Monday, August 24

शिक्षा

२०० बढी बालबालिका विद्यालय जान छाडे
शिक्षा, समाचार, समाज

२०० बढी बालबालिका विद्यालय जान छाडे

नेपालअखबार,जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरेसँगै दाहिनेतर्फ ७५ घर मुसहर समुदायका छन् । यहाँका २०० बढी बालबालिका गत मङ्सिर महिना सुरू भएदेखि नै विद्यालय जान छाडेका छन् । मुसहरी (मुसहर बस्ने) टोलभन्दा केवल तीन सय मिटर दूरीमा रहेको श्री माध्यमिक विद्यालय मझौरामा बाल कक्षादेखि विभिन्न कक्षामा पढ्दै आएका मुसहरका बालबालिकाले मङ्सिर र पुस महिना एक दिन पनि विद्यालय टेकेनन् । स्थानीय मुसहर अगुवा अघनु सदाका अनुसार गरिब र विपन्न यस बस्तीका बालबालिका जाडोकै कारण दुई महिनादेखि विद्यालय नगएका हुन् । स्थानीय ६० वर्षीया सुनैनादेवी सदाले बालबालिकाको जीउमा पर्याप्त न्यानो लुगाफाटा नभएको, खानेकुराको अभाव र जीउ न्यानो बनाउन आगोसमेत अभाव भएको बताउनुभयो । जाडो महिना सुरू भएदेखि नै उनीहरू...
एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण
शिक्षा, समाचार

एनएमसीमा नयाँ विद्यार्थीलाई शैक्षिक अभिमुखीकरण

नेपालअखबार,काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम गरेको छ । कलेजले आज एमविविएस, विडिएस, विएस्सी नर्सिङ, विएस्सी ल्याव मेड तथा विएस्सी एमआइटीमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गरेको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको कलेजका अध्यक्ष प्रा.डा.जैनुद्धिन अन्सारीले विद्यार्थीहरुले प्राप्त गर्ने सफलताले नै कलेजले शैक्षिक मानक बनाउने भएकोले मेहनत गरेर अध्ययन गर्न सुझाउनु भयो । सफलता प्राप्त गर्न लगनशीलता र मेहनत जरुरी भएको बताउँदै प्रा.डा.अन्सारीले मेडिकल शिक्षामा किताबी ज्ञान बुझेर मात्र नहुने व्यवहारिक र प्रयागात्मक विधि बुझ्न जरुरी रहेको जिकीर गर्नुभयो । विद्यार्थीको सिकाईका लागि कलेजले हरदम सहयोग गर्ने बताउँदै आफ्नो धरातल राम्रो बनाउने गरी मर्यादामा रहेर मेहनत गर्न अनुरोध ...
नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती
शिक्षा, समाचार

नेकका सात विद्यार्थीलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती

नेपालअखबार,काठमाडौं । भक्तपुरको चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक)ले विद्यार्थीहरुलाई बुद्धिसागर सावित्रीदेवी पराजुली छात्रवृत्ती वितरण गरेको छ । सोमबार नेक सिपिएसमा एक कार्यक्रमको आयोजना गरि स्नातकोत्तर तहको ट्रान्सपोट्रेशन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका सात जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ती वितरण गरिएको हो । छात्रवृत्ती पाउनेहरुमा सन् २०१६, ०१७, ०१८ र ०१९ का लागि मनिष श्रेष्ठ, दीप शाही, सन्तराम पाण्डे र नुजा बज्राचार्य रहेका छन् । सन् २०२० मा अमितकुमार शर्मा, २०२२ का लागि मनिषा भट्टराई तथा २०२३ का लागि साधना तिवारी छनौट भएका थिए । सन् २०२१ को छात्रवृत्तिमा विद्यार्थीहरुको मुल्यांकन नभई सकेकोले पछि वितरण गरिने छ । छात्रवृत्ती पाउने विद्यार्थीहरुलाई कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जनही ४०/४० हजारको चेक प्रदान गर्नुभयो । विद्यार्थीले प्राप्त गरेको अङ्कमा आधारम...
२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक
शिक्षा, समाचार

२०८१ को एसईई परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । २०८१ सालको एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ । दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । यस दिन गैरनेपाली विद्यार्थीहरुका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस)को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।  ...
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
शिक्षा, समाचार, समाज

सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

नेपालअखबार,सोलुखुम्बु। जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ। चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन्। शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन्। जिल्लामा दुई सय ८९ सामुदायिक विद्यालय छन्। तीमध्ये ९३ विद्यालयको पठनपाठन हालका लागि बन्द गरिएका हुन्। आठ स्थानीय तह मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएको कार्यालयले जनाएको छ। जिल्लाको माथिल्लो क्षेत्रमा तापक्रम माइनस २० डिग्रीसेल्सियससम्म पुगेको छ भने सल्लेरी क्षेत्रमासमेत तापक्रम माइनसमा झरेको हावापानी मापन केन्द्र सल्लेरीका कर्मचारी नवराज पराजुलीले जानकारी दिए। चिसो अत्यधिक बढेसँगै बालबालिका विद्यालय जान नसकेको गार्माका स्थान...
विश्वविद्यालयले ‘थेसिस’को नतिजा रोकिदिँदा २९ विद्यार्थी समस्यामा
कृषि, शिक्षा, समाचार

विश्वविद्यालयले ‘थेसिस’को नतिजा रोकिदिँदा २९ विद्यार्थी समस्यामा

नेपालअखबार,नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट स्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक तह आठौँ ‘सेमिस्टर’को ‘थेसिस’को नतिजा राकिँदा विद्यार्थी समस्यामा परेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयले सो कलेजमा अध्ययनरत २९ जना विद्यार्थीको नतिजा रोकिदिँदा विद्यार्थी समस्यामा परेका हुन्। कलेजका विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिसको नतिजा रोकिएको बताए। 'हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीको ‘रिजल्ट’ यही पुस १६ गते आयो तर हाम्रो रोकिएको छ, थेसिसको रिजल्ट नआएसम्म ट्रान्सकृप्ट पाइँदैन,' उनले भने, 'यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखले हामीसँग कुराकानी गर्नै खोज्नुभएन।' क्याम्पस प्रमुखलाई आफूहरूको नतिजा प्रकाशनका बारेमा फोनमा कुरा गर्दा विद्यार्थीको अभिभावकलाई घरमा फोन गरेर मानसिक तनाव ...
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
प्रशासन, शिक्षा, समाचार, समाज

पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

नेपालअखबार,पोखरा। पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै...
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग
प्रशासन, शिक्षा, समाचार

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग

नेपालअखबार,काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि आवेदन माग गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले ‘उपकुलपति खोज तथा सिफारिस सम्बन्धी कार्यविधि २०८१’ अनुसार १० दिनको समय दिएर आवेदन दिन माग गरेको हो । योग्य व्यक्तिहरूले ललितपुरको बालकुमारीमा रहेको स्कुल अफ म्यानेजमेन्टमा आवेदन दिन सक्नेछन् ।  यसअघि उपकुलपति छान्न काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्माको संयोजकत्वमा समिति गठन गरिएको थियो । समितिमा प्राडा अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य छन् । समितिका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेको व्यक्तिले उपकुलपतिका लागि आवेदन दिन सक्ने छन् । त्यस्तै उम्मेदवार कुनै पनि विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई काम गरेको अनुभव र दरखास्त दिनुअघि कुनै ...
भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण
शिक्षा, समाचार, समाज

भारत सरकारको सहयोगमा निर्मित क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण

नेपालअखबार,काठमाडौँ । 'नेपाल–भारत विकास सहकार्य' अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँ स्थित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।  जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी तथा भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाश कुमार सिंहले क्याम्पस व्यवस्थापन समितिलाई संयुक्त रूपमा भवन हस्तान्तरण गरेका हुन् । भवन २.९२४ करोड रुपैयाँमा लागतमा निर्माण गरिएको हो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग दुई तले छात्रावास भवन र अन्य सहयोगी संरचनासँगै दुई तल्ले कक्षाकोठा भवन निर्माणमा उपयोग गरिएको थियो । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो र जिल्ला समन्वय समिति, काठमाडौँमार्फत कार्यान्वयन गरिएको थियो।  जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख,...
स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै
अर्थ, कृषि, शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

स्याङ्जाका विद्यार्थी पढ्दै, कुखुरापालन गर्दै

नेपालअखबार,वालिङ (स्याङ्जा) ।  ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत बिरुवा गाउँपालिका–७ कुसुमभञ्ज्याङस्थित जीवनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कुखुरापालन गरेका छन् । त्यसबाट उनीहरूले सामान्य खर्चको जोहो गर्दै आएका छन् । प्रधानाध्यापक सामबहादुर गुरुङका अनुसार पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका बालबालिकाले विद्यालय परिसरमा नै कुखुरापालन गरेका हुन् । विद्यालय परिसरमा  गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ । पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ । ‘विद्यालय परिसरमा विद्यार्थीको प्रत्यक्ष रेखदेखमा कुखुरापालन गरिएको छ’, उनले भने, ‘विद्यालय सञ्चालन भएका दिनमा विद्यार्थीले रेखदेख गर्ने भए पनि बिदाका दिनमा भने छुट्टै कर्मचारीको...