Monday, November 23

समाचार

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक
विश्व, समाचार, स्वास्थ्य

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक

नेपाल अखबार, एजेन्सि। विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब आठ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार विहानसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या सात लाख ९७ हजार सात सय ८७ पुगेको छ । यसैगरी विश्वभर विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २८ लाख ६४ हजार ८ सय ७३ पुगेको छ । कोरोना संक्रमणको महामारीबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमितको संख्या ५६ लाख २१ हजारभन्दा धेरै छ । मृतकको संख्या १ लाख ७५ हजार ४ सय ४३ छ ।...
मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि
समाचार, समाज, स्वास्थ्य

मिर्चैयामा मृत्युपछि कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, सिरहा ।  सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो । बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए । कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो । बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ । दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइर...
सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन
प्रशासन, समाचार, स्वास्थ्य

सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन

नेपाल अखबार, काठमाडौं । कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । कोभिड–१९ बाट संक्रमित  सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा  रहेका छन् । धनुषामा गत जेठ १३ गते पहिलो पटक सेनाका दुई जनामा कोभिड–१९ संक्रमण देखिएको थियो । पछिल्लो समय नेपालगञ्जस्थित तालीम केन्द्रमा एकै पटक २५ जनामा उक्त संक्रमण देखिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले भने, “मुलुकमा कोभिड–१९ को संक्रमण बढ्न गई आइसोलेशनको अभाव हुने अवस्था देखेर सैनिक जनशक्तिका लागि ब्यारेकभित्रै आइसोलेसन बनाएर कार्यान्वयनमा ल्याउने कार्यको शुरुआत भइसकेको छ ।” केही स...
अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भदौ १६ बाट
प्रशासन, समाचार

अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भदौ १६ बाट

नेपाल अखबार, काठमाडाैं। सरकारले भदौं १६ देखि अन्तराष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रीपरिषको बैठकले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यस्तै पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् । कुटनीतिक नियोगको संयोजनमा चार्टर विमानबाट विदेशमा रहेका नेपाली स्वदेश फर्कन सक्ने र नेपाल आएपछि ७ दिन होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । नेपालमा स्वास्थ्य परिक्षणपछि १४ दिन घरमा छुट्टै बस्नुपर्नेछ ।  संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयबाट गरिने उद्धार उडानमा दैनिक ५ सय भन्दा बढी यात्रू ल्याउन नपाइने निर्णय भएको छ । नियमित उडानमा कुटनीतिक नियोगका अधिकारी र अत्यावश्यक काम परेका नेपाली नियमित उडानमा आउन सक्नेछन् ।...
भलाम ¥यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए
समाचार, समाज

भलाम ¥यालेचौरको क्वारेन्टिनलाई सहयोग गर्दै क्वारेन्टिनबाट घर फर्किए

नेपाल अखबार, पाेखरा।  विदेशबाट आएकाहरुलाई सुरक्षित रुपमा राख्ने उद्देश्यका साथ पोखरा–२० भलाममा निर्माण गरिएको क्वारेन्टिनलाई सोही क्वारेन्टिनबाट विदाई भएका तीनजना युवाहरुले नगद सहयोग गरेका छन । पोखरा–२०, भलाम नाजिम घर भइ भारतबाट आएका खिम बहादुर घर्ती, दुबई बाट आएका पोखरा–२०, भलामका सन्तोष नेपाली र पोखरा–२० मोहोरियाका गोपी गुरुङले ¥यालेचौर वेसीमा रहेको क्वारेन्टिनमा बसेर विदाई हुदै गर्दा आर्थिक सहयोग गरेका हुन । क्वारेन्टिनमा बसेको ९ दिन पछाडि पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टिन होमले विदाइ गर्दै गर्दा उनीहरुले क्वारेन्टिनमा घरको भन्दा पनि राम्रो सेवा सुविधा प्रदान गरेको भन्दै नगद सहयोग गरेका हुन । क्वारेन्टिनमा सहयोग पुगोस भनेर गोपी गुरुङले रु. ५ हजार ५ सय ५५, सन्तोष नेपालीले ५ हजार र खिम बहादुर घर्तीले नगद ३ हजार २ सय सहयोग गरेका हुन । सहयोग रकम प्रदान गर्दै गोपी गुरुङ र खि...
हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार
समाचार, समाज, हाइलाइट-समाचार

हजुरआमासँगै सुतेकी बालिकाको अपहरण गरी बलात्कार

नेपाल अखबार, बर्दिया। बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ। बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन्। विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए। पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभार राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस...
कालीकोटमा शुक्रबार रातिदेखि निषेधाज्ञा
प्रशासन, समाचार

कालीकोटमा शुक्रबार रातिदेखि निषेधाज्ञा

नेपाल अखबार, सुर्खेत । कालीकोटमा पनि आजै (शुक्रबार) रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र कालीकोटको शुक्रबार बसेको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय कालीकोटले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्ऽप्रसाद गैरेले जानकारी दिए । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी गैरेका अनुसार पछिल्लो समय कालीकोटमा प्रहरी, कर्मचारी र समुदायका नागरिकमा कोरोना संक्रमण देखिएको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यकबाहेकका सबै सेवाहरू बन्द रहने बताइएको छ । कोरोना भाइरसको महामारीबाट थप सजग र सु...
एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण
समाचार, स्वास्थ्य

एपीएफका ३४ खेलाडीलाई कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो । यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो । अहिलेसम्म कुल ३६ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ । पछिल्लो पटक काठमाडौं उपकत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यस्तै विभिन्न खेलका खेलाडी र प्रशिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ ।...
इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता
विश्व, समाचार

इराकबाट सबै अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको प्रतिबद्धता

नेपाल अखबार,  वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा तैनाथ सबै अमेरिकी सेनालाई जतिसक्दो चाँडो स्वदेश फर्काउने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।  इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँग ह्वाइट हाउसमा बिहीबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले उक्त योजनाका बारेमा जानकारी गराएका हुन् । इराकमा पछिल्ला वर्षहरुमा इरान समर्थित अतिवादीहरुको प्रभाव बढ्न थालेको तथा इस्लामिक स्टेटका लडाकूहरु पुनः सक्रिय हुन थालेको भन्दै प्रधानमन्त्री मुस्तफाले राष्ट्रपति ट्रम्पसँग विचारविमर्श गरेका थिए । ह्वाइट हाउसमा प्रधानमन्त्री मुस्तफासँगको भेटमा राष्ट्रपति ट्रम्पले भने, “हामी इराक छाड्न व्यग्र छौं, र म त्यो दिनको प्रतिक्षामा छु ।” ट्रम्पले भने, “हामी इराकमा थियौं र अब हामी छाड्दैछौं । हामी जतिसक्दो चाँडो इराकबाट बाहिरिने छौं र हामीबीचको सम्बन्ध जहिल्यै सुमधुर छ । हामीबीच ठूलै स्तरमा तेलसम्बन...
हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई
विश्व, समाचार

हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई

नेपाल अखबार, एजेन्सी । एकैछिनका लागि कल्पना गर्नुुस्, तपाई हिउँको संसारमा हुनुहुन्छ । गाँस, बास र कपासको अभाव छ । तपाईलाई सहयोग गर्ने कोही पनि छैन । दुई–चार दिन रमाइलै पनि होला, हप्ता वा त्यसभन्दा अगाडि जसोतसो टारिएला । तर, झन्डै एक वर्षसम्म यस्तो परिवेशमा बाँच्नु सायद असम्भव छ । दुर्भाग्यवस्, सन् १९५७ मा १५ वटा कुकुर यसरी नै हिउँको संसार अर्थात् अन्टार्टिका महादेशमा फसे । त्यो पनि साङ्लोमा बाँधिएको अवस्थामा, यहाँबाट दुई दाजुभाई मृत्यु जितेर फर्किएका थिए । एकातर्फ यो घटनाले आफुप्रति गरिएको विश्वासलाई न्याय गर्नबाट मानिस कसरी चुक्छ भन्ने देखाउँछ । अर्कोतर्फ, यसभित्रको शानदार कथाले युुग–युुगसम्म मानिसलाई बाँच्नका लागि संघर्ष गर्न प्रेरित गर्नेछ । यसकारण गएका थिए अन्टार्टिका  इन्टरनेशनल जियो फिजिकल इयर (आईजिवाई) सँगको सहकार्यमा जापान नेशनल इन्स्टिच्युुट अफ पोलार रिसर्चले १९५७ मा जापानिज अन्टा...