भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान
नेपालअखबार, काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय सभा बैठकमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले पुर्याएको क्षतिले राष्ट्रिय सभालाई गम्भीर र मर्माहत बनाएको उल्लेख गरेका हुन्।
अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक एवं मानव सृजित विपद्को उच्च जोखिममा रहेको स्मरण गराए ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपङ्क्तिमा नेपाल पर्नु दुःखद यथार्थ रहेको उनले बताए ।
यस दुखद घडीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकहरूप्रति राष्ट्रिय स...










