Sunday, July 5

शिक्षा

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय
शिक्षा, समाचार

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

नेपाल अखबार, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।...
दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द गर्ने निर्णय
विदेश, शिक्षा

दिल्लीमा ३१ जुलाईसम्म विद्यालय बन्द गर्ने निर्णय

नेपाल अखबार, एजेन्सी । भारतीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय तथा शैक्षिक संस्थाहरु ३१ जुलाईसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि दिल्ली सरकारले सबै विद्यालयहरु ३१ जुलाईसम्म बन्द गर्ने निर्णय दोहोर्याएको हो । लकडाउन सुरु भएदेखि सरकारले त्यहाँ पटक पटक शिक्षण संस्था बन्द गर्ने निर्णय गर्दै आएको छ । शुक्रबार साँझ उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाले ३१ जुलाईम्म सबै शिक्षण संस्थाहरु बन्द गरिने निर्णय गरिएको बताए । राजधानीमा कोरोना संक्रमण बढिरहेका बेला सोही परिवेशलाई ध्यानमा राखेर जुलाई ३१ सम्म सबै निजी र सरकारी विद्यालयहरु बन्द गर्ने निर्ण गरिएको मन्त्री सिसोदियाले बताए ।...
बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर
प्रशासन, शिक्षा

बन्यो कार्यविधि : यसरी प्राप्त गर्नेछन् एसईईका विद्यार्थीले नम्बर

नेपाल अखबार, काठमाडाैं। माध्यामिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीलाई नम्बर (ग्रेडसिट) दिनका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ कार्यविधि बनाएको छ। कोरोनाको महामारीका कारण चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा स्थगित भई तत्काल सम्भव गर्न सम्भव नभएपछि सरकारले विद्यालयको आन्तरिक मूल्याकंनलाई नै आधार मानेर प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयलाई कार्यान्वयन गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ ल्याएको हो। सो कार्यविधिअनुसार विद्यार्थीको मूल्यांकनका लागि विद्यालयका प्रधानाध्यापक र दुई जना शिक्षक रहेको समिति निर्माण हुने र उक्त समितिले विद्यालयले गरेको अन्तिम मूल्यांकनाका आधारमा विद्यार्थीलाई नम्बर दिनेछ। गत वर्ष एसइई परीक्षामा सहभागी हुनका लागि चार लाख ८२ हजार दुई सय १९ व...
प्याब्सन विरूद्ध अनेरास्ववियू आन्दोलनमा : लकडाउन अवधिको शुल्क नतिर्न आग्रह
शिक्षा, समाचार

प्याब्सन विरूद्ध अनेरास्ववियू आन्दोलनमा : लकडाउन अवधिको शुल्क नतिर्न आग्रह

नेपाल अखबार, पाेखरा । निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोना महामारीका कारण विद्यालय बन्द रहेको अवधिको समेत शुल्क उठाएको भन्दै सत्तारुढ दलकै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबार पोखराको महेन्द्रपुलमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १४७ रुपैयाँ जम्मा गरेका हुन्। प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको माहामारीका कारण निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न अभिभावकलाई आह्वान गरेको थियो। कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु बन्द रहेको र प्याब्सनले सोही अवधिको समेत शुल्क तिर्न आह्वान गरेपछि आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटाले बताए। उनले निजी विद्यालयले...
एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै
प्रशासन, शिक्षा

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

नेपाल अखबार, काठमाडाैं। माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्...
आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार
शिक्षा

आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार

नेपाल अखबार, काठमाडौं  ।  माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताए । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उनको भनाइ छ । केही विद्यालय...
कोभिड-१९ र बढ्दो आत्महत्या
शिक्षा, साहित्य \कला

कोभिड-१९ र बढ्दो आत्महत्या

जाहिदा बानू (बिध्यार्थी, स्नातक तह)  जन्मेदेखि नमरेसम्म प्रत्येक व्यक्तिले जसरी पनि बाॅच्नै पर्छ। सम्पूर्ण मानिसको जिन्दगीमा सङ्घर्ष एवम् सुख-दु:खको अवसर आइनै रहेको हुन्छ। दिन पछि रात भए झैं मानवीय जीवनमा पनि प्राकृतिक चक्र हुन्छ। सुखी सम्पन्न मानिसले पनि दु:खको सामना गर्नुपर्छ। क्षणभरको सुन्दरता छर्न बसन्त आउॅछ। फेरि, शिशिरको आगमन संगै सारा सुन्दरता उजाडिएर जान्छ। प्रत्येक पल्ट दु:ख पछि सुख आउॅछ। हरेक मान्छे मृत्युको आगमन संगै लडीबुडी खेलेर बाॅच्दछन। जीवन कुनै भौतिक वस्तु होईन यो त केबल क्षणीक उपभोग गर्न सकिने वस्तु मात्र हो। जीवन र मृत्युको दोसाॅधमा उभिएर पनि मुस्कुराइरहेका मानिस हामी देख्न सक्छौं। तसर्थ, सुख-दु:ख, राम्रो-नराम्रो जीवनमा जे जस्ता उतारचढाव आए पनि हामीले सहर्ष स्वीकार्दै अगाडि बढ्नु पर्छ। जीवनको अर्थ हाम्रो परिकल्पना भन्दा बाहिरको कुरा हो। जीवन एउटा रहस्य हो जहाॅ हामीले धेर...
तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना
शिक्षा, समाचार, हाइलाइट-समाचार

तत्काल विद्यालय बन्द नगर्ने सरकारको योजना

कोरोना (कोभिड–१९) भाइरसको जोखिमका कारण विभिन्न देशले विद्यालयहरु बन्द गरेपनि नेपाल सरकारले भने तत्काल विद्यालय बन्द नगराउने पक्षमा देखिएको छ। यदि बीचमा केही समस्या आइपरे तत्काल नयाँ निर्णय गरी सोहिअनुसार अघि बढ्ने सरकारी तयारी छ। यसैहप्ता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक अन्तिम परिक्षा सक्न आह्वान गरेको थियो। त्यसैअनुसार अहिले देशभरिका विद्यालयहरुले वार्षिक परिक्षाको तयारी गरिरहेको शिक्षा मन्त्रालयका सचिव महेश दाहालले बताए। ‘मन्त्रालयले अहिले विद्यालय बन्द गर्ने भनेको छैन। चैत्र ५ गतेसम्म ९ कक्षासम्मको परिक्षा सक्न भनेर आह्वान गरेका छौं,’ दाहालले भने, ‘चैत्र ६ गतेबाट हुने भनिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) पनि नियमित हुन्छ। यदि अवस्था परिवर्तन हुँदैगयो भने सरकारले नयाँ निर्णय गर्छ। अहिले बन्द गर्नेबारे केही निर्णय भएको छ...
मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)
अर्थ, प्रदेश ४, शिक्षा, समाचार, हाइलाइट-समाचार

मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)

गाेरखा । बरिष्ठ हास्य कलाकारद्धय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सदरमुकाममा रहेको समता शिक्षा निकेतनको भवन शिलन्यास गरेका छन् । गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् । समता ट्रष्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र नीजि भन्दा फरक रहेको बताए । ‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’ असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रष्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउदै उनल...
गोरखा क्याम्पस एल्मुनाईको अध्यक्षमा मास्के
प्रदेश ४, शिक्षा, समाचार

गोरखा क्याम्पस एल्मुनाईको अध्यक्षमा मास्के

गोरखा । गोरखा क्याम्पस एल्मुनाई एशोसियसन गोरखाको अध्यक्षमा भगवानबाबु मास्के चयन भएका छन् । शनिबार एल्मुनाईले आयोजना गरेको पूर्वविधार्थीको पुर्नमिलन तथा पुर्नगठन कार्यक्रमबाट मास्के अध्यक्षमा चयन भएका हुन् । जसको उपाध्यक्षमा सम्झना देवकोटा, सचिवमा इन्द्रकुमारी देवकोटा बस्नेत, सहसचिवमा तोरणबहादुर खड्का, कोषाध्यक्षमा दुर्गा अधिकारी चयन भएका छन् । त्यस्तै एल्मुनाईको सदस्यहरुमा गिरीराज लामिछाने, यादवप्रसाद शर्मा, राजकुमार श्रेष्ठ, रुद्रप्रसाद उप्रेती, शिव केसी, पार्वती पाठक, कल्पना तिमिल्सिना र सर्मिला ढकाल रहेका छन् । एशोसियसनका अध्यक्ष रामशरण बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमी ब्यवस्था मन्त्री लेखबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरीशरण आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नेपाल रेडक्...