Friday, September 11

समाचार

राष्ट्रियसभाको बैठक बस्दै
राजनीति, समाचार

राष्ट्रियसभाको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक आज अपराह्न १:१५ बजे बस्न लागेको हो । आजको बैठकमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन् । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ ।त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । ...
केपी ओलीको अपिल : संवाद र सहकार्यबाट वर्तमान जटिलतालाई निकास दिनुपर्छ
राजनीति, विचार, समाचार

केपी ओलीको अपिल : संवाद र सहकार्यबाट वर्तमान जटिलतालाई निकास दिनुपर्छ

नेपालअखबार,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भएकाले हुुँदा संवाद, सहमतिका लागि अपील गरेका छन् । जनतालाई आपसमा विभाजित गर्दै अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्रहरू हुन सक्नेतर्फ सचेत हुन ओलीले आग्रह गरेका छन् । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको समयमा मुख्य राजनीतिक दलहरूले आपसी राजनीतिक प्रतिस्पर्धा, आरोप–प्रत्यारोप र सस्तो लोकप्रियताभन्दा माथि उठेर मुलुकमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सहकार्य गर्नु आवश्यक रहेको ओलीले बताएका छन् । राष्ट्रको अस्तित्व, शान्ति–सुरक्षा र सामाजिक सद्भावमाथि संकट आउन लागेको बताउँदै अपीलमा भनेका छन्,‘यस घडीमा म सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक एवं सामाजिक सम्प्रदायका अगुवाहरूलाई राष्ट्रिय हित र शान्ति स्थापनाका लागि एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’ ...
गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल
प्रशासन, समाचार

गृह मन्त्रालयमा मुस्लिम आयोग र हिन्दु संस्थाका पदाधिकारीबीच छलफल

नेपालअखबार,काठमाडौं । गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ । गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।उनका अनुसार पछिल्लो केही दिन यता तराई-मधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।...
सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ :सांसद पद्मा अर्याल
राजनीति, समाचार

सुनसरीमा मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ :सांसद पद्मा अर्याल

नेपालअखबार,काठमाडौँ ।  नेकपा एमालेका सांसद पद्मा अर्यालले बिहीबार प्रतिनिधिसभा बैठकमा सुनसरीको देवानगन्जमा भएको हिंसात्मक झडपको घटना उठाउँदै त्यसमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङले जबाफदेहिता लिनुपर्ने बताएकी छन्। उनले विगतमा भएका आन्दोलन र प्रदर्शनमा प्रहरीको गोली चलेर ज्यान जाँदा प्रधानमन्त्री र गृहमन्त्रीको जबाफदेहिता खोज्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री आफैले भने जबाफदेहिता र नैतिक जिम्मेवारी नदेखाएको भन्दै प्रश्न पनि गरिन्। सुनसरी घटनाले विगतमा भएका यस्तै घटना स्मरण गराएको उल्लेख गर्दै सांसद अर्यालले भनिन्, 'काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जबाफदेहिता लिनुपर्छ, थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा, मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन? थुनामा बस्न पर्छ क...
सुनको मूल्य बढ्यो
कर्पोरेट, समाचार

सुनको मूल्य बढ्यो

नेपालअखबार, काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ७ हजार ३ सय रुपैयाँ घटेको छ । गत बिहीबार सुनको भाउ २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो ।चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३२० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३१० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ५०५ रुपैयाँ थियो ।...
एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल
कर्पोरेट, प्रविधि, समाचार

एआई चिपको मागले सामसुङको नाफामा ऐतिहासिक उछाल

नेपालअखबार, टेक्सास । कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा आधारित डाटा सेन्टरका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले सन् २०२६ को दोस्रो त्रैमासिकमा ऐतिहासिक वित्तीय उपलब्धि हासिल गरेको छ । कम्पनीको परिचालन मुनाफा गत वर्षको सोही अवधिको तुलनामा झन्डै १९ गुणाले बढ्दै ८९५ खर्ब वोन पुगेको छ र यो करिब एक हजार ८०० प्रतिशतको वार्षिक वृद्धि हो । यद्यपि वित्तीय नतिजा अत्यन्त बलियो देखिए पनि एआई क्षेत्रमा भइरहेको तीव्र लगानी दीर्घकालसम्म टिकाउ हुने वा नहुने भन्ने चिन्ताका कारण दक्षिण कोरियाको सेयर बजारमा भने ठूलो उतारचढाव देखिएको छ । यही कारण सामसुङ तथा प्रतिस्पर्धी कम्पनी एसके हाइनिक्सको सेयरमा तीव्र गिरावट आएको छ । सामसुङले सार्वजनिक गरेको विवरणअनुसार अप्रिल–जुन अवधिमा कम्पनीको राजस्व एक हजार ७१५ खर्ब वोन पुगेको छ । यो अ...
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
राजनीति, समाचार

राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबिच बिहीबार भेटवार्ता भएको छ। राष्ट्रपति भवन शीतल निवास पुगेर सभामुख अर्यालले बिहान राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।  भेटका क्रममा सभामुख अर्यालले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संसदीय कामकारबाहीका विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराएका राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ । संसद्मा भइरहेका गतिविधि, विधेयकहरूको अवस्था र सदनलाई प्रभावकारी बनाउने विषयमा समेत उनीहरूबिच संवाद भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति पौडेलले संसदीय अभ्यासलाई थप बलियो बनाउन र लोकतान्त्रिक मूल्य मान्यताको संवर्द्धनमा संसद्को भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका हुन् । नियमित भेटघाटकै क्रममा भएको यस वार्तामा समसामयिक राजनीतिक विषयवस्तुमा समेत संक्षिप्त चर्चा भएको सचिवालयले बताएको छ ।...
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
अर्थ, कृषि, समाचार

दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा

नेपालअखबार,  झापा । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी नगर्दा करिब दुई सय दुग्ध किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० किसानको रु २२ लाख ६५ हजार २०० बक्यौता प्रमाणित भइसकेको छ भने पीडितका अनुसार रकम पाउन बाँकी किसानको सङ्ख्या अझै धेरै छ । भुक्तानी नहुँदा किसानलाई पशुका लागि दाना खरिद, घरखर्च सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको छ । पीडित किसानले सहकारीमा आर्थिक अनियमितता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी दिएका छन् । उजुरीमा वर्तमान अध्यक्ष हिमालयप्रसाद दाहाल, पूर्वअध्यक्ष गेहनाथ पोखरेल, पुष्प ढकाल र शान्तिराम भट्टराईलगायत जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ । सहकारीका अध्यक्ष हिमालयप्रसाद दाहालले किसानको दूध बिक्रीबापतक...
प्रतिनिधि सभाको बैठक बस्दै
राजनीति, समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दैछ। बिहीबार बिहान ११ बजे बैठक बस्ने तय भएको हो। बैठक असार ३१ गतेयता पहिलो पटक बस्न लागेको हो। आजको बैठकका लागि दुइटा मात्रै कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य एवम् संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...
३५ किलो चरेससहित एक युवा पक्राउ
अपराध, समाचार, समाज

३५ किलो चरेससहित एक युवा पक्राउ

नेपालअखबार, दाङ । दाङबाट ३५ किलो चरेससहित बुधबार एक युवा पक्राउ परेका छन्। रुकुम पूर्वको भूमे गाउँपालिका–२ का २६ वर्षीय हिक्मत पुन ३५ किलो ५५० ग्राम लागुऔषध चरेससहित दाङको गढवाबाट पक्राउ परेका हुन्। दाङका प्रहरी प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीका अनुसार पुन पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनी बाट बुधबार बिहान १० बजेतिर पक्राउ परेका थिए। अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलबाट नेपालगञ्जतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०८३७ नम्बरको माइक्रो चेकजाँचका क्रममा पुनलाई पक्राउ गरेको थियो। गाडीमा रहेका दुईवटा झोला र एउटा सुटकेस जाँच गर्ने क्रममा प्लास्टिकले प्याक गरिएको ३५ प्याकेटमा रहेको ३५ किलो ५५० ग्राम चरेस बरामद भएको डिएसपी केसीले जानकारी दिए। पुन माथि अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको ...