Wednesday, August 26

शिक्षा

नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा
शिक्षा, समाचार, समाज

नेपाली विभागमा छात्रवृत्ति वितरण तथा परिचर्चा

नेपालअखबार, पाेखरा। पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय छात्रवृत्ति वितरण तथा साहित्यक परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । विभागले बिहीवार एक समारोहबीच छात्रवृत्ति वितरण र साहित्यकार तीर्थराज अधिकारीको नवौं कृति ‘यो कसको हात हो’ दोस्रो संस्करणको परिचर्चा एकैसाथ आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि निमित्त क्याम्पस प्रमुख शंकरनाथ पौडेल, विभागीय प्रमुख डा. यमनाथ तिमिल्सिना, छात्रवृत्ति संस्थापक कृष्णप्रसाद पौडेल, राधादेवी पौडेल, तीर्थराज अधिकारी, सीतादेवी अधिकारीले संयुक्तरूपमा उक्त छात्रवृत्ति अर्पण गरे । पूर्व विभागीय प्रमुख कृष्णप्रसाद पौडेलद्वारा आफ्ना बुबा शालिकराम पौडेलको स्मृतिमा स्थापित शालिकराम–कृष्ण पौडेल छात्रवृत्ति जमुना कुमारी रिजालले प्राप्त गरेकी छन् । यसैगरी, मुक्तकमणि तीर्थराज अधिकारीद्वारा स्थापित सीता–तीर्थ छात्रवृत्ति शिवप्रसाद पौडेलले प्राप्त गरे । उन...
कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन
शिक्षा, समाचार, समाज

कक्षा १२ का करिब ४० हजारले दिए पुनर्योगको लागि आवेदन

नेपालअखबार, काठमाडौं । कक्षा १२ को नतिजामा चित्त नबुझेपछि करिब ४० हजार परीक्षार्थीले पुनर्योगका लागि नविेदन दिएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले १८ साउनमा प्रकाशित गरेको नतिजामा चित्त नबुझाएका करिब ४० हजार जनाले पुनर्योग माग गर्दै आवेदन दिएका हुन् । पुनर्योगका लागि आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै धेरै रहेको परीक्षा नियन्त्रक (कक्षा १२) कृष्णप्रसाद शर्माले बताए । ‘पुनर्योग गर्न आवेदन दिने विद्यार्थी संख्या अहिलेसम्मकै बढी हो, अनलाइनमा आवेदन दिन पाउने सुविधाका कारण धेरै भएका हुन् । जहाँबाट पनि आवेदन दिनसक्ने भएपछि सुविधा उपभोग गरे’, उनले भने । कार्यालयले २२ साउनसम्म आवेदन दिएका ७ हजार विद्यार्थीको पुनर्योगको नतिजा सार्वजनिक गरिसकेको छ । नतिजा अनुसार अहिलेसम्म ५५ जना को नतिजा परिवर्तन भएको छ । नियन्त्रक शर्माले भने ‘अहिलेसम्म शिक्षकह...
१ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँड्दै विपन्न सारथी बन्दै सांसद खान
शिक्षा, समाचार, समाज

१ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँड्दै विपन्न सारथी बन्दै सांसद खान

नेपालअखबार,काठमाडौं । पुर्व मन्त्री एवं सांसद अब्दुल खानले बर्दियाका सय बढी विपन्न छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । गुलरियामा जनमत पार्टीले सोमबार आयोजना गरेको कार्यक्रममा सांसद खानले १ सय ७ छात्रालाई शैक्षिक सामग्री बाँडेका हुन् ।विभिन्न १० विद्यालयमा अध्ययनरत दलित तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष समेत रहेका खानले विपन्न विद्यार्थीलाई पढाईमा आकर्षित गराउन शैक्षिक सामाग्री वितरण गरिएको बताए । खानले शिक्षामा लगानी नगरेसम्म सभ्य समाज नबन्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए । उनले निकट भविष्यमा बिद्यार्थीका लागि बिशेष योजना बनाएर बालबालिकाको भविष्य निर्माणमा जोड दिइने बताए । कार्यक्रममा सहभागी बिधार्थीले गित मार्फत स्वागत संगै शैक्षिक सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।...
कक्षा १२ को नतिजा सार्वजनिक
शिक्षा, समाचार, समाज

कक्षा १२ को नतिजा सार्वजनिक

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५४२ विद्यालयका नियमित तर्फ ३ लाख ८५ हजार ६३२ परीक्षार्थी सहभागी थिए । तीमध्ये २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन् । त्यस्तै ग्रेडवृद्धितर्फ २०७८ र २०७९ सालको परीक्षार्थीमध्ये २८.२६ प्रतिशत उत्तीर्ण भएका छन् । ९२ हजार ५०९ सहभागीमध्ये २५ हजार ४३६ जना उत्तीर्ण भएका हुन् । २० जनाको परीक्षा रद्द भएको छ । २०७६ र २०७७ सालको ६२.५ प्रतिशत उत्तीर्ण भएका छन् । ८ हजार १४७ सहभागी परीक्षार्थीमध्ये एक हजार ९५३ जना उत्तीर्ण भएका हुन् । कुल ४ लाख ७८ हजार ३८९ परीक्षार्थीमध्ये २ लाख ३१ हजार २३५ जना उत्तीर्ण भएका छन् ।...
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक

नेपालअखबार, काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिस्टमा परेका दुई हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन भएको छ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार आज सूची प्रकाशन गरेको हो । यसको विवरण इमेलबाट विद्यालयहरूलाई पठाइसकिएको छ । यस्तै विद्यार्थीहरूलाई एसएमएस पठाइएको छ । विद्यार्थीहरूले प्रवेश पत्र प्राप्त गरेकै विधिबाट आफ्नो सिफारिस सम्बन्धी जानकारी पाउन सक्नेछन् । प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षाको नतिजामा विषयगत र समूहगत योग्यता क्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकता क्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्ट्याइएको सिट सङ्ख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए । नाम प्रकाशन भएका विद्...
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
शिक्षा, समाचार, समाज

कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’ कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए । बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।...
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
शिक्षा, समाचार, समाज

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै

नेपालअखबार, गण्डकी । पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो । यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको  लागत  रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए । नयाँ  भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गरेका छन् । रासस...
विद्यार्थी दुई, शिक्षक पनि दुई :  प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’
शिक्षा, समाचार, समाज

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

नेपालअखबार, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् । स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिए  । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ ।  उनका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि वि...
एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय
प्रशासन, शिक्षा, समाचार

एसईई नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

नेपालअखबार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए । ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’ १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा ग...
एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी
प्रशासन, शिक्षा, समाचार, समाज

एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने तयारी

नेपालअखबार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताए । उनले भने ‘प्राविधिक समस्या आएन भने भोलि ४ बजेभित्र नतिजा सार्वजनिक गर्छौं ।’ बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने...