Monday, August 24

शिक्षा

पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न

पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन वैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ । पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको हो । विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ ।...
प्याब्सनको चेतावनी शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने
शिक्षा, समाचार, समाज

प्याब्सनको चेतावनी शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्तिने

नेपालअखबार,काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न  सरकार र सरोकारवाला पक्षहरूलाई  आग्रह गरेको छ तीन हप्तादेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगन, नयाँ शैक्षिक सत्र प्रारम्भ नहुनु र माध्यमिक शिक्षा परीक्षाको उत्तरपुस्तिका परीक्षण रोकिएको अवस्थाले शिक्षा क्षेत्रमा गम्भीर समस्या निम्त्याउने चेतावनी दिएको प्याब्सनले शिक्षालाई अनिश्चितताबाट मुक्त गर्न वार्ता र संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएको छ। प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा शिक्षा ऐनको तर्जुमा प्रक्रियालाई तीव्र बनाउँदै दीर्घकालीन समाधानको बाटो पहिचान गर्न सरकारसँग आग्रह गरिएको छ ।  साथै, शिक्षक महासङ्घलाई पनि सहजीकरणका उपाय अवलम्बन गर्दै निकास खोज्न...
गएनन् शिक्षकहरू शिक्षा मन्त्रीले बोलाएको वार्तामा
शिक्षा, समाचार, समाज

गएनन् शिक्षकहरू शिक्षा मन्त्रीले बोलाएको वार्तामा

नेपालअखबार,काठमाडौं ।  सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे। नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका थिए। उक्त आह्वानप्रति शिक्षक महासंघ सकारात्मक थियो। वार्ताका लागि भनेर महासंघका केही नेताहरू शिक्षा मन्त्रालय जाँदै थिए। तर प्रहरीले पासको कारण देखाएर सिंहदरबारको दक्षिणी गेटमै शिक्षक महासंघका नेताहरूलाई रोकिदियो। त्यसबेला शिक्षा मन्त्री पन्त महासंघका वार्ताकारहरूलाई कुर्दै मन्त्रालयमै बसिरहेका थिए। सिंहदरबार छिर्ने पासका लागि सहजीकरण गर्न शिक्षा मन्त्रीले मन्त्रालयका सहसचिव कृष्णप्रसाद काफ्ले लगायतलाई आग्रह पनि गरेका थिए। तर शिक्षक महासंघका वार्ता टोली मन्त्रालय पुगेन, वार्ता हुन सकेन। ...
कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडौं । कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । ११ वैशाखको लागि तोकिएको परीक्षा शिक्षकको आन्दोलनका कारण २१ गतेका लागि  सारिएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २१ गतेदेखि सुरु हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । हेर्नुहोस् तालिका
कक्षा १२ को परीक्षा गर्ने तयारी निजामती कर्मचारी परिचालन गरेर भए पनि
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा गर्ने तयारी निजामती कर्मचारी परिचालन गरेर भए पनि

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरू तत्काल विद्यालय फर्कने अवस्था नदेखेपछि सरकारले वैकल्पिक व्यवस्था गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्न खोजेको छ। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आलोपालो गर्दै काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूले मंगलबार पनि प्रदर्शन गर्दैछन्। कक्षा १२ को परीक्षा आउन दुई दिनमात्रै बाँकी रहेको अवस्थामा सरकारले आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सकेको छैन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाइसकेकी छन्। शिक्षकहरूका माग सम्बोधनका लागि विभिन्न प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी मन्त्री भट्टराईले अर्थ मन्त्री व...
‘शिक्षकको आन्दोलन, शिक्षा ऐन भन्छन्, हामी त बच्चा पढाउन भारत जानुपर्छ!’
शिक्षा, समाचार, समाज

‘शिक्षकको आन्दोलन, शिक्षा ऐन भन्छन्, हामी त बच्चा पढाउन भारत जानुपर्छ!’

नेपालअखबार,इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो। तर, देशभरका विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा छन्। सरकारले माग सम्बोधन गरेपछि शिक्षकहरू फर्केलान्, विद्यालय खुला र विद्यार्थीको भर्ना होला। तर, इलामका उत्तरी भेगका अभिभावकलाई त्यति पनि आशा छैन। आफ्नो ठाउँमा विद्यालय नै नभएपछि उनीहरूलाई आन्दोलनको चासोभन्दा पनि बालबच्चा कहाँ पढाउने भन्ने चिन्ताले पिरोलेको छ। ‘शिक्षकको आन्दोलन भन्छन्, शिक्षा ऐन भन्छन्। हामी त बच्चा पढाउन भारत जानुपर्छ!, माइजोगमाई गाउँपालिका–५ मेग्माकी नुमा शेर्पाले भनिन्, ‘गाउँमा एउटा विद्यालय छैन। अर्काको देशमा बच्चा पढाउन पठाउँदाको पीर कसैले बुझेनन्।’ उनी मात्रै होइन उत्तरी इलामका लेकाली भेगका अधिकांश अभिभावकले बालबच्चा भारतको विभिन्न विद्यालयमा पढाउनुपर्ने बाध्यता छ। यहाँका जौबारी, तुम्लिङ, मेग्मा, आलेभञ्ज्याङ, नुनथला, इङ्ला, गैरीबास...
राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह
शिक्षा, समाचार, समाज

राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह

नेपालअखबार,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो । ‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगले भनेको छ, ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’ मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको आयोगको ठहर छ । ‘विद्यालयका शिक्षकशिक्षिकाहरूले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्न...
नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै
शिक्षा, समाचार, समाज

नेपाल इन्जिनियरिङ कलेजमा पूर्वविद्यार्थीहरुको जमघट हुँदै

नेपालअखबार,काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)बाट उच्च शिक्षा लिएका पूर्वविद्यार्थीहरुको जमघट हुने भएको छ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेकले आफ्ना पूर्वविद्यार्थीहरुको जमघट गराउने जमर्को गरेको हो । कलेजले यही बैशाख ६ गते पूर्व विद्यार्थीहरुको भेला तथा नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम पनि राखेको जनाएको छ । कलेजबाट आफ्नो अध्ययन पुरागरी विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा क्रियाशिल कलेजका पूर्वविद्यार्थी विच आपसी समन्वय, सहकार्य र मित्रता कायम गराउन ‘नेक अल्मुनाई मिट’ कार्यक्रम गर्न लागेको कलेजका मिडिया रिलेसन अफिसर तथा असिस्टेन्ट प्रोफेसर आशिष झाले बताउनु भयो । ‘नेक अल्मुनाई मिट’ मा कलेजका पूर्वविद्यार्थीहरुले कलेज जीवनको स्मरण गर्ने, एकापसमा व्यवसायिक र व्यक्तिगत अनुभव साटासाट गर्ने तथा कलेजको समग्र उन्नयनका लागि कसरी सहकार्य गर्ने भन्ने ...
शिक्षक महासंघले गर्‍यो आग्रह कक्षा १२ को परीक्षामा संलग्न नहुन
शिक्षा, समाचार, समाज

शिक्षक महासंघले गर्‍यो आग्रह कक्षा १२ को परीक्षामा संलग्न नहुन

नेपालअखबार,काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघले वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा संलग्न नहुन केन्द्राध्यक्ष, निरीक्षक लगायत प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई आग्रह गरेको छ। महासंघले सोमबार विज्ञप्तिमार्फत् चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन जारी रहेको भन्दै यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन भनेको छ। ‘२०८२ वैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गर्दछौं। शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी...
सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई
प्रशासन, शिक्षा, समाचार

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ। चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन्। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।...