Friday, July 3

विश्व

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट
विश्व, समाचार

अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट

नेपालअखबार, एजेन्सि। अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् । टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ । चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ । तालिबान विद्रोही अफगानिस्तानको सत्तामा फर्किएपछि ठूला आक्रमणका घटना हुँदै आएका छन् । ...
अमेरिकाको आन्तरिक उडान पुनः सुरु
विश्व, समाचार

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

नेपालअखबार, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ । फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’ ‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ । त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो । तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गर...
पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार
राजनीति, विश्व, समाचार

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहमाथि जुत्ता प्रहार

जेपालअखबार, एजेन्सि। पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ । यो घटना हुँदा सनाउल्लाह कार भित्रै बसिरहेका थिए । जियो न्यूजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार गरेका हुन् । राणा सनाउल्लाह त्यतिबेला पञ्जाब विधानसभाबाट जाँदै थिए । यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए । यसअघि मंगलबार राणा सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो । पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को सरकार छ । तर, पीएमएल–एन यहाँ आफ्नो मुख्यमन्त्री बनाउने कोसिसमा जुटेको छ । सनाउल्लाहले पत्रकार सम्मेलनमा यो दाबी गरे कि सुरक्षा एजेन्सीहरूले पीएमएल–एन नेताहरूलाई सभामा जानबाट रोकेका थिए, तर उनीहरूले यो गैरकानुनी आदेशलाई मानेनन् ।...
इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प
विश्व, समाचार

इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प

नेपालअखबार, काठमाडौं । इन्डोनेसियामा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ । पृथ्वीको ९७ किलोमिटर गहिराइमा गएको यो भूकम्पको धक्का दुई हजार किलोमिटर टाढासम्म महसुस भएको थियो । भूगर्भविदहरुले भूकम्पका थप धक्का आउन सक्ने भन्दै सतर्क रहन सूचित गरेका छन् ।यसअघि गत नोभेम्बर महिनामा इन्डोनेसियाको जाभा प्रान्तमा ५.६ म्याग्निच्युटको भूकम्प जाँदा ३१८ जनाको मृत्यु भएको थियो भने ६२ हजार भन्दा धेरै व्यक्तिहरु विस्थापित भएका थिए ।...
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड
राजनीति, विश्व, समाचार

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकहरु राष्ट्रपति भवन र संसदमा छिरेर तोडफोड

नेपालअबार, काठमाडौं । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले आइतबार राष्ट्रपति भवन र संसद प्रवेश गरेर हंगामा मच्चाएका छन् । प्रदर्शनकारीहरू सुरक्षा अवरोध र प्रहरी ब्यारिकेड तोडेर संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेका हुन् । उनीहरूले देशको सर्वोच्च लोकतान्त्रिक संस्थाहरूमा तोडफोड समेत गरेका सीएनएनले ब्राजिलको स्थानीय मिडियालाई उद्धृत गर्दै लेखेको छ । ब्राजिलको महान्यायाधिवक्ताको कार्यालयले आइतबार देशको संसद भवन, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा तोडफोड गर्नेहरूमाथि अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय समाचार रिपोर्टहरूका अनुसार फुटेजमा पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरू सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा प्रवेश गरेको देखाएका छन् । अक्टोबरमा भएको चुनावमा बोल्सोनारोलाई वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले पराजित गर्दै ब्रा...
दाजुको भौतिक आक्रमणमा परेको बेलायतका पूर्वराजकुमार ह्यारीको गुनासो
विश्व, समाचार

दाजुको भौतिक आक्रमणमा परेको बेलायतका पूर्वराजकुमार ह्यारीको गुनासो

नेपालअखबार, बेलायत । राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलायतका पूर्वराजकुमाार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन्। आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् । मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलायतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलाइतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए । ‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो ...
तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन
राजनीति, विश्व, समाचार

तीन दिनको ११ औं मतदानबाट पनि अमेरिकी संसदले सभामुख पाएन

नेपालअखबार, काठमाडौं । अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि प्रतिनिधिसभाको अध्यक्ष चुन्न सकिएन । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बिहीबार भएको मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुन: निर्वाचित हुन नसकेका हुन् । बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् । नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् । रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताए । लगातारको मतदानबाट पनि सभामुख चयन हुन नसकेपछि सदन शुक्रबारसम्मका लागि स...
हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने
विश्व, समाचार

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

नेपालअखबार, काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन् । क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन् । क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन् । सन् २०२२ मा कोलम्बिया विश्वविद्यालयले क्लि...
भारत, पाकिस्तान, अफगानिस्तानमा भूकम्पको धक्का
विश्व, समाचार

भारत, पाकिस्तान, अफगानिस्तानमा भूकम्पको धक्का

नेपालअखबार, एजेन्सि। भारत, पाकिस्तान र अफगानिस्तानका धेरै क्षेत्रमा बिहिबार बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको फैजाबादबाट ७९ किलोमिटर दक्षिणमा जमिनबाट २०० किलोमिटर मुनि रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको तीव्रता रिक्टर स्केलमा ५।९ मापन गरिएको थियो ।...
कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह
विश्व, समाचार, स्वास्थ्य

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

नेपालअखबार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ । डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न हामीले चीनलाई भनेका छौं । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि भनेका छौं ।’ चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनस...