Thursday, August 6

समाज

पुम्दी–भुम्दी पर्वतीय दौडलाई नमस्ते हस्पिटलको साथ
समाचार, समाज

पुम्दी–भुम्दी पर्वतीय दौडलाई नमस्ते हस्पिटलको साथ

नेपालअखबार,पोखरा । पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगितालाई सफल पार्न पोखराको नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले साथ दिने भएको छ । पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना हुने उक्त कार्यक्रमलाई सफल पार्न नमस्ते हस्पिटलले हस्पिटल पाट्र्नरको रुपमा सहयोग गर्ने गरी आज सम्झौता भएको छ । हस्पिटलका मेट्रोन एलिना सिंह र प्रतियोगिता सं्रयोजक दीननाथ बराल बिच आज सम्झौता भएको हो । हस्पिटलले असोज ४ गते हुने प्रतियोगितालाई सफल पार्न हस्पिटल पाट्नरको रुपमा सहयोग गर्ने भएको हो । उक्त कार्यक्रमलाई सफल पार्न हस्पिटलको तर्फबाट सक्दो सहयोग गर्ने र असोज ४ गते प्रतियोगिता अवधिभर एम्बुलेन्स सहितको स्वास्थ्यकर्मी समेत आफुहर...
कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध
समाचार, समाज

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक अवरुद्ध

नेपालअखबार, गुल्मी  । बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२  राक्सेमा  पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए। लगातारको वर्षाले अवरुद्ध दुवै सडक बिहीवार साँझ एकतर्फी खुलेका थिए। उक्त क्षेत्रमा वर्षा जारी रहेको र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको उनले बताए। सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन्।...
मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै
समाचार, समाज

मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै

नेपालअखबार,तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ । यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी  छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् । सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।...
कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो
समाचार, समाज

कैलालीको खुटिया नदीमा बेपत्ता भएका चार किशोरको शव भेटियो

नेपालअखबार,धनगढी । कैलालीको खुटिया नदीमा डुबेर बेपत्ता भएका चार जनाकै शव भेटिएको छ । गोदावरी नगरपालिका–९ स्थित खुटिया नदीमा नुहाउने क्रममा धनगढीका चार किशोर बेपत्ता भएका थिए । १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेव भण्डारी, १७ वर्षीय जादेज भण्डारी र १७ कै प्रतीक चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बताए । उनीहरू ७ जनाको समूहमा दिउँसो २ बजेतिर खुटिया नदीमा नुहाउने क्रममा डुबेका थिए । अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको छ ।...
मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने
समाचार, समाज

मंसिरमा चितवन राष्ट्रिय निकुञ्जको बाघ र गैँडा गणना गरिने

नेपालअखबार,चितवन। गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यसवर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्दछ । गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ। बाघ गणनाका लागि...
लम्पी स्किनविरुद्ध ६ हजार बढी चौपायालाई खोप
कृषि, समाचार, समाज

लम्पी स्किनविरुद्ध ६ हजार बढी चौपायालाई खोप

नेपालअखबार,चितवन । चितवनका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो ।यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी सूचना अधिकारी डा सविना मिश्रले भरतपुर महानगरपालिकाका दुई हजार ७३३, रत्ननगर नगरपालिकाका एक हजार १९०, खैरहनी नगरपालिकाका एक हजार ६१४ पशुचौपायालाई खोप लगाइएको बताए । यसैगरी, कालिका नगरपालिकाका तीन सय ५५ र इच्छाकामना गाउँपालिकामा सात सय ७४ पशु चौपायालाई खोप लगाइएको छ । उक्त कार्यालयले अभियानअघि नै चालु आर्थिक वर्षमा १२ हजार १०० डोज खोप वितरण गरिसकेको जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार रोग लागिसकेका र गोठमा रोग देखिएका पशुलाई खोप लगाइएको छैन । चालु  आवमा जिल्लामा हालसम्म एक हजार ११६ गाईभैँसीमा यो रोग देखिएको छ । हालसम्म ४५ गाईगोरु मरेका छन् ...
तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार
समाचार, समाज

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

नेपालअखबार,तनहुँ । एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो । कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो । आर्थिक वर्ष २०८२–८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताए । कार्यालयका लागि आव २०८१/८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।...
वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय
प्रशासन, समाचार, समाज

वीरगञ्जका विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय

नेपालअखबार,पर्सा। पर्साको वीरगञ्ज महानगरपालिकाले हैजा संक्रमणलाई मध्यनजरमा राखेर विद्यालयमा थप तीन दिन बिदा दिने निर्णय गरेको छ। महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले मंगलबार बसेको नगर प्रमुखस्तरीय बैठकको निर्णयानुसार भदौ ११ देखि १३ गते शुक्रबार सम्मका लागि बिदा दिइएको बताए। त्यसअवधिमा महानगरअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको छ। महानगरले बिदा अवधिमा शिक्षक तथा कर्मचारीहरूको टोली बनाउने भएको छ। विद्यालय सेवा क्षेत्रभित्र रहेका समुदायमा हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यहरू सञ्चालन गर्न शिक्षक तथा कर्मचारीलाई परिचालन गर्न लागिएको हो। यसअघि आइतबार र सोमबार बिदा दिइएको थियो।...
बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र
समाचार, समाज

बजेट अभावले नेपाल आमाको मूर्ति निर्माण अलपत्र

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावले अलपत्र परेको छ। जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साविकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए। मूर्ति निमार्णका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्यस्तरबाट सहयोग नहुँदा मूर्ति निर्माण पूरा भएको छैन। 'प्रदेश सरकारका मुख्यमन्त्रीलगायतका अधिकांश नेतालाई भेटेरै मूर्ति निर्माण लागि रु तीन करोड बजेट विनियोजन गरिदिन आग्रह गरेको थिएँ,' जगतगुरु मोहनशरण देवाचार्यले भने, 'सरकारबाट सहयोग प्राप्त भएको छैन।' उनले उक्त मूर्ति राष्ट्रलाई जोड्ने अभियान भएकाले यसको पूर्णताका लागि सबैको सहयोगको आवश्यकता रहेको बताए। मूर्ति निर्माणका लागि २०७४ सालमा भ्य...
विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली
धर्म/संस्कृति, समाचार, समाज

विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिक शिक्षा आवश्यक: अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  नेपाल कुरान कण्ठ प्रतियोगिताले समाजमा सद्भाव र शान्ति स्थापना गर्ने मुस्लिम आयोगका अध्यक्ष महमदिन अलीले बताउनु भयो । तेस्रो वर्ष पनि हामीले यो प्रतियोगितालाई निरंतरता दिएका छौ । यस्ता प्रतियोगिताले नेपाली मुस्लिम समुदायका बौद्धिक व्यत्तिहरुलाई प्रोत्सहन गर्नुका साथै धार्मिक शिक्षाले मानवमा नैतिक शिक्षा प्रदान गर्ने छ । वर्तमान समाजमा पनि नैतिक शिक्षाको आवश्यक रहेको छ । विकास र प्रविधिको युगमा मानवलाई अनुशासनमा राख्नका लागि नैतिकको शिक्षा आवश्यक रहेकाले  नेपाल कुरान प्रतियोगिता आयोजना गरिएको मुस्लिम आयोगका अध्यक्ष अलीले बताउनु भयो । मुस्लिम आयोग र साउदी राजदूतावासको सहयोग र समन्वयमा संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गरिने छ । उक्त प्रतियोगितामा सहभागिता जनाउन प्रत्येक सहभागिले उमेरसमुह अनुशारको शाखामा योग्यता पुगेका ईच्छुक नेपाली मुस्लिम नागरिकहरुले पाउने गरि दर...