Monday, May 25

समाचार

प्रस्तावित प्रधानन्यायाधीश  डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी
प्रशासन, समाचार

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी

नेपालअखबार, काठमाडौं । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्माविरुद्ध ३ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको गत शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । मंगलबारसम्म तीन वटा उजुरी प्राप्त भएको समिति सचिवालय स्रोतले जनाएको छ । समिति सचिवालयका अनुसार आगामी जेठ ४ गतेसम्म उजुरी गर्ने म्याद तोकिएको छ । समिति सचिवालयका अनुसार उजुरी दिन हुलाकदेखि इमेलसम्मलाई उपयोग गर्न सकिनेछ । सिधै सचिवालयमा पुगेर पत्रमार्फत पनि उजुरी दिन सकिन्छ । सुनुवाइ समितिका सदस्यहरूलाई प्रत्यक्ष भेटेर खामभित्र राखेर उजुरी दिन सकिन्छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट पनि उजुरी गर्न सकिन्छ । इमेलबाट पनि उजुरी दिन सकिन्छ । उजुरी दिँदा भने विषयवस्तुको आधार र कारण स्पष्ट खुलाउन आग्रह गरिएको छ । आगामी जेठ ५ गते बस्ने सुनुवाइ समिति बैठक...
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
कर्पोरेट, प्रशासन, समाचार

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपालअखबार,काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ । उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ । काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।...
ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते
दुर्घटना, समाचार, समाज

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

नेपालअखबार, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते हुनुभएको छ । निजको सोही अस्पतालमा उपचार जारी छ ।...
प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी सिफारिस
प्रशासन, समाचार

प्रतिनिधि सभा सचिवमा प्रकाश अधिकारी सिफारिस

नेपालअखबार,काठमाडौँ । प्रतिनिधि सभा सचिव पदमा प्रकाश अधिकारी सिफारिस भएका छन्। सभामुख डोलप्रसाद अर्यालले आज अधिकारीलाई प्रतिनिधि सभा सचिव सिफारिस गरेका हुन्। सभामुखको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा सचिव नियुक्त गर्ने व्यवस्था छ। प्रतिनिधि सभा सचिवमा सिफारिस भएका अधिकारी संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ३ का हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा स्नातकोत्तर पनि गरेका छन्। उनीसँग निजामती सेवामा २४ वर्ष काम गरेको अनुभव छ। उनी उपसचिव पदबाट सेवानिवृत्त कर्मचारीसमेत हुन्। यसअघि प्रतिनिधि सभा सचिवबाट हर्कराज राईलाई हटाइएको थियो।...
अमेरिका लैजाने प्रलोभनमा युवतीसँग डेढ करोड ठगी र शोषण : पुतलीबजारका वडाध्यक्ष पक्राउ
अपराध, प्रशासन, समाचार

अमेरिका लैजाने प्रलोभनमा युवतीसँग डेढ करोड ठगी र शोषण : पुतलीबजारका वडाध्यक्ष पक्राउ

नेपालअखबार,काठमाडौँ । अमेरिका पठाउने प्रलोभन देखाई एक युवतीलाई विभिन्न देश पुर्‍याएर बन्धक बनाउने, जबरजस्ती करणी गर्ने र करोडौँ रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा स्याङ्जाका एक वडा अध्यक्ष पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुतलीबजार नगरपालिका वडा नं. ४ का वडाध्यक्ष ४४ वर्षीय शिवबहादुर थापालाई कास्कीको पोखराबाट पक्राउ गरेको हो। थापाले सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पीडित युवतीसँग चिनजान गरी ६० लाख रुपैयाँमा अमेरिका पठाइदिने विश्वास दिलाएका थिए। सोही योजनाअनुसार २०७८ वैशाख ११ गते उनले पीडितलाई काठमाडौँबाट दुबई पुर्‍याएर एक महिनासम्म होटलमा राखेका थिए। दुबईमा रहँदा भिसा प्रक्रियाका लागि भन्दै एजेन्टमार्फत पीडितको पासपोर्ट, फोटो र ८ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा लिएर भिजिट भिसा तयार गरिएको थियो। त्यसपछि पीडितलाई बहराइन, टर्की, ब्राजिल र पेरु हुँदै कोलम्बिया ...
मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू यस्ता छन्

नेपालअखबार,काठमाडौं । सरकारले आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न ४ वटा मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी गराए । यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू– –नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने । –विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।  –सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने । –भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।...
चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते
समाचार, समाज

चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते

नेपालअखबार,काठमाडौं । चितुवाको आक्रमणबाट ललितपुरमा एक प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार बुधबार बिहान चितुवाको आक्रमणबाट प्रहरी घाइते भएका हुन् । घाइते हुनेमा प्रहरी हवल्दार प्रेम विक रहेको एसपी गौतमले बताए । उनका अनुसार महालक्ष्मी नगरपालिका लुभुमा चितुवाले आक्रमण गरेको हो । मोटरसाइकल गस्तीमा गइरहेका बेला गहुँबारीबाट निस्केको चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हवल्दारको किस्ट अस्पतालमा उपचार गरिएको उनले बताए । प्रहरीलाई आक्रमण गरेपछि चितुवा त्यहाँबाट भागेको थियो ।...
मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता
दुर्घटना, विदेश, समाचार

मलेसियामा डुंगा पल्टिएर डुबेका २३ आप्रवासीको उद्धार, १४ अझै बेपत्ता

नेपालअखबार, क्वालालम्पुर । मलेसियाको पश्चिमी तट नजिकै अवैध आप्रवासी बोकेको डुंगा पल्टिएको छ । मलेसियन समुद्री प्रवर्तन एजेन्सी (एमएमईए)का अनुसार कुल ३७ जना अवैध आप्रवासी बोकेको उक्त डुंगा सोमबार समुद्रमा डुबेको थियो । २३ जनाको उद्धार गरिएको छ भने १४ जना अझै बेपत्ता रहेका छन् । बेपत्ताहरूको उद्धार कार्य जारी रहेको बताइएको छ। स्थानीय माछा मार्नेहरूले पानीमा मानिसहरू तैरिरहेको देखेपछि सूचना दिएका थिए । त्यसपछि उद्धार टोली परिचालन गरियो । हालसम्म १६ पुरुष र ७ महिलासहित २३ जनालाई जीवित उद्धार गरिएको छ । उनीहरूलाई अनुसन्धानका लागि अधिकारीहरूको जिम्मा लगाइएको छ । बेपत्ता १४ जनाको खोजीका लागि समुद्री प्रहरी, नौसेना र स्थानीय माछा मार्ने समुदायको सहयोगमा संयुक्त अभियान सञ्चालन भइरहेको छ। हेलिकप्टर र निगरानी विमान पनि प्रयोग गरिएको छ।प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू इन्डोनेसियाको किसारान क्षेत्...
संविधान संशोधनलाई एकदमै संवेदनशील र गम्भीर विषय रहेको हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड
राजनीति, समाचार

संविधान संशोधनलाई एकदमै संवेदनशील र गम्भीर विषय रहेको हल्का ढंगले लिने गल्ती नगरियोस् : प्रचण्ड

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए । संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने प्रचण्डको भनाइ छ । ‘संविधान संशोधन गरौं, तर त्यो संशोधनले लोकतन्त्रलाई अझै सुदृढ गरोस् । संविधान संशोधन गरौं, जसले सिमान्त क्षेत्रको प्रतिनिधित्व अझै विस्तारित होस्,’ प्रचण्डले भनेका छन् । ठूलो विवेक, छलफल र संयमको माग संविधान संशोधनको विषयले लिने उनले बताए । ‘संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय हो । यसलाई हल्का ढंगले लिने गल्ती हामी कसैले पनि गर्न हुँदैन । यसले ठूलो विवेक, छलफल र संयमको माग ग...
गरिबको घर भत्काउने काम निन्दनीय, सुकुमबासीको तत्काल उचित व्यवस्थापन गर: सांसद बोगटी
राजनीति, समाचार

गरिबको घर भत्काउने काम निन्दनीय, सुकुमबासीको तत्काल उचित व्यवस्थापन गर: सांसद बोगटी

नेपालअखबार,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन अवस्थामा रहेका सुकुमबासीहरूको तत्काल उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बोगटीले सरकारले सुकुमबासी र गरिबमाथि अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। सरकार आफैँले सुकुमबासी बस्ती हटाउने क्रममा डोजर चलाएर गरिबका घरहरू भत्काएको उल्लेख गर्दै उनले यस्ता कार्य तत्काल रोक्न सरकारलाई सचेत गराएका छन्। मुलुकमा अहिले पनि दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी गरी जम्मा ११ लाख २९ हजार ५१७ परिवारको समस्या ज्यूँका त्यूँ रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकारले समस्या समाधान गर्नुको साटो उल्टै उनीहरूलाई घरबारविहीन बनाएको आरोप लगाएका छन् बैठकमा आफ्नो धारणा राख्दै सांसद बोगटीले भने, ‘अहिले पनि दलित, भूमिहीन सुकु...