पोखरा महानगरका १० सामुदायिक स्कुलमा चाइनिज भाषाको पढाइ हुने
नेपालअखबार,पोखरा । पोखरा महानगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषाको पढाइ हुने भएको छ । चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबिच विद्यालयमा चिनियाँ भाषा पढाउने गरी सम्झौता भएको हो । यसका लागि चीनबाटै १० जना स्वयंसेवक शिक्षकहरू पोखरा आएका छन् ।
पार्दी माध्यमिक विद्यालय बिरौटा, बाल मन्दिर माध्यमिक विद्यालय नदीपुर, जनप्रकाश माध्यमिक विद्यालय भण्डारढिक, छोरेपाटन माध्यमिक विद्यालय छोरेपाटन, लक्ष्मी आदर्श माध्यमिक विद्यालय सिसुवा, गौरीशङ्कर माध्यमिक विद्यालय हेम्जा, बिष्णुपादुका माध्यमिक विद्यालय हेम्जा, राष्ट्रिय माध्यमिक विद्यालय टुँडिखेल, लक्ष्मी माध्यमिक विद्यालय अघौँ र जनप्रिय माध्यमिक विद्यालय सिमलचौरमा अतिरिक्त कक्षाका रूपमा यही बिहीबारदेखि चिनियाँ भाषा पढाई सुरु हुनेछ ।
आइतबार पोखरा आइपुगेका भाषा शिक्षकहरूलाई मेयर धनराज आचार्यले स्वागत गरे । यसअघि अङ्ग्रेजी भाषाक...








