Thursday, September 10

समाचार

सामाजिक सञ्जालको विकृतिबारे सांसद श्रद्धा कुँवर– ‘हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’
समाचार, समाज

सामाजिक सञ्जालको विकृतिबारे सांसद श्रद्धा कुँवर– ‘हामी मान्छे भएर बाँच्न बिर्सिंदै गयौँ’

नेपालअखबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद श्रद्धा कुँवरले सामाजिक सञ्जालमा व्यक्त हुने विचार र प्रविधिको प्रयोगसँगै नागरिक चेतना र जिम्मेवारी बोधका विषयमा प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै उनले प्रविधिसँगै मानवीय संवेदना र संस्कार हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरेकी हुन्। ‘सञ्जालले सहज बनाएको हाम्रो अभिव्यक्ति र त्यही सञ्जालले जन्माएको हाम्रो राक्षसी मानसिकता देख्दा कहिलेकाहीँ लाग्छ, हामीले प्रविधि त धेरै छिटो सिक्यौँ,’ कुँवरले लेखेकी छन्, ‘तर मान्छे भएर बाँच्न भने बिर्सिंदै गयौँ।’ उमेर, परिवेश र जीवनका घटनाक्रमले मानिसको सोच र बुझाइ बदल्ने उल्लेख गर्दै उनले हामीले ध्यान दिनुपर्ने विषयमा ध्यान दिएका छौँ कि अरूको जीवनमा टिप्पणी गर्नमै समय बिताइरहेका छौँ भन्दै प्रश्न गरेकी छन् । देशमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीसँगै...
सुनको भाउ तोलामा ३ हजार ६ सय बढ्यो
कर्पोरेट, समाचार

सुनको भाउ तोलामा ३ हजार ६ सय बढ्यो

नेपालअखबार, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ३ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ६ सय रुपैयाँ थियो । गत आइतबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।चाँदीको भाउ आज तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६६० रुपैयाँ रहेकोमा चाँदी ४ हजार ७१० रुपैयाँ कायम भएको छ । गत आइतबार चाँदीको भाउ ४ हजार ६४५ रुपैयाँ थियो ।...
महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक
समाचार, समाज

महाकवि देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ सार्वजनिक

नेपालअखबार,काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विषयमा लेखिएको महाकाव्य ‘बुवाहजुर’ आज सार्वजनिक भएको छ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल शाखाले आज यहाँ आयोजना गरेको कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्य सार्वजनिक गरिएको हो । कवयित्री मन्जिला शर्मा उप्रेती अर्थात् मन्जिला अनिलद्वारा लिखित महाकाव्य सार्वजनिक समारोहलाई सम्बोधन गर्दै महाकवि देवकोटाका पुत्र प्रा पद्प्रसाद देवकोटाले महाकविका विषयमा लेखिएको यो १५ औँ महाकाव्य भएको जानकारी दिए । भागवत कुञ्जका अध्यक्ष अजितप्रसाद गौतमले महाकवि देवकोटाका विषयमा चलेका केही अफवाह अन्त्य गर्न महाकाव्य सफल भएको बताए । तथ्य विनाका ती हल्लालाई महाकाव्यले छन्दोबद्ध कविताका हरफमा प्रमाणसहित अन्त्य गर्न सफल भएको उनको भनाइ थियो । ‘बुवाहजुर’ महाकाव्यका बारेमा समीक्षा गर्दै प्राडा देवी नेपाल र उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले महाकवि ...
नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला
समाचार, समाज

नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला

नेपालअखबार,काठमाडौं । नवलपरासी, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले तीन जिल्लामा तीन जना व्यक्ति मृत फेला परेको जानकारी गराएको हो । नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–६ धासीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, रोल्पाको रोल्पा नगरपालिका–८ जमकोटस्थित वडा कार्यालय नजिकै सोही ठाउँ बस्ने २६ वर्षीय सन्तोष परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् । मोरङको उर्लाबारी नगरपालिका–८ सिर्जना टोलस्थित धान खेतमा झापा दमक नगरपालिका–१० बस्ने ६२ वर्षीय पञ्जाव सिंह लिम्बु शनिबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...
हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड तत्काल सम्पन्न गर्न सीएनआई कोशीको माग
समाचार, समाज

हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड तत्काल सम्पन्न गर्न सीएनआई कोशीको माग

नेपालअखबार, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले मोरङको मुख्य औद्योगिक कोरिडोरमा पर्ने हुलाकी राजमार्गअन्तर्गतको हाटखोला–कटहरी खण्डको निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेको छ । परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै विगत लामो समयदेखि अलपत्र परेको करिब ६–७ किलोमिटर सडक खण्डका कारण उद्योग र सर्वसाधारणले चरम सास्ती भोग्नुपरेको जनाएको छ । परिसंघका अध्यक्ष पवन कुमार सारडाले बुझाएको पत्रमा २०७६ सालमा ठेक्का सम्झौता भए तापनि हालसम्म सडक निर्माणको काम शून्य प्रायः रहेको उल्लेख गरिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने यस सडक खण्डको नाजुक अवस्थाले गर्दा मोरङको औद्योगिक वातावरणमा गम्भीर नकारात्मक असर परेको परिसंघको ठहर छ । सडकमा रहेका ठुला–ठुला खाडल र दलदलका कारण कच्चा पदार्थ र तयारी सामान बोकेका ट्रक तथा कन्टेनरहरू दैनिक र...
सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा
प्रशासन, समाचार

सशस्त्र प्रहरीका डीएसपी र इन्स्पेक्टर गरी २१ जनको सरुवा

नेपालअखबार, काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले ४ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र बाँकी निरीक्षक गरी २१ जनाको काज सरुवा गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागका अनुसार साउन २९ गतेको निर्णयबमोजिम यी अधिकारीहरूको कार्यक्षेत्र परिवर्तन गरिएको हो । प्रशासनिक दृष्टिकोण र आवश्यकताका आधारमा सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को खण्ड ग र नियम ३६ बमोजिम यो निर्णय गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा तथा काजमा खटाइएका अधिकारीहरूलाई आगामी भदौ ५ गतेभित्र आफूलाई तोकिएको नयाँ कार्यालयमा पुगेर बरबुझारथ गरी जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । साथै, नयाँ जिम्मेवारी सम्हालेको जानकारी अनिवार्य रूपमा प्रधान कार्यालयको मानवस्रोत विभागमा दिनु पर्नेछ । विभागले जारी गरेको परिपत्रमा अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमका कार्यालयहरूमा कामकाज गर्ने ...
दार्चुलामा पहिरो, ३ जना घाइते
समाचार, समाज

दार्चुलामा पहिरो, ३ जना घाइते

नेपालअखबार, धनगढी । दार्चुलामा पहिरोमा परेर तीन जना घाइते भएका छन् । महाकाली नगरपालिका–४ को रिंगलताल बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजको माथिबाट पहिरो खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा दुहुँ गाउँपालिका–४ बस्ने २० वर्षीय सुरज कुँवर, मालिकार्जुन गाउँपालिका–२ बस्ने ४२ वर्षीया भागरती धामी र सोही ठाउँ बस्ने ४५ वर्षीय भगतसिंह धामी रहेको दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) गौरव महतले जानकारी दिए । उनकाअनुसार घाइतेको तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ ।...
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प
विदेश, समाचार, समाज

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

नेपालअखबार,काठमाडौँ । इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहान ५ बज्नुअघि पूर्वी नुसा तेंगारा प्रान्तको फ्लोरेस क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्पको केन्द्र नाजेकेओबाट करिब ३० किलोमिटर टाढा र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा रहेको अधिकारीहरूले बताएका छन्। भूकम्पमा परी अहिलेसम्म एक जनाको मात्रै मृत्यु भएको विवरण प्राप्त भएको बिबिसीले जनाएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ। त्यहाँका स्थानीयहरुलाई बासिन्दालाई सुरक्षित स्थानतर्फ जान अधिकारीहरूले आदेश दिएका छन्। इन्डोनेसियाको संयुक्त खोज तथा उद्धार टोली (सार) का अनुसार भूकम्पका कारण एउटा भवन भत्किँदा ५४ वर्षीया महिलाको मृत्यु भएको हो। माउमेरे सार कार्यालयका प्रमुख फथुर रहमानले दुई जना अन्य व्यक्ति घाइते भएको पुष्टि गरेका छन्। राष्ट्रिय व...
अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको (टीपीएस) खारेज
विश्व, समाचार

अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको (टीपीएस) खारेज

नेपालअखबार, काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो । तर, खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन । हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो । टीपीएसअन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देशनिकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो । टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरुलाई यो निर्णयले जोखिम सिर्जना भएको छ । नेपालसँगै अ...
लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको घटनामा मेरो ध्यानाकर्षण भएको छ- गृहमन्त्री गुरूङ
राजनीति, समाचार

लेखा समितिमा गृह सचिव र आइजिपीमाथि भएको घटनामा मेरो ध्यानाकर्षण भएको छ- गृहमन्त्री गुरूङ

नेपालअखबार,काठमाडौँ। गृहमन्त्री सुधन गुरूङले सार्वजनिक लेखा समितिमा गृह सचिव राजकुमार श्रेष्ठ र आइजिपी दानबहादुर कार्कीमाथि भएको घटनामा आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिमा आज बोल्दै गृहमन्त्री गुरूङले गृह सचिव र आइजिपीमाथि गरिएको व्यवहार आफ्नो ध्यानाकर्षणमा रहेको बताए। ‘मेरो अनुपस्थितिमा गृह सचिव र नेपाल प्रहरीका आइजिपीलाई जुन व्यवहार सार्वजनिक लेखा समितिमा भयो, त्यसमा मेरो ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘यो राम्रो भएन। उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन। आरोप लगाउन पाइयो भन्दैमा चरित्र हत्या गर्न पाइँदैन। यसबारे गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ। हामी खुसी छैनौं।’ उनले आइजिपीको कामको आफू प्रत्यक्षदर्शी रहेको र गृह मन्त्रालयको निर्देशनमा दिनरात खटिरहेको बताएका थिए। लेखा समितिमा सत्तारूढ रास्वपा सांसद खगेन्द्र सुनारले गृहसचिव...