Monday, September 7

समाचार

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी
राजनीति, समाचार

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

नेपालअखबार, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २० औं राष्ट्रिय दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आमनागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी छन् । यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइँदैछ । मन्त्री बादीले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखनका स्वरूप, माध्यम र चुनौतीहरू समेत परिवर्तन भइरहेक...
यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार बिहान देशभर साधारणतया बादल लागेको छ। बिहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। पछिल्लो चौबीस घन्टामा देशका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। सिन्धुपाल्चोकको चन्दर्कुमा ७८.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ७४.६ मिलिमिटर, कैलालीको बुडियानमा ७५.४ मिलिमिटर, कालीकोटको गेलामा ६६.६ मिलिमिटर, मुगुको मांग्रीमा ७३.२ मिलिमिटर, डोटीको झिग्रानामा ६९.४ मिलिमिटर वर्षा मापन भएको छ। शनिबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। त्यस्तै हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ भने पहाडी ...
अठार महिनामा सक्नुपर्ने भवन ५ वर्षमा पनि अलपत्रै
समाचार, समाज

अठार महिनामा सक्नुपर्ने भवन ५ वर्षमा पनि अलपत्रै

नेपालअखबार, स्याङ्जा । वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ। स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो। संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको बेवास्ताका कारण पाँच वर्षदेखि अलपत्र परेको स्थानीय बताउँछन्। भवनको हालसम्म आधामात्रै काम भएको संघीय सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए। तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको कार्यालयले सूचना निकालिएको जनाउँदै उनले भदौको अन्तिमसम्म पनि निर्माण कम्पनीले तदारुकता नदेखाएमा ठेक्...
१३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन :रसुवा बाढी अपडेट
समाचार, समाज

१३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन :रसुवा बाढी अपडेट

नेपालअखबार, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो ‘बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’ मा एक हजार ३४४ शव फेला परेको जनाएको छ । प्रहरीका अनुसार यो तथ्यांक शनिबार बिहान ५ बजेसम्मको हो । तथ्यांकमा अहिलेसम्म ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूषको शव फेला परेको छ । प्रहरीले आंशिक अंग फेला परेका ५०१ शव रहेको पनि जनाएको छ । प्रहरीको पछिल्लो अपडेटमा चार हजार ८९८ जना सम्पर्कविहीन रहेका छन् । सुरक्षाकर्मीले अहिलेसम्म आठ जना ६३१ जना बाढी प्रभावितको उद्धार गरिएको तथ्यांकमा उल्लेख छ ।बाढीमा परी २५ जना प्रहरी सम्पर्कविहीन रहेका र ६५ जना प्रहरी कर्मचारी प्रभावित भएका बताइएको छ । प्रहरीले बाढी प्रभावितको खोज, उद्धार र राहतका लागि सात हजार ९१२ जना परिचालन गरिएको पनि जनाएको छ ।...
सुन तोलामा २५ सय बढ्यो
कर्पोरेट, समाचार

सुन तोलामा २५ सय बढ्यो

नेपालअखबार, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । एक सातामा भने सुनको मूल्य ११ हजार १ सय रुपैयाँ घटेको हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।...
कांग्रेसमा देउवा पक्षले घोषणा गरे छुट्टै महाधिवेशन
राजनीति, समाचार

कांग्रेसमा देउवा पक्षले घोषणा गरे छुट्टै महाधिवेशन

नेपालअखबार, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन घोषणा गरेका छन्। पूर्वमहामन्त्री शशांक कोइराला संयोजक रहेको '१५ औं महाधिवेशन तयारी समिति'को बिहीबार चुनदेवीमा बसेको बैठकले छुट्टै महाधिवेशन कार्यतालिका घोषणा गरेका हुन्। नेपाली कांग्रेस (संस्थापन) ले भदौ २४ गते गाउँ-नगर वडा अधिवेशन गर्दैछन् भने विभिन्न तहगत अधिवेशन गरी असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ। तर निवर्तमान सभापति देउवा पक्ष यो महाधिवेशनमा सहभागी नहुने भएको छ। देउवा पक्षले असोज १५ मा वडा अधिवेशन र तहगत अधिवेशन गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने भएका हुन्। चुनदेवी बैठकले केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालालाई निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति, अनुशासन समितिहरू गठनको अधिकारसम...
सुरुङबाट १० दिनपछि निकालिएका साहको स्वास्थ्य अवस्था सामान्य
समाचार, समाज

सुरुङबाट १० दिनपछि निकालिएका साहको स्वास्थ्य अवस्था सामान्य

नेपालअखबार, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ । उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ । रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।...
फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते
दुर्घटना, समाचार

फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु, दुई घाइते

नेपालअखबार, काठमाडाैँ। पोखराको फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको रक्सौलका २६ वर्षीय नवदीप कुमार यादव र नामथर तथा ठेगाना नखुलेका करिब ४०–४५ वर्षीय पुरुष छन्। नवदीपको पहिचान आधार कार्डबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरूलाई फेवातालबाट उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा रक्सौलका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादव घाइते भएका छन्। उनीहरूको उद्धार गरी सोही अस्पतालमा उपचार भइरहेको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए। शुक्रबार बिहान करिब ४:५०...
१० दिनपछि एक जनाको  सुरुङभित्रबाट जीवितै उद्धार
समाचार, समाज

१० दिनपछि एक जनाको सुरुङभित्रबाट जीवितै उद्धार

नेपालअखबार, काठमाडौँ । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका एक इन्जिनियरका अनुसार एक व्यक्तिको जीवितै उद्धार गरिएको बताएका छन् । आज बिहान मात्रै खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले बताएका थिए । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् ।...
चीनले सात दिनमै सञ्चालनमा ल्यायो बाढीले क्षतिग्रस्त राजमार्ग
समाचार, समाज

चीनले सात दिनमै सञ्चालनमा ल्यायो बाढीले क्षतिग्रस्त राजमार्ग

नेपालअखबार, काठमाडौँ ।  चीनले तिब्बत क्षेत्रमा आएको बाढीले क्षतिग्रस्त राजमार्ग एक सातामै मर्मत गरी सञ्चालनमा ल्याएको छ। गत साता गएको भीषण बाढीले नेपालसँगै तिब्बत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। केरूङ जोड्ने मुख्य राजमार्ग पनि ध्वस्त बनाएको थियो। चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बाढीले क्षतिग्रस्त केरूङ जोड्ने मुख्य राजमार्ग बुधबार बिहानदेखि सञ्चालनमा आएको हो। राजमार्ग खुलेसँगै ठूला सवारीसाधन र भारी उद्धार उपकरण विपद्को मुख्य क्षेत्रमा पुर्‍याउन थालिएको सिजिटिएनले लेखेको छ। चाइना मिडिया ग्रुप (सिएमजी) का अनुसार जि२१६ राष्ट्रिय राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रमा थप गहिराइसम्म पुगेर खोजी तथा उद्धार गर्न सहज भएको छ। यसलाई गत बुधबारको विनाशकारी पहिरोपछि उद्धार अभियानमा भएको महत्वपूर्ण प्रगति भनिएको छ। बरफ–चट्टानसहितको पहिरोमा परी चीनतर्फ १६ जनाको मृ...