४८ बर्षदेखि अलपत्र खानेपानी आयोजना पालुङटारले एक बर्षमै बनायो
गोरखा । ४८ बर्षदेखि अलपत्रपरेको खानेपानी आयोजना १ बर्षमै सम्पन्न भएपछि स्थानीय खुसि भएका छन् ।
पालुङटार नगरपालिकाको वडा नम्बर ४ बोहोरागाउँ ग्रामीण खानेपानी आयोजना निर्माण सुरु भएको ४८ बर्ष पछी सम्पन्न भएको छ ।
आयोजना सम्पन्न भएपछि आइतबार एक कार्यक्रमकावीच पालुङटार नगरपालिकाका नगरप्रमुख इन्जिनियर दिपक बाबू कंडेलले उद्घाटन गरेका छन् ।
पालुङ्टार नगरपालिकाको २७ लाख र उपभोक्ता समितिबाट १३ लाख ४१ हजार गरी कुल ४० लाख ४१ हजार रुपैयाँ लगानीमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।
उक्त आयोजना एक घर एक धारा प्रविधिमा निर्माण गरी हरेक घरमा मिटर जडान गरिएको छ । बोहोरा गाउँका ८९ घर धारा निर्माण गरिएको पालुङटार नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले नगर भित्रमा रहेका सम्पूर्ण बिकास निर्माणका कामहरुमा नगरपालिकाले साथ दिने र समाजिक कार्यप्रति सबै लागेर अघि बढ्नुपर्नेमा ज...
