विदेशमा पढ्न जानुअघि किन चाहिन्छ विशेषज्ञको सही परामर्श?
नेपालअखबार, । पछिल्लो समय अन्तर्राष्ट्रिय शिक्षाका लागि विदेश जाने विद्यार्थीहरू बढिरहेका छन्। अन्तर्राष्ट्रिय डिग्री, एक्सपोजर, नेटवर्किङ अवसर र गुणस्तरीय शिक्षाका लागि धेरै विद्यार्थी विदेशी अध्ययनमा आकर्षित हुन्छन्।
कोही विदेश गएर उतै बसोबास गर्छन् भने कोही अन्तर्राष्ट्रिय शिक्षा हासिल गरेर स्वदेश फर्किन्छन्।
अन्तर्राष्ट्रिय शिक्षा हासिल गरी स्वदेश फर्किनेमध्ये एक हुन् पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ।
माकुसे कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत रहेकी उनले अस्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरेकी छन्। सन् २०१७ मा फर्केकी उनले मिस नेपालको यात्रासँगै आफ्नै व्यवसाय थालिन्। विदेशमा अध्ययन गरेर फर्किदा त्यहाँबाट शिक्षा, दक्षता र अवसर लिएर फर्किएको उनी बताउँछिन्।
'विदेश पढेर नेपाल फर्किँदा मलाई चश्मा लाएर फर्किएको जस्तो लाग्यो। यहाँ आएर अवसरहरू अझै राम्ररी चिन्न पाएँ,’ आफ्नो अनुभव स...









