Monday, May 25

समाचार

रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न
प्रदेश ४, समाचार, समाज

रोटरी बज्र मनासलुको साधारणसभा सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलुको बर्ष २०१९/२० को तेस्रो साधारणसभा सम्पन्न भएको छ । क्लबका अध्यक्ष रुषबाबु जोशीको अध्यक्षतामा सभा भएको हो । साधारण सभामा क्लबका बिभिन्न पाँच डाइरेक्टरहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लब एडमिनिष्ट्रेशन डाइरेक्टर दामोदर घिमिरे, पब्लिक इमेज डाइरेक्टर विनोद अर्याल, टीआरएफ विदुर बाँनिया, मेम्बरसिप ग्रोथ डाइरेक्टर रामकुमार श्रेष्ठ र सर्भिस प्रोजेक्ट डाइरेक्टर सुजन श्रेष्ठले बर्ष २०१९/२० मा सम्पन्न गरेका आ–आफ्ना बिषयका गतिविधीका बारेमा प्रतिवेदन साधारण सभामा प्रस्तुत गरेका थिए । साथै साधारण सभाले आगामी २०२०/२१ का लागि विष्णु राना मगरको अध्यक्षतामा कार्यसमिति समेत चयन गरेको पब्लिक इमेज डाइरेक्टर विनोद अर्यालले जानकारी दिएका छन् । केहि बर्ष अघि स्थापना भएको क्लबले जिल्लामा बिभिन्न सामाजिक कार्य सञ्चालन गरिरहेको छ ।...
महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला
प्रदेश ३, समाचार, समाज

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको जेसिजको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धरको शव इनारमा भेटिएको प्रहरीको भनाई छ । मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमा क्षेत्रको एक इनारमा भेटिएको थियो। हाल उनको शव पोष्टपार्टमका लागि अस्पताल पठाइएको छ । पुस ९ गतेदेखि १२ गतेसम्म भएको रत्ननगरमा जेसिजको ४६ औं महाधिवेशन भएको थियो ।...
मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने
प्रदेश ३, समाचार, समाज

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुष २२ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गराउने भएको हो । यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।...
पुनर्निर्माणमा १४ लाखले पाए रोजगारी, अधिकांश कामदार विदेशी
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

पुनर्निर्माणमा १४ लाखले पाए रोजगारी, अधिकांश कामदार विदेशी

गोरखाको वारपाक केन्द्रबिन्दु भएर गएको २०७२ सालको विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रममा १४ लाख मासिनले रोजगारी पाएका छन् । पुनर्निर्माण जारी रहेका गोरखा सहित १४ जिल्लामा नेपाली तथा विदेशी श्रमिकले काम गरिरहेका छन् । भूकम्पपछि पुनर्निर्माण जारी रहेको ४ वर्षको अवधिमा १४ लाख २० हजार मानिसले रोजगारी पाएको भुकम्प प्रभावित जिल्लामा काम गदै आएको नेसनल डेमोक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सले उल्लेख गरेको छ । त्यस्तै पुनर्निर्माणमा प्रयोग भएका अधिकांश कामदार विदेशी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पुनर्निर्माणको काममा खटिएका मध्ये झण्डै ७० प्रतिशत कामदार भारत, बंगलादेशबाट आएको प्राधिकरणले जनाएको छ । यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा तथा पुराना सम्पदा निर्माणमा काम गर्ने चित्रकार र मूर्ति बनाउने श्रमिक नेपालमा नपाएपछि बाहिरबाटै आएको प्राधिकरणले जनाएको छ ।...
फागुन १४ गते स्ववियु निर्वाचन हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

फागुन १४ गते स्ववियु निर्वाचन हुने

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए । २०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् ।...
सामाजिक सञ्जालमा जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !
समाचार, समाज, हाइलाइट-समाचार

सामाजिक सञ्जालमा जिस्क्याए पाँच वर्ष जेल, १५ लाख जरिवाना !

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । विगत चार महिनादेखि समितिमै अड्किएको विधेयक पारित भएसँगै अब सदनको बैठकमा पेश गर्ने प्रक्रियामा अघि बढ्ने भएको हो । विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि कडाइ गरिने उल्लेख छ । कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, घृणा वा द्वेष उत्पन्न गराउने, चरित्र हत्या गर्ने वा गाली बेइज्जती मानिने विषयवस्तु सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा पाँच बर्षसम्म कैद र १५ लाखसम्म जरिवाना हुनेछ । विधेयकमा सामाजिक सञ्जाल फेसबुक, गुगल लगायत नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।...
भारतीय सवारी प्रवेशमा राेक लगाइयाे
प्रदेश ४, समाचार, हाइलाइट-समाचार

भारतीय सवारी प्रवेशमा राेक लगाइयाे

पोखरामा भारतीय नम्बर प्लेट भएका सवारी प्रवेशमा रोक लगाइएको छ । ‘ट्राफिक व्यवस्थापनमा चुनौती’ भएको कारण देखाउँदै पोखरा पर्यटन परिषद्को आग्रहमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक गाडी प्रवेशमा रोक लगाएको हो ।
तीन लाख बेरोजगार युवालाई रोजगारी
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

तीन लाख बेरोजगार युवालाई रोजगारी

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो।
समाचार, समाज, हाइलाइट-समाचार

गोरखा भूकम्प : ३ सय ८७ सम्पदाको पुनःनिर्माण सम्पन्न

गोरखा- गोरखा भूकम्पबाट अति प्रभावित १४ जिल्लामा क्षति भएका ७ सय ५३ सम्पदामध्येमा चार वर्षका अवधिमा ३ सय ८७ सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । हालसम्म ५१ दशमलव ३९ प्रतिशत प्रगति भएको देखिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका अनुसार १ सय २३ सम्पदा पुनःनिर्माणका चरणमा छन् । त्यस्तै पुनःनिर्माण शुरु हुन अझै २ सय ४३ सम्पदा बाँकी छन् । प्राधिकरणका अनुसार चार वर्षका अवधिमा हालसम्म सबै विषयमा सरकार र दातृ निकायबाट रु दुई खर्ब ९३ अर्ब र गैरसरकारी संस्थामार्फत रु ४२ अर्ब गरी जम्मा रु तीन खर्ब ३५ अर्ब खर्च भएको छ । अझै बाँकी संरचना पुनःनिर्माणका लागि रु तीन अर्ब आवश्यक रहेको प्राधिकरणले अनुमान गरेको छ । त्यस्तै चालु आर्थिक वर्षभित्र तय गरिएका कार्यक्रमका निम्ति कम्तीमा रु ३४ अर्बको स्रोत सुनिश्चित गर्नुपर्ने छ ।...
अधिकारकर्मीको दुखेसो ः अपाङ्गता भएकाहरुको अधिकार नारामा मात्रै सिमित भयो
प्रदेश ४, समाचार, समाज

अधिकारकर्मीको दुखेसो ः अपाङ्गता भएकाहरुको अधिकार नारामा मात्रै सिमित भयो

गोरखा । राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि दिएको अधिकार नारामा मात्र सिमित रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । ह्यान्डिक्याप ईन्टरनेशल फेडेरेशनको सहयोगमा एकिकरण नेपाल गोरखाले सञ्चालन गरेको ‘स्वास्थ्य र सामाजिक सुरक्षा अपाङ्गता भएका महिला तथा बालबालिकाहरुको पहुँचमा सहजीकरण परियोजना’ ले गरेको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कानूनले निर्दिष्ट गरेको व्यवस्था व्यवहारमा लागु हुन नसकेको बताएका हुन् । ‘गोरखाका अधिकाशं कार्यालयहरु अपाङ्गतामैत्री छैनन्, अपाङ्गता भएकाहरुका लागि शौचालयहरु बन्न सकेका छैनन' नेत्रहिन संघ गोरखाका अध्यक्ष पवन बस्नेतले भने 'यातायातमा सहुलियत छ । न अन्य सुेवा सुबिधामा अपाङ्गता भएकाहरुको प्रतिनिधित्व नै हुन्छ ।’ अधिकाशं सरकारी कार्यालयका प्रमखको कार्यकक्ष माथिल्लो तल्लामा हुँदा अपाङ्गता भएका व्यक्तिहरुले सेवा सुबिधा लिन समस्या भएको उनले बताए । स...