आश्रयस्थलमा शरण लिइरहेका छन् । यागी यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । म्यानमार भन्दा पहिले यो आँधीले भियतनाम, लाओस, फिलिपिन्स र दक्षिणी चीनमा उत्पादत मच्चाएको थियो । म्यानमार पुग्नुअघि नै यो आँधीका कारण भियतनाममा २८७ जनाको ज्यान गएको थियो । भियतनाम पुगेपछि आँधीको प्रभाव कम भए पनि दक्षिण–पूर्वी एसियामा पहिरो गइरहेको छ ।
म्यानमारको सरकार...










