Tuesday, July 14

समाचार

सरकार र जेनजीबीच सम्झौतामा हस्ताक्षर हुँदै
राजनीति, समाचार

सरकार र जेनजीबीच सम्झौतामा हस्ताक्षर हुँदै

नेपालअखबार,काठमाडौं । सरकार र जेनजी प्रतिनिधिहरूबीच भएको सम्झौता हुने भएको छ । बुधबार (आज) साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्झौतामा हस्ताक्षर हुन लागेको हो । प्रधानमन्त्री कार्यालयको सगरमाथा हलमा हस्ताक्षर कार्यक्रम हुन लागेको सचिवालयले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री कार्की पनि उपस्थित रहनेछिन् ।...
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री
राजनीति, समाचार

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : कानुनमन्त्री

नेपालअखबार,काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले संघ, प्रदेश तथा स्थानीय तह र सरोकारवालाहरूले मानव अधिकार संरक्षण र संवद्र्धनमा अतुलनीय योगदान दिएको उल्लेख गर्दै त्यसमा केही कमी देखिए सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिन पनि आग्रह गरे । उनले मानव अधिकारको संरक्षण र संवद्र्धनमा सरकारसँग सहकार्य गरेर अघि बढ्न पनि मानव अधिकारकर्मी र नागरिक समाजका अगुवालाई आग्रह गरे । मन्त्री सिन्हाले सरकारले मानव अधिकार आयोगको संस्थागत सुदृढिकरणमा पनि जोड दिएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिसहरू कार...
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रूख काटिने
समाचार, समाज

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रूख काटिने

नेपालअखबार,काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रूख कटान गरिने भएको छ। पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण मन्त्रालयहुँदै सम्पूर्ण प्रक्रिया पूरा भएपछि रूख काटिने आदेश प्राप्त भएको हो। प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए। सोअन्तर्गत सर्लाहीमा तीन हजार ६७४ र धनुषामा एक हजार ८७६ रुख कटान गर्ने आदेश भएको प्रमुख दासले बताए। उनका अनुसार सडक विस्तारका क्रममा सहरी तथा बजार क्षेत्रमा ६ लेनसहित ३१ मिटर चौडाइ र अन्य क्षेत्रमा चार लेनसहित १८ मिटर चौडाइ कायम गरि...
एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिए
प्रशासन, राजनीति, समाचार

एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिए

नेपालअखबार,काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन्। आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो । सो समयभित्र एक सय राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएको आयोगले जनाएको छ। यसरी आवेदन गर्नेमा संयुक्त निर्वाचन चिन्ह लिएका र एकल चुनाव चिन्ह लिएका राजनीतिक दल छन्। प्राप्त भएको आवेदन माथि आवश्यक अध्ययन गरी यही मंसिर २६ गतेसम्म स्वीकृत गरिने आयोगले उल्लेख गरेको छ। आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ। सो सूचीमाथि आवश्यक अध्ययन पश्चात् आगामी माघ ४ गत...
‘पानी बोकेरै जवानी गयो’
समाचार, समाज

‘पानी बोकेरै जवानी गयो’

नेपालअखबार,कालिकोट।  देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ। तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन्। गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो। यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै  ठोकिने भीर आइपुग्छ। भीरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ। तिलगुफा नगरपालिका–२ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि झण्डै ज्यान गुमाउनुपरेको थियो।  चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए। गाउँले मिलेर उनलाई उद्धार गरे। उनले त्यो दिनको त्रासदी सम्झिँदै भने, 'चालमको बोरा लिएर साँझमा घर आउँदै थिए। आधाआधि भीरमा पुगेपछि चिप्लिए छु। झण्डै तिलानदीमा पुगेको। धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन्। टाउकामा चोट...
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले आज पदबहाली गर्दै
प्रशासन, समाचार

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यले आज पदबहाली गर्दै

नेपालअखबार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणमा पुनर्बहाली भएका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज बिहान १० बजे पदबहाली गर्ने भएका छन्। सोमबार सर्वोच्च अदालतले उनलाई प्राधिकरणमा पुनर्बहाली गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध फैसला गरेकोथियो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।...
गोप्य भिडियो बाहिरिएसँगै अमेरिकी रक्षामन्त्रीलाई लाग्यो हत्या आरोप, संकटमा पद
राजनीति, विश्व, समाचार

गोप्य भिडियो बाहिरिएसँगै अमेरिकी रक्षामन्त्रीलाई लाग्यो हत्या आरोप, संकटमा पद

नेपालअखबार,काठमाडौं । अमेरिकी रक्षामन्त्री पीट हेगसेथमाथि दुई व्यक्तिलाई जानाजानी मारेको गम्भीर अभियोग लागेपछि उनको पद धरापमा परेको छ। क्यारेबियन सागरमा ड्रोन हमला गरी मानिसहरूलाई मारिएको भनिएको ४० मिनेट लामो गोप्य भिडियो बाहिरिएपछि उनीमाथि दबाब बढेको हो। यस घटनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हेगसेथविरुद्ध कारबाही गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ । विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरूले उनको राजीनामा मागिरहेका छन्। अमेरिकी संसद (कंग्रेस) ले रक्षा मन्त्रालयलाई उक्त आक्रमणको सम्पादन नगरिएको फुटेज उपलब्ध गराउन सशक्त दबाब दिइरहेको छ। यसै क्रममा संसदले पेन्टागन प्रमुख हेगसेथको भ्रमण खर्च २५ प्रतिशतले कटौती गर्ने निर्णयसमेत गरेको छ। भएको के हो ? राष्ट्रपति ट्रम्पले घोषणा गरेको लागूऔषध विरुद्धको अभियान अन्तर्गत भेनेजुएला र दक्षिण अमेरिकी राष्ट्रहरूबाट लागूऔषध बोकेर आउने तस्करहरूलाई अ...
नयाँ पुस्ताको माग पूरा गर्न जरुरी छ: उपराष्ट्रपति यादव
राजनीति, समाचार

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले अघिल्लो भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताले गरेको आन्दोलनले देखाएको असन्तोषले पनि मानव अधिकारको सुनिश्चितता अझै अपूर्ण रहेको तथ्यलाई उजागर गरेको बताएका छन्। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भने, “युवापुस्ताको असन्तोष नातावाद र भ्रष्टाचारविरुद्धको विद्रोहका सन्दर्भमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसले नेपाललाई समानता, न्याय, वाक् स्वतन्त्रता र गरिमामय जीवन सुनिश्चित गर्न थप जिम्मेवार र संवेदनशील बन्न प्रेरित गरेको छ ।” नयाँ पुस्ताको सक्रिय सहभागिताले मुलुकमा समान अवसर, पारदर्शिता र सुशासनको अपरिहार्यता स्पष्ट पारेको र सामाजिक न्यायप्रतिको आकाङ्क्षा र नेपाली जनचाहनालाई सम्बोधन गर्न आवश्यक रहेको उपराष्ट्रपति यादवको भनाइ छ । शुभकामना सन्देशमा भनिएको छ, “नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहि...
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल
राजनीति, समाचार

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउनुपर्ने बताएका छन् ।  लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुने उनको अपेक्षा छ । ‘युवापुस्ताको आन्दोलनपश्चात् देशमा विकसित राजनीतिक परिस्थितिलाई सम्पूर्ण नेपाली जनताका साथै अन्तरराष्ट्रिय समुदायले विशेष चासोका साथ हेरिरहेको छ, देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र सर्वसाधारण नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्छ,’ उनले भनेका छन् । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले विश्वमा न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न राष्ट्रहरूको ध्यान केन्द्रित भइरहेका सन्दर्भमा नेपालले पनि...
प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचन आउन ८५ दिन बाँकी, केही मतदानस्थल पुनरावलोकन गरिँदै

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आममतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ । आयोगले पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न वा समावेश हुन छुट भएको भए हाल सञ्चालन भइरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा मिलाउन भनेको छ । सो कार्यक्रम यही मंसिर २६ गतेसम्म चल्नेछ । नामावलीमा रहेको त्रुटि सच्याउने नाम हटाउने, दाबी विरोध गर्ने कामका अतिरिक्त एउटै वडाभित्र रहेको कुनै एक मतदानस्थलबाट आफूलाई पायकपर्ने अर्को मतदानस्थलमा नाम सार्नका लागि निवेदन दिनसक्ने सुविधा रहेको सूचनामा उल्लेख छ । मतदाताले सम्बन्धित वडाभित्रकै अर्को मतदानस्थलमा आफ्नो नाम सार्न चाहेमा सम्बन्धित निर्वाचन कार्या...