मह जोडीले गरे समताकाे भवन शिलन्यास, राजुबाबुले गरे २ कराेडकाे जग्गादान (भिडियाेसहित)
गाेरखा । बरिष्ठ हास्य कलाकारद्धय मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सदरमुकाममा रहेको समता शिक्षा निकेतनको भवन शिलन्यास गरेका छन् ।
गोरखा नगरपालिका ६ दरवारमार्गमा रहेको समता विद्यालयको भवन निर्माणका लागि सोमबार मह जोडीले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।
समता ट्रष्टका संस्थापक उत्तमकुमार सञ्जेलको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मदकृष्ण श्रेष्ठले समता स्कुल सरकारी र नीजि भन्दा फरक रहेको बताए ।
‘समता नेपालको शिक्षा क्षेत्रको विकासका लागि महाअभियान हो, सरकारी र बोर्डिङ स्कुलभन्दा यो विलकुल फरक छ’ उनले भने ‘असल संस्कार सहितको निस्वार्थ शिक्षा दिन यो स्कुल खोलिएको हो ।’
असल र सर्वसुलभ शिक्षाका लागि देशैभर समता ट्रष्टले स्कुल र कलेज स्थापनाको अभियान चलाएको बताउदै उनल...
