Thursday, August 6

समाज

पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान
धर्म/संस्कृति, समाचार, समाज

पशुपति क्षेत्र विकास कोष आग्रह तिजको दिन बहुमूल्य गहना र बालबालिका लिएर नजान

नेपालअखबार,काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तिजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आइतबार तिजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो । यस्तै उक्त दिन मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिने समेत कोषले स्पष्ट पारेको छ । यस्तै पर्यटन प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मुलुकका पर्यटकलाई मेला क्षेत्रमा अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।...
बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने
समाचार, समाज

बंगालको खाडीबाट आइरहेछ जलवाष्पयुक्त हावा, यी स्थानमा भारी वर्षा हुने

नेपालअखबार ,काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास (भारततर्फ) अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएअनुसार नेपालको मौसम प्रणालीमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस लगायत कोशी प्रदेश र लुम्बिनी प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना छ। मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँक...
मर्स्याङ्दी नदी किनारमा शव फेला
समाचार, समाज

मर्स्याङ्दी नदी किनारमा शव फेला

नेपालअखबार ,तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ। नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए।...
अरिंगालको परिकारका स्वाद चाख्न बेनी आउने कि!
समाचार, समाज

अरिंगालको परिकारका स्वाद चाख्न बेनी आउने कि!

नेपालअखबार , म्याग्दी। म्याग्दीमा अरिंगालको परिकार पाहुनाको रोजाइमा परेको छ। होटललाई अरिंगालको माग धान्न र पुर्‍याउन हम्मे परेको छ। होटल तथा रेष्टुरेन्ट ब्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ललिन्द्र थापाले बर्खा याममा बेनीमा आउने पाहुनाको पहिलो रोजाइको परिकार अरिंगाल हुने गरेको बताए। ‘स्थानीयबासी मात्र नभएर अरिंगालको स्वाद लिनका लागि छिमेकी जिल्लाबाट पनि पाहुना बेनी आउनथालेका छन्,’ उनले भने, ‘स्वादिलो र तागतिलो हुने भएकाले अरिंगालको उपभोग बढेको छ।’ थापाद्वारा सञ्चालित होटलमा दैनिक १० देखि २० प्लेटसम्म अरिंगाल बिक्री हुन्छ । प्रतिप्लेट फ्राई अरिंगालको मूल्य रु ६०० देखि ७५० सम्म पर्छ। अग्ला रुखमा चढेर शिकारीले अरिंगालको लार्भासहितको गोला निकालेर होटलमा बिक्री गर्न ल्याउँछन् । फ्राई गरेको अरिंगालको लार्भा शक्तिव्रद्र्धक हुने उपभोक्ता पूर्ण पुनको अनुभव छ । खबरा, लामाखेत, अर्थुङ्गे, ...
२०८३को हज यात्रा व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति  सुविधा युत्त बनाउने  :अध्यक्ष अहमद
समाचार, समाज

२०८३को हज यात्रा व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सुविधा युत्त बनाउने :अध्यक्ष अहमद

नेपालअखबार , काठमाडौं । नेपाल हज समिति (गठन तथा संचालन) आदेश २०८२ अनुसार गृह मन्त्रालयद्वारा गठन गरिएका हज समितिको पहिलो बैठक समितिका अध्यक्ष मोख्तार अहमदको अध्यक्षतामा २०८२ ।०५।०५ गते बसेको थियो। बैठकले गत वर्षको हज यात्रालाई सफलता पुर्वक सम्पन्न गराउन अहम भुमिका खेल्नु भएको नि वर्तमान हज समितिका अध्यक्ष लगायत सम्पुर्ण सदस्य तथा सचिवालयका कर्मचारीहरु एवं सहयोग पुर्याउनु हुने अर्थ मंत्रालय, परराष्ट्र मन्त्रालय, कानुन मंत्रालय, गृह मंत्रालय र सउदी अरब स्थित नेपाली राजदुतावास समेतलाई धन्यवाद ज्ञापन गरेको छ । आउंदो वर्ष हजमा जाने इच्छुक नेपाली हज यात्रीहरूको लागि २०८२। ०५।०६ गते देखि २०८२।०६। २० गते सम्म फारम भर्ने सुचना निकाल्ने निर्णय गरेको छ। बैठकमा सबै सदस्यहरु आ(आफ्नो धारणा राखेका थिए। अगामी २०८३को हज यात्रा अझै व्यवस्थित, मर्यादित र हाजीहरुका निम्ति सक्दो सुविधा सहित बनाउन प्रयास...
आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार, समाज

आज मनसुन गतिविधि बढ्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालअखबार , काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराइको भू-भाग साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेशको पहाडी र ...
त्रिभुवन राजपथ अझै अवरुद्ध
समाचार, समाज

त्रिभुवन राजपथ अझै अवरुद्ध

नेपालअखबार,मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अझै अवरुद्ध छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध सडक अझै खोल्न नसकेको हो। भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बल्वा सहितको भल नियन्त्रण भए पनि पहिरो भने हटाउन कठिन भएको छ । राति सुपारेटार ब्यारेक नजिकै खसेको पहिरो हटाउन शनिबार बिहानैबाट दुईवटा मेसिन परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिए । उनका अनुसार पहिरो निकै ठुलो रहेकाले हटाउन केही समय लाग्ने छ । उक्त सडक अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ जोड्ने छोटादुरीका मार्गसमेत बन्द भएका छन्। सो सडक भएर हेटौडा आउने सवारील...
४.४ म्याग्निच्युडको भूकम्प संखुवासभामा
समाचार, समाज

४.४ म्याग्निच्युडको भूकम्प संखुवासभामा

नेपालअखबार, काठमाडौं । संखुवासभामा भूकम्प गएको छ । आज राति ११ बजेर १५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प मापन भएको छ। भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्याए/नपुर्याएको थाहा हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयले क्षतिको विवरण एकिन गरेर पठाउन प्रहरी युनिटलाई भनिएको जनाएको छ ।...
शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम
शिक्षा, समाचार, समाज

शिक्षक महासंघले सार्वजनिक गर्‍यो आन्दोलनका कार्यक्रम

नेपालअखबार,काठमाडौं । शिक्षा विधेयकमा आफूहरुमा माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ । भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ । । भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने छ । यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यकम ल्याउने महासंघका नेताहरुले बताएक...
बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
समाचार, समाज

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

नेपालअखबार, म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको पहिरोले मङ्गला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले बताए। सडक अवरुद्ध हुँदा सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ भने यहाँको जनजीवन प्रभावित भएको छ । सडक विभागको डोजर प्रयोग गरेर बेनी–जोमसोम र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुल...