Monday, November 23

समाचार

पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५  र भक्तपुरमा १  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा २५० जना डिस्चार्ज भएका छन् भने योसँगै निको हुनेको कुल संख्या १८ हजार २१४ पुगेको पनि गौतमले बताए । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा रहेकाको संख्या ८ हजार ५४६ रहे्को छ । यस्तै होम आइसोलेसनमा ३ हजार ५८६ जना रहेका छन् ।...
चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ
प्रदेश ४, समाचार

चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ

नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्व मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् । हरितालिका तीज पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् । सन्देशमा उनले नेपालमा मनाइने मौलिक चाडपर्वले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु¥याउँदै आइरहेको चर्चा गरेका छन् । मुख्यमन्त्रीले तीज पर्वले सबै जातजाति र समुदायबीच सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाएका छन् । ...
आज बिहानसम्म कोरोनाबाट नेपालमा ६ जनाको मृत्यु
समाचार, स्वास्थ्य

आज बिहानसम्म कोरोनाबाट नेपालमा ६ जनाको मृत्यु

नेपाल अखबार,बुटवल  । बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा आज १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ७ का ६४ वर्षीय उनको आज बिहान अस्पतालमा ज्यान गएको हो । साउनको अन्तिम हप्ता भारतबाट नेपाल आएका उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि ४ दिन अगाडि क्वारेन्टिनमा बस्दै गर्दा अस्पताल भर्ना भएका थिए । क्वारेन्टिनमा रहँदा नै पिसिआर परीक्षण गर्दा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृक्तकलाई दमको समस्या रहेको थियो । यता कपिलवस्तुको देवदह मेडिकल कलेजमा समेत १ जना कोरोना संक्रमितको ज्यान गएको छ । कोरोनाबाट संक्रमित रुपन्देहीका ७० वर्षीय वृद्धको देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । देवदह नगरपालिका ३ का उनको बुधबार स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी समेत विभिन्न किसिमका दीर्घरोगबाट ग्रसित थिए । ...
भारतबाट नेपाल भित्र्याउदै ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद
प्रशासन, समाचार

भारतबाट नेपाल भित्र्याउदै ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद

इरफान अलि, पर्सा ।  पर्साकाे आसवारिबाट शस्सत्र प्रहरिले ठुलाे मात्रामा कुखुराकाे चल्ला बरामद गरेकाे छ । शस्सत्र प्रहरी बाेर्डर  आउट पाेष्ट भिखमपुर र शसस्त्र प्रहरी १३ न गणबाट खटिएकाे टाेलिले सुक्रबार बिहान चल्ला नियन्त्रणमा लिएकाे हाे । भारतबाट ८ वटा साईकलमा लाेड गरि सिमा नाकाबाट तस्कर समुले भित्र्याउदै गरेकाे सुचना पाएपछि खटिएकाे टाेलिले साईकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएकाे हाे । आठ वटा कार्टुनमा ६ हजार ५ सय चल्ला रहेकाे र पशु क्वारेनटाईनकाे प्रतिनिधिकाे राेहवरमा कागजि प्रकृया पूरा गरि नष्ट गरिने शसस्सत्र प्रहरी निरिक्षक किसमान तमाडले बताउनुभयाे । पर्सा जिल्ला काेराेनाकाे हसस्पाेट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातकाे समयमा सुरशक्षाकर्मिकाे  आखा छलेर तस्कर समूह सिमामा सक्रिय रहेका छन ।...
किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला
विश्व, समाचार, हाइलाइट-समाचार

किशोरीमाथि ३० भन्दा बढी व्यक्तिद्वारा सामूहिक बलात्कारको आरोप, पूरा इजराइलमा खैलाबैला

नेपाल अखबार, एजेन्सि ।  इजराइलको प्रहरीले दक्षिण शहर एलाटको एक होटलमा १६ वर्षीया एक किशोरीमाथि भएको सामूहिक बलात्कारको घटनाको अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म दुई व्यक्तिलाई हिरासतमा लिइएको छ । स्थानीय मिडियाका अनुसार एक संदिग्धले दिएको जानकारी अनुसार किशोरीमाथि ३० भन्दा बढीले यौन सम्बन्ध स्थापित गरेको तर संदिग्धले बलात्कारको आरोप भने अस्विकार गरेका छन् । किशोरीलाई नशा दिएर बेहोस बनाएपछि बलात्कार गरिएको आरोप छ । पूरा इजराइलमा यो सामूहिक बलात्कार चर्चाको विषय बनेको छ । इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले जिम्मेवार व्यक्तिलाई सजाय दिइने बताए । उनले ट्वीट गरे, ‘यो अचम्मित गरिदिने घटना हो । यसका लागि कुनै शब्द छैन । यो ती किशोरीविरुद्धको अपराध मात्र नभई मानवताविरुद्धको अपराध हो जसको चौतर्फी निन्दा हुनुपर्छ ।’ गत शुक्रबार यी किशोरीले प्रहरीमा ऊजुरी दर्ता गराएकी थिइन् । इजराइली मिडिया...
नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने
समाचार

नेपालका कूटनीतिक राहदानी बाहकलाई ९० दिनसम्मको इजरायल भ्रमणमा भिसा नचाहिने

नेपाल अखबार, काठमाडौं । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशको यात्रा गर्दा ९० दिनसम्म भिसा नचाहिने भएको छ । नेपाल सरकार र इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञा (भिसा)को आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएसँगै सो सुविधा प्राप्त भएको हो । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट राजदूत डा. अन्जान शाक्यले तथा इजरायल सरकारको तर्फबाट इजरायली परराष्ट्र मन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कूटनैतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा भिसा लिनु नपर्ने भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । सो कार्यक्रमका अवसरमा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहर...
चार जिल्लाको विद्युत् सेवा अवरुद्ध
प्रविधि, समाचार, समाज

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

नेपाल अखबार, डोटी । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, ‘विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।’ उक्त प्रशासण केन्द्रका हा...
आज हरितालिका तीज
धर्म/संस्कृति, समाचार, समाज

आज हरितालिका तीज

नेपाल अखबार, पाेखरा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।    धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्म...
पाेखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली अर्पण
प्रदेश ४, प्रशासन, समाचार

पाेखरामा दुर्घटनामा ज्यान गुमाएका प्रहरीलाई श्रद्धाञ्जली अर्पण

नेपाल अखबार, पोखरा । दुर्घटनामा परेर ज्यान गुमाएका प्रहरी हवल्दार डम्बर बहादुर थारु र चन्द्रबहादुर बगालेको पार्थिव शरीरलाई प्रहरीले आज बिहीबार शोक सलामी सहित श्रद्धाञ्जली अर्पण गरेको छ । वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरीद्वय थारु र बगालेको हिजो बुधबार दुर्घटनामा परेर ज्यान गएको थियो । सलामी तथा श्रद्धाञ्जली अपर्ण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले इमान्दार र कर्तव्यनिष्ट प्रहरी जवानलाई गुमाउनुको पीडा जीवनभरी रहने बताए । थारु र बगालेको निधनले प्रहरी संगठनमा ठूलो क्षति भएको उनको भनाई थियो । अर्यालले दुर्घटनामा ज्यान गुमाएका दुवै प्रहरीको पार्थिव शरीरमा नेपाल प्रहरी संगठनको झण्डा ओढाउनुका साथै पुष्पगुच्छा अर्पण गरेका थिए । श्रद्धाञ्जली कार्यक्रममा संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसी, जिल्...
कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो
समाचार, समाज, स्वास्थ्य

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६ पुग्यो

नेपाल अखबार, काठमाडौं । देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२६ पुगेको हो । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको जानकारी दिए । उनले बितेको २४ घण्टामा देशभर ७०७ जनामा संक्रमण पुष्टि भएको पनि जानकारी दिए । यस्तै संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।...