Thursday, July 16

समाचार

‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ
राजनीति, समाचार

‘ओलीकुटी’प्रति महावीरको कटाक्ष– इन्जिनियरलाई कारबाही गर्नुपर्छ

नेपालअखबार,काठमाडौं ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ओलीकुटीप्रति कटाक्ष गरेका छन्। भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा उक्त घर बन्न लागेको हो। आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा टिप्प्णी भइरहेको छ। मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै व्यंग्य गरेका हुन्। ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो,’ ठट...
गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
समाचार, समाज

गोवाको नाइट क्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु

नेपालअखबार,काठमाडौं ।  भारतको उत्तरी गोवाको अर्पोरास्थित नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। राजधानी पनजीबाट २५ किलोमिटरको दूरीमा रहेको बर्च बाई रोमियो लेन नाम गरेको नाइट क्लबमा मध्यरातमा भीषण आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय पत्रिका हिन्दस्तान टाइम्सले जनाएको छ। गोवाका प्रहरी प्रमुख आलोक कुमारका अनुसार ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी सुरु भएको थियो। आगलागीका कारण क्लबभित्र रहेका मानिसहरू भाग्न नपाउँदै धुवाँ र आगोको लप्कामा परेका थिए। गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये अधिकांश क्लबका किचनमा काम गर्ने कर्मचारी रहेको जानकारी दिएका छन्। मृतकमध्ये तीनजना महिला रहेका छन् भने तीन–चार जना पर्यटक पनि रहेको उनले बताएका छन्। मुख्यमन्त्री सावन्तका अनुसार २३ मृतकमध्ये तीन जनाको जलेर मृत्यु भएको हो भने बाँकीको मृत्यु निसास्सिएर भएको हो। प्रारम्भिक अनुस...
समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै
प्रशासन, राजनीति, समाचार

समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आजबाट सुरु हुँदै

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम आज मंसिर २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिने उनले बताए । त्यसैगरी आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला हुनुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सद...
अफगानिस्तानले भन्यो- पाकिस्तानी आक्रमणबाट चार नागरिकको मृत्यु
राजनीति, विश्व, समाचार

अफगानिस्तानले भन्यो- पाकिस्तानी आक्रमणबाट चार नागरिकको मृत्यु

नेपालअखबार,काठमाडौं । अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान दुवैले शुक्रबार राति गोलीबारी भएको पुष्टि गरेका थिए । चार घण्टासम्म चलेको संघर्षको सुरूवातका लागि दुवै मुलुकले एक–अर्कामाथि दोष लगाएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले बिना कुनै कारण गोलीबारी गरेको आरोप लएका छन् । तालिबानका एक प्रवक्ताले पनि पाकिस्तानले आक्रमण गरेपछि आफूहरू जवाफ दिन बाध्य भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो झडपका कारण पाकिस्तानका ...
पुराना दल सकिए भनेर नसोच्नू: अध्यक्ष ओली
राजनीति, समाचार

पुराना दल सकिए भनेर नसोच्नू: अध्यक्ष ओली

नेपालअखबार, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू सकिए वा सकिन्छन् भन्ने धारणा नबनाउन आग्रह गरेका छन्। शनिबार नेकपा एमालेको ११औँ महाधिवेशनका लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले आगो लगाएरै सरकार बनाउने र चल्ने सोच राख्नेहरूलाई चेतावनी दिए। उनले प्रश्न गरे, "फेरि पनि आगो लगाएर सरकार बनाउने? फेरि पनि आगोकै भरमा सरकार बन्छ? पार्टीहरूकै सरकार बन्छ।" ओलीले यस पटकको महाधिवेशन एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्ने र एमाले फेरि अघि बढ्ने बताए। उनले एमालेलाई द्वापर युगका बालक अभिमन्युलाई जस्तो एकैसाथ घेरेर चक्रब्युहमा पारौँला भन्ने नसोच्न आग्रह गरे। "एमाले अभिमन्युजस्तो कलिलो होइन, एमालेले त्यस्ता चक्रब्युहलाई कच्याककुचुक बनाइदिन्छ," ओलीले भने। उनले फागुन २१ मा चुनाव नहुने बताउँदै अहिले एमाले सरकारको चक्करमा पनि नरहेको स्पष्ट पारे। ओलीले एमाले चुनावक...
मधेशको सत्ता समीकरण प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ : प्रचण्ड
राजनीति, विचार, समाचार

मधेशको सत्ता समीकरण प्रभाव अन्य प्रदेशमा पनि देखिन्छ : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरणको प्रभाव अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन् । शनिबार जनकपुरमा आयोजित पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको जिकिर गरे । साथै, मधेशबाट सुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी उनको थियो । ‘मधेशले अहिले भर्खरै पनि परम्परागत तथाकथित समीकरणको पछि नलागेर मधेश सरकार बनाउने बेलामा नेपाली कम्युनिस्ट पार्टी, मधेशवादी दल र नेपाली कांग्रेस समेत बनेर नयाँ सरकार बनेको छ । केही वर्षदेखिको समीकरण तोडिएको छ । र नयाँ समीकरणको सुरुवात पनि मधेशबाटै भएको छ,’ उनले भने, ‘मधेशबाट देखिएको यो सन्देश देशका बाँकी प्रदेशमा पनि अघि बढ्नेछ ।’ मुलुकमा गणतन्त्र स्थापीत भएपछि पनि जन...
नेकपाप्रति ‘जेनजी’ पुस्ताको आकर्षण बढेको छ : माधवकुमार नेपाल
राजनीति, समाचार

नेकपाप्रति ‘जेनजी’ पुस्ताको आकर्षण बढेको छ : माधवकुमार नेपाल

नेपालअखबार,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले पनि नेकपामाथि विश्वास गरेको दाबी गरेका छन्। जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै  थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको बताए। उनले देशभर जेनजी युवाको आकर्षण नेकपाप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेकपा अगाडि बढिसकेको बताए। पूर्व प्रधानमन्त्री समेत रहेका सहसंयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेकपा निर्माण भएको बताए। उनले नेपाललाई समृद्ध बनाउन सबै एकीकृत हुनुपर्ने कुरामा जोड दिए। उनले सिरहा र जनकपुर आफ्नो मामाघर रहेको बताउँदै धनुषा जिल्लाको गाउँगाउँबारे आफूलाई जानकारी रहेको बताए। नेपालले नेकपाले मधेशको मुक्तिका लागि सङ्घर्ष गर्दैछ र यसले नै मुक्ति दिलाउने विश्वास गर्न आग्रह गरे। उनले ज्येष्ठ नागरिक, दलित र मुस्लिमका ...
समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल
राजनीति, समाचार

समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल

नेपालअखबार, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताएका छन् । २०६२/०६३ मा भएको जनआन्दोलन पुँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए । जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए । पुँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो । त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको उनले बताए । 'नेपाली विशेषताको समाजवाद स्थापना गर्न पुँजीपतिहरूसँग साँठगाठ गरेर हुँदैन, आमजनतासँग मिलेर मात्र सम्भव छ,' उनले भने, 'यो धर्तीको स्वर्ग हो, समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाए ।' उनले देशमा सबै कम्...
नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल
राजनीति, समाचार

नागरिकको मुहारमा खुशी ल्याउने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

नेपालअखबार,काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको मुहारमा खुशी ल्याउन सेवा प्रवाहमा चुस्तता र सुशासन महत्वपूर्ण पक्ष रहेको जिकिर गरे । नयाँ पुस्ताको चाहना बुझेर राजनीतिक नेतृत्वले आफूलाई सोहीअनुसार रुपान्तरण गर्दै लैजान जरुरी रहेको पनि बताए । ‘लोकतन्त्र केवल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने संस्कार र शैली हो । यो लोकहितमा समर्पित हुने असल आचरण  र चरित्र पनि हो,’ उनले भने, ‘यो मर्म र भावना बुझेर अघि बढ्ने नेतृत्व र जनप्रतिनिधिको दृढ इच्छाले मात्र भौतिक विकाससँगै नागरिकको मुहारमा खुशी ल्याउन र व्यवस्थाप्रति भरोसा जागृत गराउन सक्छ ।’ संविधानले स...
जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा
राजनीति, समाचार, हाइलाइट-समाचार

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

नेपालअखबार,जनकपुर । नेपाली कम्युनिस्ट पार्टीले शनिबार जनकपुरमा एकता सन्देश सभा गरिरहेको छ। एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो। सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्। सभामा ठूलै संख्यामा नागरिक र कार्यकर्ताको उपस्थिती छ। तस्बिरहरूः ...