हर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट इरानले शुल्क उठाउने
नेपालअखबार, काठमाडौं । इरानले हर्मुजमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने भएको छ।
सोमबार इरानको संसदीय समितिले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क असुल गर्ने योजना स्वीकृत गरेको हो।
यो योजनालाई इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजिसी) निकट फार्स न्युज एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले उक्त प्रस्ताव अनुमोदन भएको पुष्टि गरेका छन्।
प्रस्तावअनुसार अमेरिकी र इसराइली जहाजहरूलाई सो जलमार्ग प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइनेछ। सँगै इरानमाथि प्रतिबन्ध लगाउने अन्य देशका जहाजहरूलाई पनि आवतजावतमा प्रतिबन्ध लगाउने तयारी गरिएको छ।
एएफपीका अनुसार हर्मुजमा टोल प्रणालीबारे इरानी सरकारी टेलिभिजनमार्फत जानकारी दिइएको छ। इरान र ओमानको बीचमा पर्ने भएकाले यो नीति कार्यान्वयनका लागि इरानले ओमानसँग मिलेर काम गर्ने बताइएको छ।
हर्मुजबाट विश्वको २० प्रतिशतभन्...










