Monday, August 24

शिक्षा

पोखरा १३ का सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री वितरण
शिक्षा, समाचार

पोखरा १३ का सामुदायिक विद्यालयमा स्वास्थ्य सामाग्री वितरण

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका १३ ले वडामा रहेका सबै सामुदायिक विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । वडामा रहेका ८ वटा सामुदायिक विद्यालयहरूलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको वडा कार्यलयले जनाएको छ । विद्यालयमा विद्यार्थीहरूलाई चोटपटक लाग्दा सामान्य प्राथमिक उपचार गर्न स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष किरण बरालले बताए । विद्यालयमा सामान्य स्वास्थ्य सामाग्री पनि उपलब्ध नहुने भएकाले बालवालिकाको स्वास्थलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीहरु वितरण गरेको उनको भनाइ छ । अध्यक्ष बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कुरामा ध्यान दिएको बताए । साथसाथै विद्यार्थीहरूको स्वास्थलाई ध्यानमा राख्दै काम गरिरहेको बताएका छन् । स्वास्थ्य सामाग्री डिटोल, ह्यन्डी प्लास्टर र ब्यान्डेज कपडा वितरण गरिएको उनले जानकारी दिए ।...
सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत
शिक्षा, समाचार

सिद्ध पब्लिक कलेज, नयाँगाउँमा नब आगन्तुक विद्यार्थीलाई स्वागत

नेपालअखबार, पोखरा । पोखरा–१५, नयाँगाउँमा रहेको सिद्ध पब्लिक कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम मंगलबार सम्पन्न गरेको छ । क्याम्पस व्यवस्थान समितिका अध्यक्ष युवा पण्डित भागवत् भाष्कर कमल नयन गौतमकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविएस प्रथप बर्षमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पस प्रमुख भिमराज पुनले जानकारी दिनुभयो । क्याम्पस स्थापनाकालिन समयका तदर्थ समितिका अध्यक्ष एवं समाजसेवी भेषराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गौतमले समुदाय स्तरबाट सञ्चालित गैर नाफामुलक क्याम्पसले समुदायको हितलाई नै केन्द्रमा राखेर आगामी दिनहरुमा थप गुणस्तरीय शिक्षामा जोड दिंदै जाने बताउनुभयो । उहाँले समयको मागलाई ध्यान दिंदै कम शुल्कमा व्यवहारीक एवं स्तरीय शिक्षामा जोड दिनुनै आफ्नो र क्याम्पसको एकमात्र चाहना रहेकोे बताउनुभयो । ...
२ हजार तिरेर नवीकरण पत्र लैजान सम्बन्धन पाएका क्याम्पसलाई त्रिविको आग्रह
शिक्षा, समाचार

२ हजार तिरेर नवीकरण पत्र लैजान सम्बन्धन पाएका क्याम्पसलाई त्रिविको आग्रह

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन पाएका क्याम्पसहरूलाई नवीकरण पत्र लैजान आग्रह गरेको छ। प्रतिसंकाय २ हजार रूपैंया तिरेर नवीकरण पत्र लैजान सकिने त्रिविको भनाइ छ। त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले सार्वजनिक सूचना जारी गरेर सम्बन्धन प्रदत्त क्याम्पसलाई नवीकरण भएको पत्र लैजान भनेको हो। त्रिविबाट सम्बन्धन लिई हाल सञ्चालनमा रहेका क्याम्पसहरू नवीकरण भए वा नभएकोसम्बन्धी विस्तृत विवरण अनलाइनमा समेत हेर्न सकिने त्रिविको भनाइ छ। पहिल्यै नवीकरण स्वीकृत भई हालसम्म पनि पत्र नलगेका क्याम्पसहरूको विवरण पनि अनलाइनमै हेर्न सकिन्छ। हेर्नुस् सूचना:...
पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै कागज खरिद गर्नसक्ने अधिकार दिन माग
शिक्षा, समाचार

पाठ्यपुस्तक छाप्न जनक शिक्षालाई नै कागज खरिद गर्नसक्ने अधिकार दिन माग

नेपालअखबार, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले निर्वाचन आयोगलाई जस्तै जनक शिक्षा सामग्री लिमिटेडलाई पनि सार्वजनिक खरिद नियमावलीमा कागज खरिद गर्नसक्ने अधिकार दिन माग गरेका छन् । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको देशभर समयमा नै पाठ्यपुस्तक पु¥याउने विषयक छलफलमा बोल्दै प्रबन्ध सञ्चालक झाले निर्वाचन आयोगलाई सार्वजनिक खरिद ऐनमा नै अत्यावश्यक सामग्री खरिद गर्दा सूचना निकालेर खरिद गर्ने अधिकार जस्तै पाठ्यपुस्तकका लागि कागज खरिद गर्नसक्ने अधिकार दिन माग गरेका हुन् । उनले मतपत्र छपाईको लागि निर्वाचन आयोगलाई सार्वजनिक खरिद नियमावलीले सम्पूर्ण अधिकार दिएकाले आयोगले सार्वजनिक खरिद नगरी सोझै खरिद गर्न व्यवस्था रहेको बताए । उनले सार्वजनिक खरिद ऐनमा नै छुट्टै व्यवस्था भएकाले मतपत्र छपाइमा छिटो, छरितो भएको बताए । उनले मतपत्र छपाई ...
चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला
प्रशासन, शिक्षा, समाचार, स्वास्थ्य

चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षाको आवेदन खुला

नेपालअखबार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तह (युजी) को शैक्षिक कार्यक्रमहरुमा एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन २४ पुसमा खोल्ने भएको छ । आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीएएसएलपी, बी पर्फयुजन टेक्नोलोजी, बीएएमएस, बीएनएस, बीएससी एमएलटी, बीएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्री, बीपीटी, बीपीएचको लागि अनलाइन आवेदन खुला गरेको हो । आवेदन फारम पुस २४ गते बिहान १० बजेदेखि २०७९ माघ २४ गते अपरान्ह पाँच बजेसम्म भर्न पाइनेछ । आयोगले नेपाली आवदेकको लागि चार हजार र विदेशी आवेदकको लागि ८ हजार रुपैयाँ शुल्क तोकेको छ । आयोगका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको वेबसाइटमार्फत अनलाइन आवेदन भर्न सक्नेछन् । परीक्षा फागुन २४ गतेदेखि आयोगले यी शैक्षिक कार्यक्रमहरुको प्रवेश परीक्षा फागुन २४ गतेदेखि फागुन २८ गतेसम्म सञ्चालन गर्ने भएको छ । आय...
प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द
शिक्षा, समाचार

प्रश्नपत्रमा त्रुटि भएपछि बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द

नेपालअखबार, काठमाडौं । बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ । विद्यालयहरुले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा विभागका उप सचिव देवेन्द्र बहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् । उनले सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरुको परीक्षा रद्द गरिएको जनाएका छन् । साथै आगामी दिनमा प्रश्नपत्र निर्माण गर्दा विषय शिक्षकलाई संवेदनशील हुन र विशिष्टीकरण तालिकाको मर्म अनुसार निर्माण गर्न सचेत गराएका छन् । हेर्नुस् पश्नपत्र  : ...
स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी
राजनीति, शिक्षा, समाचार

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

नेपालअखबार, काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्‍यौं,’ उनले भने, ‘परीक्षा र भर्नालगायत सबै प्रक्रिया सकिने भएकाले नै स्ववियु निर्वाचन गर्ने फागुन २८ गते हामीलाई उपयुक्त समय लागेको छ, हामी सोही मितिको प्रस्ताव विद्यार्थी संगठनसँग गर्छौं‌।’ स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी संगठनका अध्यक्षको बैठक बोलाइएको छ। निर्देशनालयका नि...
तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द
शिक्षा, समाचार

तलब नदिएको भन्‍दै धनुषामा शिक्षक र कर्मचारीले गरे सामुदायिक विद्यालय बन्द

नेपालअखबार, काठमाडौं। धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएको नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनले जानकारी दिए । उनले भने ‘हाम्रो पालिकाका शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गरिरहेका थिए । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।’ उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेको छैन। पालिकाका शिक्षकहरुले मंसिर १८ गतेदेखि तलबभत्ता माग गर्दै नगरपालिका अगाडी करिब दुई महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । नगराईन, छिरेश्वरनाथ, कमला नगरपालिकाका शिक्षक तथा कर्मचारीहरु...
फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव
राजनीति, शिक्षा, समाचार

फागुन १४ मा स्ववियु चुनाव नहुने, २८ गते गर्न प्रस्ताव

नेपालअखबार, काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन फागुन १४  गतेमा नहुने भएको छ। १४ को ठाउँमा २८ गते गर्न प्रस्ताव गरिएको छ ।  बुधबार शिक्षाध्यक्ष शिवलाल भुसालको अध्यक्षतामा बसेको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषदको बैठकले फागुन २८ गते गर्ने प्रस्ताव गरेको थियो। डीनहरूले विद्यार्थीको परीक्षाका कारण १४ गते चुनाव गर्न नसकिने बताएका थिए।   विद्यार्थीहरूको परीक्षा सञ्चालन भइरहेकाले यसअघि गर्दै आएको मितिमा चुनाव गर्न सकिने अवस्था नरहेको शिक्षाध्यक्ष भुसालले बताए । अब विद्यार्थी संगठनहरूसँग बसेर थप छलफल गरेर २८ गतेको मितिबारे टुंगोमा पुगिने भुसालले बताए । परिषदले त्रिविका ९ वटै संस्थान र संकायका डीनसँग चुनावी तयारीका विषयमा छलफल गरेको थियो । २८ गते चुनाव गर्ने मोटामोटी सल्लाह भएको विद्यार्थी संघ–संगठनसँग पनि छलफल गरेर निर्णयमा पुगिने उनको भनाई छ । ...
एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन
शिक्षा, समाचार, समाज

एउटै शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

नेपालअखबार,स्याङजा । स्याङजाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्। तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ । तर एक वर्षयता अरु शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका धनबहादुर हमालले बताए । “तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ, तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ”, उनले भने, “दरबन्दी काटिएको पनि छैन, अरु शिक्षक हाजिर हुन आएका छैनन् ।” प्रधानाध्यापक आफै रहेका हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन् । अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद...