Monday, August 24

शिक्षा

पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने
शिक्षा, समाचार, समाज

पाल्पामा पहिलोपटक ‘होटल म्यानेजमेन्ट’ विषयको पठनपाठन हुने

नेपालअखबार, पाल्पा। जिल्लाका सामुदायिक विद्यालयमा पहिलोपटक व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषयको पठनपाठन सुरु हुने भएको छ। रामपुर नगरपालिका–५ स्थित रामतुलसी नमूना माध्यमिक विद्यालयले नयाँ विषयका रूपमा होटल म्यानेजमेन्टको पठनपाठन सञ्चालन गर्न लागेको हो। कालीगण्डकीबेँसीका विद्यार्थीलाई मध्यनजर गर्दै कक्षा ११ र १२ मा व्यवस्थापन सङ्कायअन्तर्गत होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए। 'नयाँ विषयका लागि आवश्यक पर्ने पूर्वाधार तयारी अवस्थामा छन्। प्रयोगशाला कक्ष तयार पार्न उपकरण व्यवस्थापन गरिरहेका छौँ । प्रयोगशाला व्यवस्थापनमा करिब ३० लाख रकम लाग्ने अनुमान छ, विद्यालयको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नेछौं,' उनले भने। शैक्षिक क्षेत्रमा नयाँ इँट्टा थप्ने विद्यालयको योजना र यो क्षेत्रमा होटल म्यानेजमेन्ट...
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
प्रशासन, शिक्षा, समाचार

एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

नेपालअखबार,काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर गत २० चैतदेखि २९ दिन शिक्षकहरूले आन्दोलन गरेकाले उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो । ‘शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो । दुई दिन आउजाउमा समय गयो । परीक्षण ढिला सुरु भयो । अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने । अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको उनले बताए । ‘बिहानदेखि बेलुकासम्म कर्मचारी खटाएर काम गरिरहेका छौँ । केही ठाउँमा परीक्षण भइरहेको छ । सबै परीक्षण सकेपछि इन्ट्री र रुजु गरेर त्रुटी नहुने गरी नतिजा सार्वजनिक गर्छौं,’ उनले भने । एसईई परीक्षा गत ७ चैतदेख...
एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव
प्रशासन, शिक्षा, समाचार

एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

नेपालअखबार,काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मन्त्रालयले एसईई प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव राखेको हो । कक्षा दश उतीर्ण पश्चात् विभिन्न शिक्षाका धारमा अध्ययन गर्नसक्ने भएकोले परीक्षा प्राणाली र मूल्यांकन मापदण्डमा एकरुपता कायम गर्न एसईई आवश्यक रहेको मन्त्रालयको निष्कर्ष छ । ‘कक्षा दशको अन्तिम परीक्षा (एसईई) प्रदेशस्तरमा हुनेछ,’ प्रस्तावमा भनिएको छ ।एसईई परीक्षा बोर्डको समन्वय र सम्बन्धित शिक्षा कार्यालयको संयोजनमा सञ्चालन हुने मन्त्रालयको प्रस्तावमा छ । मूल विधेयक र उपसमितिको प्रतिवेदनमा एसईई समावेश गरिएको थिएन ।...
विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय
शिक्षा, समाचार, समाज

विद्यार्थी भर्ना नभएपछि बन्द भए बेनीका २ विद्यालय

नेपालअखबार,म्याग्दी । विद्यार्थी नभएपछि बेनी नगरपालिकाको दुई विद्यालय बन्द भएका छन् । बेनी–५ को माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् । बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले नयाँ शैक्षिक सत्रमा कोही पनि विद्यार्थी भर्ना हुन नआएपछि दुई वटै विद्यालयका शिक्षकलाई नजिकको विद्यालयमा व्यवस्थापन गरिएको बताए । ‘बन्द भएका जगन्नाथ र ओखले आधारभूतलाई विद्यार्थी सङ्ख्या न्यून भएकाले गत शैक्षिक सत्रमा १–३ बाट कक्षा घटुवा गरेर बालकक्षा मात्र सञ्चालन भएको थियो’, उनले भन्नुभयो “यसपाली बालकक्षा पढ्ने विद्यार्थी पनि नभएपछि विद्यालय बन्द भएका हुन् ।’ गत वर्ष ओखले आधारभूतमा पाँच र जगन्नाथमा तीन जना विद्यार्थी थिए । ओखलेका बालविकास सहयोगीलाई दिपक मावि र जगन्नाथका बालविकास सहयोगीलाई डिम्ब आधारभूतमा व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । सुविधायुक्त ...
५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढिरहेकी वडासदस्य

नेपालअखबार,काठमाडौँ । पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुने रहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। बाउन्न वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो,’ उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि विद्यालय भर्ना भएको उनले बताइन्। ‘विद्यालय व्यवस्थापन...
वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन
शिक्षा, समाचार

वीरगञ्जका विद्यालयमा बिहान पठनपाठन

नेपालअखबार,वीरगञ्ज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगर क्षेत्रका विद्यालयमा बिहान पठनपाठन प्रारम्भ भएको छ । वीरगञ्ज महानगरको निर्णयअनुसार आजदेखि महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा पठनपाठन सुरु भएको हो । अर्को सूचना जारी नभएसम्म बिहान समयमा ६ बजेदेखि अध्यापन हुनेछ । महानगरपालिकाका अनुसार वीरगञ्ज नगर क्षेत्रमा  ९२ सामुदायिक र १३८ वटा निजी विद्यालय छन् भने सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।...
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित
विश्व, शिक्षा, समाचार, समाज

भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित

नेपालअखबार,काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका  आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् । भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द भएका छन् । पाकिस्तानले पनि पञ्जाब प्रदेशका विद्यालयहरू बन्द गरिएका छन् । उक्त प्रदेशकी मुख्यमन्त्री मरियम नवाज शरीफले जनसुरक्षाको दृष्टिले प्रान्तभरका शिक्षण संस्था र परीक्षा बन्द गरिने घोषणा गरेकी छन्। गत महिना भारतको कश्मीरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी भएको आतङ्ककारी हमलाको प्रतिकारमा भारतले गएराति पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ स्थानमा मिसाइल प्रहार गरेको बताएको हो । यो आक्रमणमा दर्जनौँको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।...
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
शिक्षा, समाचार

कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध

नेपालअखबार,काठमाडौँ । आइतबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा मोबाइल फोन, स्मार्ट घडी लगायत इलेक्ट्रोनिक्स डिभाइस लैजान निषेध गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एक सूचना जारी गर्दै कक्षा १२ को परीक्षा हलमा मोबाइल लगायतका सामाग्री लैजान निषेध गरिएको जनाएको हो । जारी सूचनामा परीक्षा हलमा मोबाइल लगिए जफत गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने जनाएको छ । परीक्षालाई मर्यादित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्न इलेकट्रोनिक्स डिभाइसमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ । भोलिदेखि देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । बोर्डले ५ हजार २०२ विद्यालयका विद्यार्थीको परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकिएको जनाएको छ ।...
आज सरकार-शिक्षक वार्ता दिउँसो
राजनीति, शिक्षा, समाचार

आज सरकार-शिक्षक वार्ता दिउँसो

नेपालअखबार,काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ । शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ । ‘अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो । अहिलेसम्म सरकारले विश्वासको आधार बनाएको छैन । सरकारसँगको छलफलमा त आज पनि जान्छौ । ऐन जारी हुने सुनिश्चितता हुनु पर्‍यो । सरकारले विश्वसिलो आधार बनायो भने त्यही अनुसार प्रस्तुत हुन्छौं । जनाएन भने त्यही अनुसार हुन्छौं’, उनले भनिन् । यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन...
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
प्रशासन, शिक्षा, समाचार

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक ...