Monday, November 23

समाचार

हिमपातले अवरुद्ध भएको नाग्म-गमगढी सडक सञ्चालन
समाचार, समाज

हिमपातले अवरुद्ध भएको नाग्म-गमगढी सडक सञ्चालन

नेपालअखबार,जुम्ला । हिमपातका कारण अवरुद्ध भएको नाग्म-गमगढी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजर प्रयोग गरेर हिउँ पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । बाक्लो हिमपात भएर सडकमा हिउँ जमेपछि सवारीसाधन चल्न नसक्ने अवस्था भएको थियो । सडक अवरुद्ध भएलगत्तै सडक डिभिजनले हिउँ पन्छाउने उपकरण र जनशक्ति परिचालन गरी बाटो खुलाउने काम गरेको थियो । माघ ११ गतेदेखि नै सडक आंशिक रूपमा सञ्चालनमा आएको थियो भने सडकमा जमेको बाँकी हिउँ समेत पूर्ण रूपमा हटाएपछि यातायातका साधनहरू पूर्ण रूपमा चल्न थालेका छन् । सडक पूर्ण रूपमा सञ्चालनमा आएसँगै बीच बाटोमा अलपत्र परेका यात्रु र मालवाहक सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन जुम्लाले जनाएको हो। साथै सडक डिभिजन जुम्लाले सडक खुले पनि चिसो र हिउँका कारण सडक चिप्लो हुने भएकोले आवश्यक सावधानी अपनाउन अनुरोध समेत गरेको छ । ज...
समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु
प्रशासन, समाचार

समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो, प्रत्यक्षतर्फको सुरु

नेपालअखबार,काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्रको छपाइ सकिएको छ । समानुपातिक तर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइको कार्य सुरु भएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार समानुपातिक तर्फ दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको छ । ‘प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार आजबाट छपाई सुरु भएको छ । यो छपाई लगभग १५ दिन भित्र सकिन्छ,’ भण्डारीले जानकारी दिए ।आगामी फागुन ५ गते अगावै आयेगले सम्बन्धित स्थलमा मतपत्र पुर्‍याउने गरी काम भइराखेको छ ।...
निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार
प्रशासन, समाचार

निर्वाचन आचारसंहिता लागू गराउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई पत्राचार

नेपालअखबार,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ लागू गर्न, गराउन ‘सर्कुलर’ गरेको छ । निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले पनि आ–आफ्नो क्षेत्रमा लागू गराउन पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलले सबै स्थानीय तह र सबै जिल्ला समन्वय समितिलाई जारी गरेको पत्रमा उल्लेख छ । सरकारले २०८२ साल पुस १२ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आचारसंहिता सार्वजनिक गरेको थियो । निर्वाचन आयोगले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू गरेको हो । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरिएको हो । मन्त्रालयले...
डुम्रे–बेँसीशहर सडक तीन दिन बन्द
समाचार, समाज

डुम्रे–बेँसीशहर सडक तीन दिन बन्द

नेपालअखबार,लमजुङ । लमजुङ तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीशहर सडक आजदेखि तीन दिनसम्मका लागि बन्द भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुर पहिरो नीर सडकखण्ड कालोपत्रे गर्नका लागि आज बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले भने, ‘सो स्थानमा केही वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे –बेँसीशहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार प्रशासनले एक सूचना जारी गरेर सडक बन्द गरेको हो ।’ नेपाली सेनाको चण्डीप्रसाद गण उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधन डाइभर्ट गराई आवगमन भइरहेको उनको भनाइ छ । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीशहर र साथै हिमाली जिल्ला मनाङको स्थानीयसमेत यही सडक हुँदै ...
नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम तोलाको ३ लाख ९ हजार
कर्पोरेट, समाचार

नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम तोलाको ३ लाख ९ हजार

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यो हालसम्मकै सर्वाधिक भाउ हो । हिजो आइतबार सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको थियो । गत शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसको अघिल्लो दिन बिहीबार तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । शुक्रबार एकैदिन तोलामा ९ हजार २ सय बढेको थियो । त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार चाँदी प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कायम थियो । शुक्रबार चाँदी तोलाको ६ हजार १ सय ९० रुपैयाँ थियो ।...
हरिबोल गजुरेललाई कारबाही गर्ने निर्णय फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग
राजनीति, समाचार

हरिबोल गजुरेललाई कारबाही गर्ने निर्णय फिर्ता गरी पार्टीको आकस्मिक बैठक बोलाउन झलनाथ खनालको माग

नेपालअखबार,काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई निष्कासन गरिएको विषयमा असन्तुष्टि जनाएका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता खनालले गजुरेललाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीबाट निष्कासन गरिएको र त्यसबारे पार्टीभित्र छलफल नभएकोप्रति असन्तुष्टि जनाएका हुन्। 'एकाध व्यक्तिहरूको इच्छा बमोजिम ठूल्ठुला निर्णयहरू गर्न थालिनु, यहाँसम्म कि कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरूमाथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारीसम्म पनि नहुनु र एकैचोटी सार्वजनिक सञ्चर माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटनाहरू भएका छन्,' उनले लेखेका छन्। नेता खनालले उक्त कारबाही तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीलाई संस्थागत बनाउन र गजुरेलसहित नेतृत्व...
भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै
राजनीति, विदेश, समाचार

भारत आज ७७ औं गणतन्त्र दिवस मनाउँदै

नेपालअखबार,काठमाडौं । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस मनाउँदै छ । भारतमा आजकै दिन सन् १९५० मा संविधान लागू भएको थियो । गणतन्त्र दिवस समारोहका अवसरमा भारत आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दैछ । समाचर एजेन्सी पीटीआईका अनुसार समारोहमा प्रदर्शन गरिने परेडमा हालै गठन भएका सैन्य इकाईहरूका साथै ‘अपरेशन सिन्दुर’ का दौरान तैनाथ प्रमुख हथियार प्रणालीहरूको मोडल पनि समावेश हुने छ । युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा र युरोपियन कमीशनका अध्यक्ष उर्सुला वान डेर लेयेन गणतन्त्र दिवस समारोहमा मख्य अतिथि रहने छन् । भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले समारोहको अगुवाइ गर्ने बताइएको छ । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरू हुने र ९० मिनेटसम्म चल्ने छ । परेडको सुरूवात अघि झण्डै १०० सांस्कृतिक कलाकारले ‘विवि...
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रशासन, राजनीति, समाचार

प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकी: संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना भएको सो केन्द्रमा निर्वाचनका सम्बन्धमा देखिने सबै प्रकारका समस्या तत्काल समाधान गरिने जनाइएको छ । आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र आइतबार मात्रै स्थापना गरेको हो । आयोग परिसरमा स्थापना भएको केन्द्रको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुभारम्भ गरेका थिए । उनले कुनै निर्वाचन क्षेत्रमा केही समस्या आएमा तत्काल समाधान गर्न केन्द्रले काम गर्ने जानकारी दिए । मतदान केन्द्रमा समाधान हुन नसक्ने समस्या केन्द्रबाट समाधान गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उल्लेख गरे । आयोगका सचिवको नेतृत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, न...
नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर
प्रशासन, समाचार

नेपाल र साउदीबीच श्रम सम्झाैतामा हस्ताक्षर

नेपालअखबार,काठमाडौं । नेपाल र साउदी अरबबीच द्विपक्षीय श्रम सम्झाैतामा हस्ताक्षर भएकाे छ। साउदीकाे रियादमा साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको हाे। सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका छन्। एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गरिएकाे हाे। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा तयार पारिएको थियो । गत भदाै १३ गते बसेकाे मन्त्रीपरिषद् बैठकले सम्झाैतामा हस्ताक्षरका लागि स्...
व्यवसायीले एक सातामै बढाए अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ
कर्पोरेट, समाचार

व्यवसायीले एक सातामै बढाए अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ

नेपालअखबार,काठमाडौं । देशभरि चुनावी सरगर्मी बढ्दै जाँदा बजारमा अन्डाको मागमा उच्च वृद्धि देखिएको भन्दै नेपाल लेयर्स कुखुरापालक संघले भाउ बढाएको छ । संघले आजदेखि लागु हुने गरी एक साता अवधिमा अन्डाको भाउ प्रतिक्रेट ३० रुपैयाँ बढाएको हो । नयाँ दर अनुसार अब एक्सएल अन्डाको भाउ प्रतिक्रेट ५ सय १० रुपैयाँ तोकिएको छ । ४ माघमा एक्सएल अन्डाको भाउ ४ सय ८० रुपैयाँ थियो । ठूलो अन्डा एक क्रेटको फार्म मूल्य ४ सय ९५ रुपैयाँ तोकिएको छ । यसअघि उक्त अन्डाको भाउ ४ सय ६५ रुपैयाँ थियो । यस्तै मध्यम आकारको अन्डाको भाउ पनि ४ सय ४५ बाट बढेर ४ सय ७५ रुपैयाँ पुगेको छ । संघ अध्यक्ष विनोद पोखरेलका अनुसार निर्वाचन चहलपहल, सीमा क्षेत्रमा गरिएको निगरानी र विद्यालयहरू पुन: सञ्चालनमा आउनुले अन्डा खपत बढाएको हो । यसअघि गत मंसिरमा अन्डाको भाउ अहिलेसम्मकै महँगो प्रतिक्रेट ५ सय ६५ रुपैयाँसम्म पुगेको थियो ।...